×

सन्दर्भ : सत्ता समीकरण अदलबदल

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

काठमाडाैं | असार २०, २०८१

सामान्यतया दिमागी अवस्थाका बारेमा मेडिकल साइन्सका केही स्थापित तथ्य र तमाम रिसर्चहरू छन् । तर, संसारमा उथलपुथल ल्याउने केही लाइक माइन्डेड राजनीतिज्ञका दिमागहरू अलि फरक खालका हुन्छन्, जहाँ मेडिकल साइन्स र पोलिटिकल साइन्सको मुभमेन्टका बेजोड तुफानी गतिले ल्याउने सकारात्मक वा नकरात्मक परिणाम आमनागरिकले व्यहोर्नुपर्ने हुन्छ ।

खासगरी सत्ता परिवर्तनलाई पोलिटिकल साइन्सको आँखाबाट हेर्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने चलन छ, जुन स्वभाविक हो । सत्ता परिवर्तन सैद्धान्तिक–राजनैतिक एजेन्डामा आधारित र पूर्वानुमान गर्न सकिने खालको हुँदा त्यो पोलिटिकल साइन्सको दायरामा हुन्छ ।


Advertisment

यदि समीकरणहरू बन्ने र भत्किने प्रक्रियाहरू मौसमभन्दा चाँडो बदलिने खालका र अनप्रेडिक्टेबल हुँदा त्यहाँ पोलिटिकल साइन्ससँगै पोलिटिकल इलाइटहरूको दिमागमा चल्ने गतिविधिको विश्लेषण गर्न मेडिकल साइन्सलाई पनि सहभागी गराएर निष्कर्ष निकाल्नुपर्ने हुन्छ । आउनुस्, नेपालमा सत्ता समीकरण उलटफेर ताका ३ वटा दिमागमा के चल्छ, त्यसको वैज्ञानिक विवेचना गरौं ।


Advertisment

म ३ वटा दिमागको कुरा यस अर्थमा गरिरहेको छु कि नेपालका ३ मुख्य पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्रमध्ये एउटा पार्टी प्रमुखको दिमागमा उथल–पुथल शुरू नभइकन सत्ता समीकरणमा हेरफेर हुँदैन । जब एउटाको दिमागमा उथलपुथल शुरू हुन्छ, तब त्यसको प्रतिक्रिया स्वरूप त्यो उथलपुथलकारी आँधी तीनवटैको दिमागमा झञ्झनावट पैदा गर्न पुग्छ । त्यसका कारण अनप्रेडिक्टेबल समीकरणहरूले रातारात ढल्ने र बन्ने प्रकृया पूरा गर्छन् ।

यहाँको सत्ता समीकरण परिवर्तनका क्रममा ३ दलका कुनै एक नेताको दिमागमा सेरोटिनिन नामक रसायनमा अस्वभाविक वा अपरिपक्व राजनीतिक महत्त्वाकांक्षा घुलित हुँदा त्यसले थोरै ओभर रियाक्ट गर्न थाल्छ, अनि दाउपेचका खेलहरू शुरू हुन्छन् । सेरोटिनिन जीवहरूको मुड नियन्त्रण गर्ने एक प्रकारको दिमागी केमिकल हो, जसको कनेक्सन मतिभ्रम वा भ्रमसँग हुन्छ । सेरोटिनिन नामक दिमागी केमिकलमा तीव्र महत्त्वाकांक्षी रसायन कसरी घुलित हुनपुग्छ, त्यसको पनि केही कारण होला भन्ने प्रश्न उठ्न सक्छ । यसमा पोलिटिकल साइन्सका प्रोफेसरहरूको तर्क व्यक्तिवादी महत्त्वाकांक्षा, भविष्यप्रतिको अविश्वास, स्वार्थ र दाउपेचको गठजोडको परिणाम आदि हुनसक्छ र मेडिकल साइन्सले न्युरोनका प्रतिक्रियाहरूमा जोडिने चाहनाको मिश्रणको सामान्य व्याख्या गर्न सक्छन् । तर, यसको वास्तविक जवाफको खोजीका लागि मोलिकुलर एन्ड इन्टेरोगेटिभ फिजियोलोजी तथा न्युरोलोजी डिपार्टका प्रोफेसर अनि पोलिटिकल साइन्स डिपार्टका प्रोफेसरहरूको संयुक्त रिसर्च जरुरी छ ।

