×

पूर्वमन्त्रीको 'कब्जा'मा मन्त्रालयका सवारी साधन

विराटनगर | असार २३, २०८१

कोशी प्रदेशका निवर्तमान उद्योग कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले सरकारी सम्पत्तिको दुरुपयोग गरेको पाइएको छ । उनले सचिवालयका नाममा लिएका सवारी साधन आफैसँग राखेको पाइएको हो । 

 गत वैशाख २७ गते हिकमत कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि  केदार कार्की नेतृत्वको सरकार ढलेको थियो  । कार्की नेतृत्वको सरकारमा खत्री उद्योग कृषि तथा सहकारी मन्त्री थिए । 


Advertisment

मन्त्री पद खुस्केको झन्डै दुई महिनासम्म उनले को १ झ६४७ नम्बरको पिक अप गाडी आफैसँग राखेका हुन् । त्यस्तै को १ प २५३० नम्बरको अपाचि मोटरसाइकल समेत फिर्ता नगरेको उद्योग कृषि तथा सहकारी मन्त्रालयकी जिन्सी शाखाकी अधिकृत शोभा दाहालले बताइन् ।


Advertisment

 ‘दुईवटै सवारीसाधन फिर्ता भएका छैनन्,’ उनले भनिन्, ‘दुई–तीन दिन अगाडि पनि हामीले खबर गरेका छौँ । अब भरै भोलि नै फिर्ता गर्छौ भन्नु भएको छ ।’

उनका प्रमुख स्वकीय सचिव विशाल दाहाल र स्वकीय सचिव पेशल कुमार दाहालका नाममा गाडी लगिएको मन्त्रालयले जनाएको छ । आफूलाई बर्खास्त नगरी नयाँ मुख्यमन्त्री बनाइएको भन्दै केदार कार्कीले सर्वाेच्चमा रिट दायर गरेका थिए । असार ११ गते उनको रिट सर्वाेच्चले   खारेज गरिसकेको छ । सरकार सर्वाेच्चले फर्काइदिने आसमा रहेका मन्त्री खत्रीले सर्वाेच्चको फैसला आएको एक हप्ता बित्दा समेत गाडी फिर्ता नगरेका हुन् । 

 यता निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले भने सर्वाेच्चको फैसला आएका दिन मोबाइल र गाडी फिर्ता गरेका छन् । ‘ल्यापटप, गाडी र मोबाइल उहाँले लिनु भएको थियो,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका जिन्सी शाखाका अधिकृत तीर्थराज बुढाथोकीले भने, ‘सर्वाेच्चको फैसला आएका दिन गाडी र मोबाइल बुझाउनु भयो । ल्यापटप अगाडि नै बुझाउनु भएको थियो ।’  

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x