×

नयाँ सत्ता समीकरण

कांग्रेस–एमालेबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति, मन्त्री बन्न आकांक्षीको लर्को

काठमाडाैं | असार २४, २०८१

नेकपा (माओवादी केन्द्र)बाट आलोपालो धोका खाएपछि सत्ता सहकार्य गर्ने सहमति गरेका नेपाली कांग्रेस र नेकपा एमाले आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रमलगत्तै नयाँ सरकार गठनको तयारीमा रहेका उनीहरू आन्तरिक छलफलमा जुटेका हुन् । आगामी शुक्रबार (असार २८) प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर, उनले विश्वासको मत पाउने सम्भावना भने छैन । 

कांग्रेससँग भएको सहमतिअनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदै छन् । त्यसपछिको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको छ । गत असार १७ गते राति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो । 


Advertisment

कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठकबाट आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको निर्णय सार्वजनिक गरेको छ । एमालेले भने दुई दलको सहमतिमा सरकार बन्ने विषयमात्रै बाहिर ल्याएको छ । 


Advertisment

दुवै दलले संविधान संशोधन, नागरिकमा रहेको निराशा चिर्नेगरी अर्थतन्त्रका चुनौती पन्छाउने भन्दै राष्ट्रिय सहमतिको सरकारको लागि अग्रसर रहेको दाबी गरेका छन् । दुई ठूला दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेसँगै साना दलको बार्गेनिङ भने निकै कमजोर भएको छ । तर, कतिपय साना दल सरकारलाई समर्थन गर्ने लाइनमै छन् । दुई/तीनटा मन्त्रालय उनीहरूको भागमा पनि पर्ने देखिएको छ । 

तर, ठूलो संख्यामा मन्त्रालय कांग्रेसएमालेबीच नै भागबन्डा हुने निश्चित छ । पहिलोपटक ओली प्रधानमन्त्री हुँदा अर्थ मन्त्रालय उनैले राख्नेछन् । कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने मोटामोटी समझदारी छ । 

प्रारम्भिक समझदारीअनुसार सरकारको नेतृत्व गर्ने एमालेले ९ र कांग्रेसले १० मन्त्रालय लिने समझदारी भएको बताइन्छ ।

null

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै नयाँ सरकारको फर्मेसनको काम पनि टुंगिने बताए ।

‘असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । त्यसलगत्तै सरकारको फर्मेसन हुन्छ,’ लेखकले भने, ‘मन्त्रालयमा कांग्रेसएमालेबीच ५०/५० प्रतिशत लिने समझदारी भएको छ ।’ सरकारलाई प्रभावकारी रूपले चलाउने विषयमा पार्टीहरूबीच छलफल भएर कार्यक्रम बन्ने लेखकले बताए । 

दुई दलको कार्यदल छलफलमा 
सरकारले गर्ने काम, मन्त्रालयको भागबन्डामा सहमति जुटाउन कांग्रेसएमालेबीच कार्यदल बनेको छ । कार्यदलमा कांग्रेसबाट रमेश लेखक, ज्ञानेन्द्र कार्की र गगन थापा सदस्य छन् । एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन् । कार्यदल स्तरमा दुई/तीन चरणसम्म छलफल भइसकेको एक नेताले जानकारी दिए । 

पछिल्लो समीकरण बनाउन लागेका देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले औपचारिक रूपमा कार्यदल नबनेको दाबी गरे । तर, अनौपचारिक रूपमा कुराकानी भइरहेको उनले स्वीकार गरे । 

प्रधानमन्त्रीको विश्वासको मतको विषय टुंगिएपछि मन्त्रीसहितको विषय टुंगिने उनले बताए । ‘जे कुराका लागि कांग्रेसएमालेबीच समझदारी बनेको हो । मुलुकलाई अगाडि बढाउने हिसाबले अघि बढ्छौं,’ कार्कीले लोकान्तरसँग भने, ‘एमालेले अर्थ र कांग्रेसले गृहमन्त्रालय लिनेबाहेक अहिले नै अरु मन्त्रालय भागबन्डाको चरणसम्म प्रवेश गरिसकेका छैनौं । धेरै कुरा यसपटक हाम्रो सभापति र एमाले अध्यक्ष ओलीजीबीच ‘वान टु वान’ वार्ता गरेर टुंगो लाग्छ ।’

ओली निकट स्रोतले पनि अर्थ र गृह मन्त्रालयबाहेक अरु नुटुंगिएको बतायो । ‘यो नियमितजसो कोही प्रधानमन्त्री र मन्त्री मात्रै बनाउनेगरी बनेको समीकरण होइन । यसले नागरिकलाई भरोसा र आशा दिलाउने, बिग्रँदो अर्थतन्त्रलाई राम्रो बनाउने, राजनीतिक स्थायित्व प्रदान गर्दै संविधान संशोधनसम्म गरिसक्ने समझदारी गरेको छ,’ ओलीनिकट स्रोतले भन्यो, ‘यी विषयका लागि दुई दलका नेताले छलफल गरेर एउटा समझदारी बनाउनुहुन्छ । अर्थ र गृहको विषय लगभग टुंगिएको छ । अरु पार्टी कसरी सहभागी हुन्छन् यस आधारमा मन्त्रालयको टुंगो लाग्ला ।’ 