खासगरी सत्ता समीकरणमा आउने परिवर्तन सत्तारुढ घटकहरू बीचको आधारभूत एजेन्डामा पर्न जाने मूल अन्तर हो र त्यसले सिर्जना गर्ने व्यापक अविश्वासको परिणाम हो । एजेन्डाको मूल अन्तरले सरकार हाफ प्यारालाइज हुन्छ । आफैँमा प्यारालाइज एलाइन्सले पब्लिक सर्भिस डेलिभर गर्न सक्दैन र परिणाममुखी नतिजाका लागि सरकारको पर्फमेन्स निकम्मा हुने अवस्था आउँदा गठबन्धनमा सहभागीहरूमध्ये कुनै एक निर्णायक शक्तिले काँध फेर्न वा छोड्न चाहन्छ । 

गठबन्धन सरकारको नेतालाई उत्कृष्ट कार्य सम्पादनका लागि सत्ता साझेदार दलहरूको ऊर्जा र प्रेरणा चाहिन्छ । सहयोगी दलहरूले विश्वासको पम्प दिएनन् भने सरकार विस्तारै निकम्मा र निष्क्रियजस्तो देखिन्छ । केही दिनअघि सदनमा प्रधानमन्त्री दाहालले सार्वजनिक रूपमै शक्ति क्षयीकरणको भाव व्यक्त गर्नुपरेको थियो ।

सेरोटिनिन पहिलो केमिकल हो र महत्त्वाकांक्षा  पहिलो प्रवृत्ति हो, जसले बनिरहेको वा जमिरहेको सत्ता समीकरणलाई डिस्ट्रोय (विध्वंश) गर्न मद्दत गर्छ । त्यो सत्ता साझेदारभित्रको निर्णायक सहयोगी दलको मूल नेतामा देखा पर्छ ।

समीकरण उलटफेर ताका तीन प्रवृत्ति र तीन केमिकल कसरी जिम्मेवार हुन्छन् भन्ने कुराको सानो दृष्टान्त म यहाँ पेश गर्न चाहन्छु । मैले शुरूमै सेरोटिनिन केमिकल र राजनीतिज्ञहरूको सेरोटिनिनमा घुलित हुने महत्त्वाकांक्षाले ल्याउने ‘ओभर रियाक्ट’को चर्चा गरें । सेरोटिनिन पहिलो केमिकल हो र महत्त्वाकांक्षा  पहिलो प्रवृत्ति हो, जसले बनिरहेको वा जमिरहेको सत्ता समीकरणलाई डिस्ट्रोय (विध्वंश) गर्न मद्दत गर्छ । त्यो सत्ता साझेदारभित्रको निर्णायक सहयोगी दलको मूल नेतामा देखा पर्छ । दोस्रो, केमिकल दिमागमा हुने डोपामाइन हो । त्यो आत्ममुग्धतासँग कनेक्सनमा हुन्छ । डोपामाइनको थोरै ओभर रियाक्ट पनि सार्वजनिक पदमा रहेकाहरूका लागि भयानाक खतरा हो, किनकि त्यो आलोचना सुन्न तयार हुँदैन । वरिपरिका खतराका सूचकहरूलाई मापन गर्न जरुरी ठान्दैन र सहयोगीहरूको संवेदनशीलता, असन्तुष्टि र असहमतिको लेभललाई नजरअन्दाज गर्छ । त्यो केमिकलको प्रभाव सरकारको नेतृत्वकर्तामा हुन्छ । गठबन्धनसँगको सम्बन्ध डिभोर्सका लागि त्यो मूल जिम्मेवार प्रवृत्ति हो ।

तेस्रो केमिकल दिमागको नोर्पिनेफ्राइन हो । यसको कनेक्सन दिमागको अति सक्रियतासँग हुन्छ । त्यो दृष्य ढोक्सा थापेर प्रतिपक्षमा रहेको दलका मुख्य नेतामा देख्न पाइन्छ । यद्यपि सेरोटिनिन, डोपामाइन र नोर्पिनेफ्राइन तीनवटै केमिकलको थोरै ओभर रियाक्टले कुनै राजनीतिज्ञको भौतिक अन्त्य वा राजनीतिक अन्त्य निम्त्याएको छैन । तर, उहाँहरूको राजनीतिक चरित्र, विश्वसनीयता र सांगठनिक तन्त्रहरू भने एकपछि अर्कोगरी कमजोर हुँदै गएका छन् । सामान्यतया डोपामाइन सदैव सेरोटिनिन र नोर्फिनेफाइनको राडारमा हुन्छ । दुवैको निगरानीमा रहेको डोपामाइनलाई सन्तुलित राख्नु सरकारको नेतृत्वकर्ताको कुशलता हो, त्यसको प्रदर्शनमा असन्तुलन हुनेबित्तिकै प्रतिपक्षी सल्बलाउने कुरा अन्यथा होइन ।

