×

स्वास्थ्यकर्मीले नै बोकेर पुर्‍याइदिए सुत्केरीलाई घर

बुटवल | असार २४, २०८१

प्युठानको ऐरावती गाउँपालिका- ६, काल्नेकी जीवा विकलाई शनिबार साँझ पर्न लागेसँगै सुत्केरी व्यथाले च्याप्न थाल्यो ।

३० वर्षकी जीवा माइती घरबाट छोरो र आमासहित शनिबार रातको ८ बजे करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका– ३, धरमपानीमा रहेको स्वास्थ्य चौकीमा पुगिन् ।


Advertisment

सोही दिन राति १० बजे जीवाले सामान्य अवस्थामा छोरीलाई जन्म दिइन् ।


Advertisment

सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीले उनलाई घर जान सुझाए । तर लगातारको झरीले ठाउँ-ठाउँमा सडक अवरुद्ध हुँदा गाडी चलेनन् । उनी आफैं हिँडेर जान सक्ने अवस्था पनि थिएन ।

धरमपानी स्वास्थ्य चौकीबाट सुत्केरी जीवाको घर झण्डै १ घण्टाको दूरीमा पर्छ ।

उनलाई घर लैजाने कोही नभएपछि स्वास्थ्यकर्मीले ‘स्ट्रेचर’मा राखेर घर पुर्‍याइदिएका छन् ।

कार्यालयका जनस्वास्थ्य निरीक्षक टुकाराम पोखरेलले जीवालाई घर लैजाने कोही नभएपछि आफूहरूले लगिदिएको बताए ।

‘स्वास्थ्य चौकीमा आएका गाउँका मान्छेहरूलाई घरसम्म पुर्‍याइदिनुस् भनेर अनुरोध गर्दा पनि कोही तयार नभएपछि खाजा खाने समयमा हामीले नै बोकेर उहाँको घरसम्म पुर्‍याइदियौं,’ उनले भने ।​

पोखरेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जीवालाई पालैपालो बोकेर घरसम्म पुर्‍यादिएका हुन् ।

कार्यालयमा जनस्वास्थ्य निरीक्षक पोखरेलबाहेक अरु सबै महिलामात्र कर्मचारी छन् ।

‘आफैं हिँडेर जान्छु पो भन्न थालेपछि सुत्केरीलाई झन् जोखिम होला भनेर हामीले नै हिम्मत गर्‍यौं । शुरूमा मैले अगाडिबाट दुवै काँध थापें । पछाडितिर महिला कर्मचारीहरूलाई बोक्न भनें । पछि आलोपालो गरियो,’ पोखरेलले भने । 

गाउँमा युवाहरूको अभावले यस्तो समस्या देखिएको हो ।

'अहिले गाउँमा पुरुष र युवाहरूको अभाव छ । भएका केही व्यक्तिहरू पनि खेतिपातीको सिजन भएकोले व्यस्त थिए,' अनमी पार्वता पुनले भनिन, ‘हामीले बोकेर लैजान्छौं भन्दा म आफैं हिँडेर जान्छु भन्न थाल्नुभयो । भर्खरकी सुत्केरीलाई रक्तश्राव जस्ता जटिलता होला भनेर हामीले नै बोक्यौं ।’

उनको घर पुग्न मूल बाटो छोडेर करिब आधा घण्टा गोरेटो बाटो हिँड्नुपर्छ ।

'पानी परेकाले गोरेटो बाटो चिप्लो थियो । महिला कर्मचारीहरूले बोकेको देखेपछि बजारबाट कोही न कोही साथ दिन पक्कै आउँछन् भन्ने लागेको थियो । तर बजारका मान्छे एक जना पनि आएनन्, सोध्दा पनि सोधेनन्,’ पुनले भनिन्, ‘बाटोमा मान्छेहरूले हामीलाई हेरिरहे । सहयोग गर्न कोही आएनन् ।’

अप्ठ्यारो अवस्थामा छरछिमेकले साथ नदिए पनि स्वास्थ्यकर्मीको सहयोगले आफूले पुनर्जीवन पाएझैं लागिरहेको  सुत्केरी जीवाले बताइन् ।

सामाजिक सञ्जालमा अहिले स्वास्थ्यकर्मीले सुत्केरी बोकेको फोटो भाइरल छ ।

सुत्केरी जीवा मल्लरानी–२ को स्याला भन्ने ठाउँबाट हालैमात्र बसाइँ सरेर ऐरावती गाउँपालिकामा आएकी थिइन् ।

उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेको कारण उनी माइतमा बस्दै आएकी थिइन् ।

उक्त स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवा उपलब्ध छ।

असार ९, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x