×

लाहुरे बन्न छोडेर ललितकला

मृत्यु पछिको जीवन कोर्ने यमबहादुर

काठमाडाैं | असार २२, २०८१

ढुंगा र धातुमा अनेकौं आकृति उतार्ने बुटवलका यमबहादुर थापामगर कला क्षेत्रमा लागेको तीन दशक नाघ्यो । बुटवलमा इमेज आर्ट चलाइरहेका यमबहादुरले ३० वर्षको दौरानमा अनेक समस्या झेले पनि उनको सपनाको उडान भने निरन्तर जारी छ । विशेषत: आफूलाई मूर्तिकारको रूपमा चिनाउने यमबहादुरको शालिक/मूर्ति निर्माण, शिलालेख र ताम्रपत्र लेखनमा विशेष दख्खल छ । लाहुरे परिवारमा हुर्किए पनि पारिवारिक ‘लिगेसी’मा लागेनन् यमबहादुर । बरु निर्जीव पत्थर र धातुमा जीवन भरेर आफ्नो कलालाई देश–विदेशसम्म पुर्‍याइरहेका छन् ।  

५२ वर्षीय यमबहादुरले नेपाल ललितकला क्याम्पसबाट आट्स (मानविकी)मा स्नातक गरेका छन् । गुल्मीको सत्यवती गाउँपालिका–७ ठूलो लुम्पेकका वि. स २०२९ मा जन्मिएका उनले अहिले रुपन्देहीको बुटवललाई कर्मक्षेत्र बनाएका छन् । उनी खाली बुटवलको मात्र नभएर लुम्बिनी प्रदेशमा गनिएका–चिनिएका मूर्तिकारमा पर्छन् । उनी आफूलाई सिर्जना र कलाकारिताकै लागि जन्मिएको ठान्छन् । 


Advertisment

‘कला भनेको मृत्युपछिको जीवन हो,’ उनी भन्छन्, ‘कलाले मानिसलाई सधैँ जिवन्त राख्छ । मानिसको मृत्यु भएपछि  पनि मूर्ति र शालिकले जीवनलाई दर्शाउँछन् । कसको शालिक हो ? र कसले बनाएको हो ? जस्ता प्रश्नोत्तरले दुवैलाई जिवन्त बनाउँछ ।’ उनले यो अवधिमा कोरेका हजारौं मूर्ति र चित्र अहिले देशका विभिन्न शहरका मन्दिर, पार्क र संग्राहालयमा देख्न सकिन्छ । आफ्नो कर्ममा श्रीमती ठमी, छोरा कुशल, छोरी कुशुम र केही आफन्तको पनि दरिलो साथ रहेको उनले बताए । दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक रूपमा मूर्तिकलामा होमिएका यमबहादुरको शरीरले साथ दिँदासम्म यही क्षेत्रमा काम गर्ने धोको छ । 


Advertisment

यमबहादुरका बुवा लालवीर थापा भारतीय सेनामा कार्यरत थिए । उनी पनि एकपटक बुवासँग ‘पन्टन’को अवस्था हेर्न गए । त्यहाँ सेनाको दुःख देख्दा उनलाई लाहुरे हुने रहर कहिल्यै जागेन । बरु सोही ठाउँबाट उनमा नेपालमै केही गर्नुपर्छ भन्ने सोच पलायो । बाल्यकालदेखि हरेक चिज हेरेर नक्कल उनीमा खुबी थियो । कलाप्रति रुचि राख्ने उनी स्कूलमा हुने प्रतियोगितामा पनि विभिन्न चित्र बनाएर पुरस्कृत हुन्थे । त्यसले उनलाई कलाप्रति लगाव बढाउँदै लग्यो । उनको विद्यालय तहको पढाइ तीन वटा स्कूलबाट भयो । नेरा गगनपुर निमावि थुम्काबाट पढाइ शुरू गरेका उनले धर्मपुर माविबाट कक्षा–७ सम्मको अध्ययन पूरा गरे । कक्षा–८ देखि १० सम्म पढ्न घरदेखि केही टाढा स्याङ्जाको बिर्घास्थित जनता मावि पुगे । त्यहीँबाट तत्कालीन एसएलसी २०४७ मा उत्तीर्ण गरे । 

