×

समृद्धि सबै चाहन्छन् । धनसम्पत्ति, मानसम्मान, पदप्रतिष्ठा मिलोस्, लोकले मानुन्, संसारले चिनुन् भन्ने सबैले चाहेका हुन्छ तर, त्यो चाहेर मात्र हुँदैन । यसका लागि संसारले केही मागेको हुन्छ, केही शर्त राखेको हुन्छ । जसले पूरा गर्न सक्छ ऊ अगाडि पुग्छ, जसले सक्दैन ऊ जहाँको तहीँ रहन्छ । प्रश्न उठ्न सक्छ ती माग वा शर्त भनेका केके हुन् त ? आउनुस् यहाँ यसैको उत्तर खोज्ने प्रयास गरौँ । 

पहिलो शर्त त यही हो कि सोधखोज गर्नु । यो भनेको कहाँ जान खोजिएको हो, के पाउन खोजिएको हो त्यसैको खोजी गर्ने । मानौँ तपाईँलाई पारी जानु छ तर, नदी ठूलो छ, साँघु, पुल वा डुङ्गा आदि छैनन् त्यति बेला के गर्नुहुन्छ ? तारिदिने मानिस वा साधनको खोजी गर्नुहुन्छ यही होइन ? हो, गर्ने त्यही हो तर यसमा यति तल्लीन हुनुस् कि मनभित्रैबाट खोज्नुस् । खोजेको जस्तो मात्र नगर्नुस् । तन, मन लगाएर खोज्नुहोस् । कुनै पनि कुराको द्विविधामा नपर्नुहोस् । एक मात्र उद्देश्य कसरी पारी पुग्ने भन्ने राखेर खोज्नुस् अवश्य कुनै सहयोगी वा साधन भेटिने छन् ।  


Advertisment

दोस्रो शर्त भनेको धैर्य हो । यो भनेको विचलित नभई लक्ष्यमा केन्द्रित हुनु हो । मानौँ तपाईंलाई उकालो चढ्नु छ । उकालो लामो पनि छ र ठाडो पनि छ तर यहाँ पनि आत्तिने काम छैन । धैर्यतापूर्वक विस्तारै चढ्न थाल्नुहोस् अवश्य शिखरमा पुग्नुहुनेछ । उकालोको धर्म भनेकै विस्तारै चढ्ने हो । छिटो चढ्न खोज्दा थाकेर चढ्नै नसकिने हुन सक्छ तर, विस्तारै चढ्ने हो भने थकाइ पनि लाग्दैन र शिखरमा पुग्न पनि सकिन्छ ।


Advertisment

‘शनै कन्था शनै पन्था शनै पर्वत लङ्घनम्’ भन्ने त नीति वचन नै छ । तेस्रो शर्त भनेको निरन्तरता हो । बाटो लागेपछि त्यसैमा अडिनु हो, त्यसैलाई निरन्तरता दिनु हो । गाह्रो भयो भनेर बाटो बदल्न थालियो भने कहीँ पनि पुगिन्न, कहीँको पनि भइन्न । काम जुनसुकै होस् । केही पाउनु पनि हुन सक्छ, कहीँ पुग्नु पनि हुन सक्छ तर, हरेक कामले निरन्तरता खोजेको हुन्छ । जसले यसमा ध्यान दिन्छ उसले गन्तव्य भेट्टाउँछ, जो अलमलमा पर्छ ऊ बीचमै अलमलिन्छ । 

चौथो शर्त भनेको सकारात्मकता हो । समृद्धिका लागि सकारात्मक हुन जान्नुपर्छ, सक्नुपर्छ ।  सकारात्मक हुनु भनेको संसारप्रतिको सकारात्मक पनि हो, आफैँप्रतिको सकारात्मक पनि हो, आफ्नै जीवनप्रतिको सकारात्मक पनि हो र आफ्नै कामप्रतिको सकारात्मक पनि हो । नकारात्मकताले कहीँ पुर्‍याउन्न । यहाँसम्म कि एक छाक खाना पाउनसमेत गारो पर्ने अवस्था आउन सक्छ । संसारमा नराम्रो मात्र छैन राम्रो पनि छ । जसले राम्रो देखेको हुन्छ उसले राम्रै पाउँछ जसको नराम्रो देख्ने बानी छ उसले नराम्रै पाउँछ ।

पाँचौँ शर्त भनेको दृढ अठोट हो । गर्छु भन्ने अठोट, गर्नैपर्छ भन्ने अठोट, गरेपछि हुन्छ भन्ने अठोट । जसमा यस्तो अठोट हुन्छ उसले गर्छ, गर्न सक्छ । जो हुन्छ कि हुन्न भन्ने द्विविधा पालेर बसेको हुन्छ ऊ शुरूमै पराजित भइसेकेको हुन्छ र केही पनि गर्न सक्दैन । 

छैँटौँ शर्त भनेका आशावादी हुनु हो । समृद्धि चाहनेले आशावादी हुनै पर्छ । आशाको अर्थ यो होइन कि कसैले केही दिन्छ कि भन्ने आशा पालेर बस्ने । तपाईँलाई कसैले केही दिँदैनन्, दिनै सक्दैनन् । दिने भनेको आफैँले हो, आफ्नै कामले हो । त्यसैले आशावादी हुने भनेको तिनैप्रति आशावादी हुनु हो । कहीँ पुर्‍याउँछ भने पनि यसैले पुर्‍याउँछ, केही दिन्छ भने पनि यसैले दिन्छ ।  

सातौँ शर्त भनेको आत्मविश्वास हो । यो भनेको पनि आफूले आफैँमाथि गर्ने वा गरिने विश्वास हो । यो काम गर्छु, गर्न सक्छु भन्ने विश्वास भए जतिसुकै कठिन काम पनि गर्न सकिन्छ । होइन भने सानै काम पनि सम्पन्न हुन कठिन पर्न सक्छ ।  

समृद्धिका यी केही सामान्य शर्त हुन् । यसको अर्थ यति नै हो भन्ने होइन । यस्ता शर्तहरू अनगिन्ती हुन सक्छन्, जुन अवस्थाअनुसार निसर्त हुने गर्छन् । त्यसैले साँच्चै समृद्धि चाहेको भने संसारले मागेको वा राखेको ती शर्त पूरा गर्ने हिम्मत गर्नैपर्छ होइन भने बिच परिन्छ, केही पनि गर्न सकिन्न ।

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x