एमालेले मंगलबार बस्ने सचिवालय बैठकबाट नयाँ समीकरण, सरकार गठनसहितका विषयमा सैद्धान्तिक छलफल गर्ने तयारी गरेको छ । 

कांग्रेसमा आकांक्षीको लर्को छ
दुई दलीय सरकारले राजनीतिक स्थायित्व र नागरिकलाई डेलिभरी दिने परिकल्पना गरिएको छ । यसैले नतिजा दिन सक्नेलाई मन्त्री बनाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ । तर, सभापति शेरबहादुर देउवा निकटका धेरै सांसद मन्त्रीका लागि दाबेदार रहेको नेताहरू बताउँछन् । 

‘यसपटक प्रभावकारी रूपमा काम गर्न सक्नेलाई मन्त्री बनाउनुपर्छ भन्ने एमाले र कांग्रेस दुवैतिर छ । किनकी यी दुई दलको सरकार बन्ने भनेको प्रधानमन्त्री र मन्त्री मात्रै फेरिने होइन । नतिजा दिनेगरी काम गर्नुपर्छ,’ देउवा निकट स्रोतले भन्यो, ‘नयाँलाई अवसर दिनुपर्छ भन्नेमा धेरै आवाज उठेको छ । यसमा कोसिस पनि भइरहेको छ । आन्तरिक होमवर्क त होला । तर, मन्त्री हुनेले पनि एक घण्टा वा आधा घण्टा अगाडि थाहा पाउने अभ्यास भएकोले अहिले यो व्यक्ति मन्त्री बन्छ भन्ने टुंगो छैन ।’ 

दुई ठूला दल मिलेर नागरिकलाई डेलिभरी दिने दाबी गरिएपछि यसपटक कांग्रेस र एमालेभित्रै प्रभाव पार्न सक्नेलाई मन्त्री बनाउन दबाब छ । कांग्रेस महामन्त्री गगन थापाले पटकपटक अवसर पाएकालाई यसपटक घरमै राख्नुपर्ने सार्वजनिक टिप्पणी गरेका छन् । नयाँ र समावेशी अनुहार मन्त्रीमा पठाउनुपर्ने उनको भनाइ छ । 

‘अघिल्लोपटक कांग्रेसबाट मधेसी, थारू र दलित मन्त्री भएनन् त्यसैले यसपटक समावेशीसँगै परिणाम दिन सक्नेलाई मन्त्री बनाउनुपर्छ,’ थापाले गत बिहीबार इटहरी पुगेर भनेका थिए, ‘त्यसैले पटक–पटक मन्त्री भएकाहरूलाई यसपटक विश्राम दिएर घरमै राख्नुपर्छ ।’ एकपटक स्वास्थ्य मन्त्री भएका थापा पनि यसपटक दाबेदार हुन् । 

तर, स्थिति थापाले भनेजस्तो छैन । यसअघि पटकपटक अवसर पाएका फेरि पनि दाबेदारको अग्र भागमा छन् । कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जान प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलादेखि डा. शशांक कोइरालासम्म दाबेदार रहेको नेताहरू बताउँछन् । तर, यसपटक देउवाले आफ्ना विश्वासपात्र रमेश लेखकलाई गृहमन्त्रालयको नेतृत्वमा पठाउने चर्चा छ । सिनियर नेतालाई नेतृत्व गरेर पठाइए पनि लेखक यसपटक मन्त्रीमा नछुट्ने बताइन्छ । परराष्ट्र मन्त्रीमा आरजु राणा देउवाको चर्चा छ । 

‘यसअघि दुई पटकसम्म मन्त्री भएकालाई नदोहोर्‍याउने भन्ने छ । एकपटक मात्रै भएका मन्त्री हुन सक्छन्,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘तर आरजु भाउजू र रमेश लेखक मन्त्री बन्ने पक्कापक्की जस्तै छ ।’ आरजु परराष्ट्र मन्त्री बन्ने लगभग पक्का भएको ती पदाधिकारीको दाबी छ । 

कांग्रेसबाट डा. चन्द्र भण्डारी, प्रदीप पौडेल, जीवन परियार, रामहरि खतिवडा मुख्य दाबेदार छन् । मधेशबाट अजय चौरसिया र तेजुलाल चौधरीमध्ये एक जना मन्त्री बन्ने ​कांग्रेसका एक नेताले दाबी गरे ।

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x