‘टेक्निकल एजुकेसन’मा रुचि राख्ने यमबहादुर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं हानिए । ललितकला क्याम्पस, भोटाहिटीबाट आर्ट विषय अध्ययन गर्न थाले । त्यही समयमा ठूलो दुर्घटनामा परेर बालबाल बाँचे । केही वर्ष अध्ययनमा अवरोध भए पनि पछि फेरि निरन्तरता दिए । त्यही क्याम्पसबाट उनले आर्टको मूर्तिकला विधामा स्नातक तह पूरा गरे । अध्ययनका क्रममा काठमाडौंमा रहँदा पनि उनले विभिन्न स्कूलमा आर्ट पढाउँदै ‘पाट टाइम’ मूर्तिकला र चित्रकलामा ‘पेन्टिङ’ गर्न सिकाउने गर्थे । काठमाडौं गएका मान्छे प्रायः गाउँ वा आफ्नो क्षेत्रमा नफर्किने चलन भए उनले भने २०५८ मा फेरि फर्किएर आर्ट सञ्चालन गर्न थाले ।  

शुरूवाती समयमा बुटवलमा यमबहादुरका आर्ट खासै चलेनन् । त्यसपछि उनले अक्षर काट्न थाले । त्योताका मार्बलमा शिलालेख र ताम्रपत्र लेख्न चलन खुबै थियो । त्यसपछि उनलाई कहिल्यै हात खाली राख्नु परेको छैन । बिस्तारै मूर्तिको पनि उत्तिकै माग आउन थाल्यो । कलामा निपूर्ण यमबहादुरले केही वर्ष बुटवलकै एउटा संस्थागत विद्यालयमा कला विषय पढाए । यसताका उनको व्यस्तता बढेको थियो । तैपनि आफूले व्यवस्थापन गरेर अघि बढेको उनी बताउँछन् । ‘दैनिक धेरै कामदार राखेर पनि काम गरेँ’ उनी भन्छन्, ‘रातभर काम गरेर बिहान उज्यालो बनाएका दिनहरू पनि ताजा छन् । त्यसपछि बिस्तारै बुटवलमा स्थापित भएँ । अहिले यही कला क्षेत्रमा निरन्तर कर्म गरिरहेको छु ।’ 

यमबहादुरले मानिसलाई अगाडि राखेर पनि मूर्ति बनाएका छन् । उनका अनुसार माटो, ढुंगा, धातु, काठ र विभिन्न प्रकृतिका मूर्ति बनाउन ठूलो परिश्रम र धैर्यता आवश्यक पर्छ । ‘यो क्षेत्रमा निकै धैर्यताका साथ काम गर्नुपर्छ । तर म अहिलेका युवापिँढीमा धैर्यताको निकै कम देख्छु,’ उनले भने, अनुशासन र स्थिरता छैन भने एउटा ठाउँमा त पक्कै पुगिन्छ,  अडिइरहन र टिकिरहन गाह्रो हुन्छ । त्यसैले यो क्षेत्रमा ‘क्रियटिभ माइन्ड’ पनि चाहिन्छ ।’ बुटवलको राजमार्ग चौराहामा रहेको प्रथम शहीद लखन थापाको सालिक होस् वा भैरहवाको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक यमबहादुरले नै बनाएका हुन् । त्यस्तै विभिन्न उनले बनले बनाएका राजाका तस्वीरहरू देशका विभिन्न ठाउँमा राखिएका छन् । अरु शहीदका तस्वीरहरू पनि उनले बताएका छन् । एउटा पूर्णकदको सालिक बनाउन उनलाई दुई–तीन महिनासम्म लाग्छ । ‘शुरूमा माटोमा मूर्तिको आकार बनाइछ । त्यसमा साचा (झोल) निकालेर फेरि मैन राखेर कायम गरिन्छ । फेरि मैनमा साचा राखिन्छ । मैनलाई ७२ घण्टा आगोमा जलाएर निखारिन्छ । जलेर खोक्रो बनेको आकारमा त्यसपछि बल्ल धातु पगालेर आकारमा भरिन्छ,’ मूर्ति बनाउने तरिका सिकाउँदै उनले भने, ‘त्यो जमेर निकालेपछि फ्रेर्मिङ गरिन्छ । यसमा धेरै ठूलो मेहनत छ ।’ 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका यमबहादुरले कलाकारिता क्षेत्रबाट दर्जनौं पुरस्कार र सम्मानसमेत हात पारेका छन् । उनले अरनिको युवा कला प्रतिभा पुरस्कार, हेमगंगा युवा प्रतिभा पुरस्कार, ललितकला क्याम्पसको मुर्तिकला प्रतियोगितामा प्रथमदेखि लीलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मानसम्म प्राप्त गरेका छन् । उनले २६ औं राष्ट्रिय कला प्रदर्शनीसहित दर्जनौं सम्मान र पुरस्कार पाएका छन् । 

