×

स्विकृति बरालको गजलसंग्रह ‘यात्रा’ बजारमा

काठमाडाैं | असार २३, २०८१

अधिवक्ता तथा स्तम्भकारका रूपमा परिचित स्विकृति बराल अब गजलकारका रूपमा पाठकमाझ आएकी छिन्। 

उनले लामो समयदेखि लेखेका छिटफूट रूपमा लेखेका गजललाई एकीकृत गरी  गजलसंग्रह  ‘यात्रा’ बजारमा ल्याएकी हुन्। 


Advertisment

शमी साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको उक्त कृतिमा बरालले विभिन्न विषयवस्तुहरू समेटेकी छिन् । 


Advertisment

८० वटा गजल समावेश कृतिबारे समालोचक डा. नेत्र एटम भन्छन् , 'स्विकृतिका गजलमा प्रेम र उदासी छ अनि अभिलाषा र प्रश्न छ। समर्पण र विद्रोह पनि उनका गजलले एकसाथ आत्मसाथ गरेका छन् । जुनै रुपमा रहे पनि यी गजलमा भावको प्रबल गहिराइ तथा जादुमय कलाको प्रभाव छ।'

मुखले बोल्न सकिएन, पत्रले क्यै गर्छ कि त
लेखेपछि पुन:हेर्छु सच्याउन पर्छ कि त।

गजलमा बरालले बाह्य रूपमा रहने काफियाको अनुप्रासका साथ अन्तरमा समेत मीठो संगीत भरेर उनले गजलमा प्रस्तुतिको नवीन उन्मेष र गरिमा दिएको एटमको भनाइ छ।

बराल गजलको संरचनामा वैयक्तिक स्वरलाई पगालेर एउटा नयाँ अभिव्ञ्जना दिन सफल भएको उनले बताए।

कैले कस्तो, कैले कस्तो, देखिएको मात्र न हो
जून सधैं पूर्ण हुन्छ, छेकिएको मात्र न हो।

यस्तै लेखक बरालले आफूले गजल नै किन लेखेँ भन्ने कुरा आफैंलाई थाहा नभएको बताइन् । उनले गजल भनेर नलेखे पनि जे लेखियो ती गजल भएको उल्लेख गरिन्।

उनले गजल संरचना र भावपूर्ण हुनुपर्ने भन्दै गजल वाचन गर्दा सुन्नेको मुखबाट स्वत: स्फूर्त रूपमा वाह! आउँछ भने त्यो गजल आफैँमा उत्कृष्ट गजल रहेको बताइन्।

फूल टिप्ने , काँडा बिझे झिक्दै जाने हो
जे सिकाउँछ जिन्दगीले सिक्दै जाने हो।

बहरमा गजल लेख्नेहरूलाई उच्च सम्मान गर्दै र मुलत आक्षरिक छन्दमा गजल लेख्नेहरूको अनुशरण गर्दै आफूले पहिलो गजल संग्रह प्रकाशित गरेको उनले बताइन्।

लामो समयदेखि कानुनसम्बन्धी स्तम्भकारका रूपमा सक्रिय बराल निबन्ध, कविता र गीतहरू लेख्दै र प्रकाशित गर्दै आएकी छिन्।

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

जेठ १९, २०८१

नेपालको कानून तथा न्याय क्षेत्रमा उनले आफ्नो पृथक पहिचान बनाइसकेका छन्, एक निर्भीक न्यायमूर्तिको रूपमा । सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेका कल्याण श्रेष्ठले पछिल्लो समय आफ्नो परिचयको दायरालाई अझ फराकिलो बनाएक...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

जेठ २४, २०८१

शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहको आयोजनामा विश्व वातावरण दिवस (पर्यावरण दिवस)को अवसर पारेर  हरित काव्य गोष्ठी सम्पन्न भएको छ । बुधवार पशुपति क्षेत्रको किरातेश्वर मृगस्थलीस्थित सत्य सनातन बाबाको कुट...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x