जसरी नदी किनारको बकुल्ला पानीका छालहरूसँगै माथि उफ्रने माछाको पर्खाइमा हुन्छ, ठीक त्यसैगरी प्रतिपक्षी नेता डोपामाइनको ओभर रियाक्टमा उफ्रिरहेको सरकार प्रमुखको अहंकार पर्खिरहेको हुन्छ । अझ सत्ता र शक्तिको गन्ध सुँघेर त्यसको उपभोगका लागि टाइमलाइन निर्धारण गर्नसक्ने चतुर खेलाडी हुन् देउवा । हेर्दा सोझो, कम बोल्ने, एक्सनमा फास्ट र रियाक्सनमा रुचि प्रकट नगर्ने उनीसँग सत्ता प्राप्तिका लागि ‘काको चेष्टा, बको ध्यानम्, स्वान निन्द्रा, अल्पहारी, गृहत्यागी’ यी ५ वटै लक्षण निहीत छन् ।

राजनीतिक विश्लेषक सीकेलाल भन्थे– ‘जरा दिवारका भी कान होता है ।’ उनले राजनीतिमा गोप्य भनिने संवाद ‘लीक’ अनिवार्य हुन्छ भन्ने सेन्समा भनेका हुन सक्छन् । त्यो आमज्ञात कुरा हो । तर, यसपटक देउवा–ओली संवाद न त दिवार ले सुन्यो, न अरू कसैबाट लीक भयो । शायद त्यसैले होला राजनीतिमा चनाखो कान मात्र होइन, प्रतिस्पर्धीहरूको हाउभाउमा सतर्कताका साथ नजर राख्ने कुटील आँखा तथा इशारा बुझ्ने र इसारा गर्नसक्ने रहस्यमयी कला चाहिन्छ भनिएको ।

सम्भवतः त्यस्तो सतर्कताले मात्रै दिमागभित्रको टेम्पोरल लोव र गामा वेभ्सलाई अनुहारमा तरंगित भइरहेको भेउ पाउन सकिन्छ । टेम्पोरल लोव भनेको दुवै कानको पछाडिको मष्तिष्कको भागमा हुने तीव्र हलचल हो । त्यो सबैभन्दा बढी हाइप्रोफाइल राजनीतिज्ञहरूमा हुने आभाष गर्न सक्नुपर्छ । किनकि सत्तासीनहरू हमेशा थ्रेटसँगै हुन्छन्, र उनीहरूको वास्तविक र मनोवैज्ञानिक भय हटाउन स्कटिङसहितको मल्टिलेयर सुरक्षाघेरा हुन्छ । तर, विभिन्न च्यानलबाट आउने कुरालाई रोक्ने, त्यहाँ कुनै हतियार र सुरक्षा घेरा हुँदैन बरु टप लेभलका रियल र म्यानिपुलेटिङ इन्फर्मेसनहरू हुन्छन् । जो सार्वजनिकरूपमा शेयर गर्न मिल्दैनन् । यसर्थ ती सूचनाहरूको प्रतिध्वनि शायद राजनीतिज्ञहरूको टेम्पोरल लोवमा गुञ्जिँदा हुन् । अनि त्यहाँको हलचल थोरै बढ्दो हो ।

जहाँसम्म प्रचण्डको कुरा छ, उनी सत्ता सञ्चालनमा रहँदा जसरी आफूलाई टप लेभलको हाइपर एक्टिभ मोडमा लैजान खोज्छन्, सचिवालयले उनलाई त्यो लेभलको अक्सिजन प्रदान गर्न सक्दैन । न त कार्बनयुक्त क्लाउड क्लियर गर्ने टीमको उनले पूर्वतयारी गर्छन् । यो कुरा प्रधानमन्त्रीको निजी मामिलामात्रै होइन, त्यसले सिंगो मुलुक, आमजनता र पार्टी पंक्तिमा गहिरो प्रभाव पार्छ ।

माओवादी पार्टी कैयौंपटक संकटको भुमरीमा नजिकबाट स–कुशल फर्किएको छ । यसले आफ्नो पार्टी जीवनमा धेरैपटक लाइभ एन्ड डेथ गेम खेलेको छ । हजारौं कार्यकर्ताहरूले आफ्नो आँखामा पुरै जिन्दगीको तस्विर घुमेको देखेर मृत्युको मुखबाट फर्किएका छन् ।

यसर्थ, ती सबै कुराको स्मरण गर्दै आफ्नो दिमागको डोपामाइन केमिकल कन्ट्रोल गर्दै पार्टी नेतृत्वले राजकीय सत्ता र पार्टी संगठन दुवैमा संयमतापूर्वक प्रस्तुत भई देश, जनता र पार्टीको भाग्य तथा भविष्यलाई सुनिश्चित गरोस् भन्ने अपेक्षा आमकार्यकर्ताको छ ।

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x