बुटवल र यस आसपासका विभिन्न पार्कहरूमा यमबहादुरसँगै देशभरका मूर्तिकारले बनाएका मूर्ति राखिएका छन् । यसले पर्यटकलाई हेर्न लायक ठाउँमा परिणत गरेको छ । फालिएका ढुंगा, काठ, धातु, माटो र विभिन्न प्रकारका वस्तुबाट सजिएका पार्कहरूले पर्यटक तानेर आम्दानीको स्रोत पनि राम्रो बनाएका छन् । हिलपार्क, वनवाटिका, देवदहका पार्कहरूमा यमबहादुरद्वारा निर्मित अमरत्व प्रदान गर्ने कृति सजिएको उनले बताए ।  

मूर्तिकारहरूको समूह बनाएर काम गर्न पनि यमबहादुर रुचाउँछन् । उनले मूर्तिकलासम्बन्धी कार्यशालाहरू पनि आयोजना गर्छन् । उनले काठमाडौंबाहिर २०६७ मा  पहिलोपटक मूर्तिकला कार्यशाला राखे । समूहमा मिलेर उनले ढुंगाबाट दजनौं आकर्षक मूर्तिहरू बताए । तस्वीर हेरेर मूर्ति बनाउने विषय त्यति सहज नभए पनि उनको कलाकारिताले यसलाई सहज बनाउने काम गरेको छ । 

मूर्तिकारहरूका अनुसार पछिल्ला वर्ष आट्र्स व्यावसायिक हुँदै गइरहेको छ । मूर्तिकारहरू मूर्ति बनाएर सजिलैसँग जीवन धान्न सक्ने मात्र नभई राम्रो कमाइ पनि गर्न सफल भएका छन् । यमबहादुर पनि यो पेशाबाट सन्तुष्ट छन् । राम्रै कमाइ भइरहेको उनी बताउँछन् । ‘मैले यो पेशाबाट राम्रो कमाइ गरेको छु । भोलिका लागि मलाई चिन्ता छैन । कामको पछि लाग्ने हो भने दाम आफैँ आउँछ,’ उनी थप्छन् । समाज र युवामा मनोभावनालाई नजिकबाट नियालेको बताउने यमबहादुर अहिले नेपाली युवामा देशमा केही हुँदैन भन्ने सोच पलाएको देख्छन् ।  लगनशील भएर लागे देशमै धेरै गर्न सकिने उनको बुझाइ छ । 

यमबहादुरले आफैँ डिजाइन गरेर घर बनाएका छन् । घरलाई संग्राहालयको रूपमा विकास गर्ने उनको योजना छ । जहाँ उनले पहाडी क्षेत्रबाट ल्याएका पुराना सामग्रीलाई पनि जतन गरेर राखेका छन् । १०० भन्दा बढी सामग्री त्यसमा जुटाइसकेका छन् । ‘पहाडका घर रित्तिए । त्यहाँ प्रयोग हुने पुराना सामग्रीको महत्व पछि थाहा हुन्छ । त्यसैले यसको संग्रह गरेको छु,’ उनले भने, ‘पुराना सामान जतन गर्ने मेरो सानैदेखिको बानी हो ।’ 

पुराना सामग्रीले यमबहादुरको घर ग्यालरीजस्तै बनेको छ । घरमा आउने सबैलाई उनले सबै सामग्री अवलोकन गराउँछन् । अब हरेक स्थानीय तहले कम्तीमा एउटा ‘आर्टिस्ट’ राख्नुपर्ने उनको सुझाव छ । ‘हरेक पालिकामा इन्जिनियर छन्, पालिका राम्रो बनाउन एउटा आर्टिस्ट पनि राख्नुपर्छ । त्यसका लागि मैले पटक–पटक कुरा उठाउँदै पनि आएको छु । यो विषय सुनुवाइ होस् भन्ने मेरो भनाइ हो,’ उनले कुरा टुंग्याए । 

तस्वीर : प्रकाश आचार्य/लोकान्तर डट्कम

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x