×

'सिट्रोन सीथ्री'को पेट्रोल भर्सन २० प्रतिशत डाउन पेमेन्टमै पाइने​

काठमाडाैं | असार २४, २०८१

सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक साङ्‌ग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने भएको छ । ​

यो योजनाको नेपालभरका सबै सिट्रोन शोरुममा लागू भएको कम्पनीले जनाएको छ ।


Advertisment

योजना अनुसार सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने छ।


Advertisment

जसअनुसार ३६ लाख ५० हजार रुपैयाँ पर्ने यो कार किन्नका लागि ग्राहकले शुरूमा ७ लाख २० हजार रुपैयाँ भुक्तानी गरे पुग्छ।

बाँकी रकमलाई भने सरल किस्ताबन्दीमा ७ वर्षसम्म ईएमआई भुक्तानी गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ । 

इलेक्ट्रिक कारको वर्चश्व बढ्दै गएको अटो बजारमा पछिल्लो समय पेट्रोलियम कारको बिक्री बढाउन विभिन्न कम्पनीले आकर्षक स्किम ल्याएका छन्।

सोही क्रममा साङ्‌ग्रिला मोटर्सले पनि ईभीमा जस्तै २० प्रतिशत डाउन पेमेन्ट गरेर सी ३ पेट्रोल भर्सन किन्न सकिने योजना ल्याएको हो।

फ्रान्सेली मूल र भारतमा बनेको सिट्रोन सि३मा १२०० सीसीको पेट्रोल इन्जिन रहेको छ । जसले ८२ पीएस पावर र ११५ एनएम टर्क दिन्छ। ५ स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ।

फन्ट-ह्वील ड्राइभ प्रणालीले सुसज्जित यो गाडीले १४० किमी/घण्टाको टप स्पिडमा पुग्न सक्छ र १९ किमी/लिटरको प्रभावशाली माइलेज दिन्छ।

आराम र सुरक्षाको लागि डिजाइन गरिएको, सिट्रोन सि३ मा १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, ४ स्पिकर अडियो सिस्टम, ईबीडीसहितको एबीएस र डुअल एयरब्यागहरू छन् ।

१८० एमएमको ग्राउन्ड क्लियरेन्सको साथै यो विभिन्न भू-भागहरूका लागि उपयुक्त छ।

जेठ १८, २०८१

विद्युतीय गाडीहरूको द्रुत परिवर्तन हुने परिदृश्यमा, टाटा टियागो.ev उत्कृष्ट मूल्य प्रस्तावको रूपमा अगाडि आउँछ, जसले सुलभता, सुरक्षा र दक्षतालाई जोड दिन्छ। यो कम्प्याक्ट ह्याचब्याक आधुनिक पेशेवरहरूको आवश्यकताहरू पूरा...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

जेठ २, २०८१

जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

जेठ १०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x