×

सन्दर्भ : कांग्रेस-एमाले सत्ता सहकार्य

नयाँ गठबन्धनप्रति निजी क्षेत्र आशावादी– सुस्त अर्थतन्त्र 'बूस्ट' हुने विश्वास

काठमाडाैं | असार १९, २०८१

तस्वीरमा देउवा र ओलीसँगै माथिबाट क्रमश: डा पोखरेल, राणा, मल्ल र सापकोटा

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको नयाँ सत्ता समीकरणलाई लिएर निजी क्षेत्रले सजगताका साथ प्रतिक्रिया दिएको छ । साथै, बजारको आत्मविश्वास फर्किने आशा समेत व्यक्त गरिन थालेको छ ।

दुई दलबीच भएको सहमतिका क्रममा संविधान संशोधन, निर्वाचन प्रणाली र प्रदेश संरचना हेरफेर लगायतका विषयहरू बाहिर आएपछि त्यसले देशको अर्थतन्त्रलाई ठोस दिशा दिन सक्ने आशा निजी क्षेत्रका प्रतिनिधिहरूले गरेका हुन् ।


Advertisment

अर्थतन्त्र सुस्ताएको, पूँजीबजारले आत्मविश्वास गुमाएको र घरजग्गा कारोबार खुम्चिएको अवस्थामा निजी क्षेत्र निराश थियो ।


Advertisment

लोकान्तरसँग कुरा गर्दै निजी क्षेत्रका केही प्रतिनिधि र आर्थिक विश्लेषकले नयाँ सरकारले अहिलेको सुस्त अर्थतन्त्रलाई 'बूस्ट' गर्न सक्ने आशा व्यक्त गरे ।

एकातिर उद्योगी व्यवसायी गैर-कानूनी विद्युत बक्यौता महसुलको चपेटामा परेका छन् भने एनसेलजस्ता दूरसञ्चार कम्पनीहरू समेत सरकारको रवैयाका कारण असन्तुष्ट छन् ।

इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई भूतप्रभावी कानून लगाएर बक्यौताको नाममा गाँस, बास, कपासजस्तै आवश्यक इन्टरनेट सेवा जतिबेला पनि बन्द हुन सक्ने जोखिम सरकारले सिर्जना गरेको छ ।

सहकारी समस्या समाधान हुनै नसक्ने अवस्थामा छ । बैंकहरूसँग पर्याप्त निक्षेप हुँदा पनि लगानी गर्ने ठाउँ छैन । विदेशिने युवाहरूको संख्या दिन प्रतिदिन बढ्दो छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको बजेटले पनि ठूलो आलोचना खेप्न बाध्य भयो । शीर्ष नेता र मन्त्रीका जिल्लामा खन्याइयो भने अन्त बजेटको खडेरी लाग्यो ।

कर प्रणालीमा व्यापक हेरफेरको आवश्यकता रहेको निजी क्षेत्रका प्रतिनिधिहरूले पटक-पटक सार्वजनिक मञ्चबाटै भन्ने गरेका छन् ।

कांग्रेस र एमालेबीच सोमबार मध्यरातमा भएको सहमतिलाई लगत्तै पूँजीबजारले स्वागत पनि गर्‍यो । यद्यपि बजारमा अझै संशय बाँकी रहेकाले लगानीकर्ता ढुक्क हुने स्थिति बनिसकेको छैन ।

नेपालको अर्थतन्त्रको ७० प्रतिशत हाराहारी अंश निजी क्षेत्रले धानेको छ ।

सरकार निजी क्षेत्रमैत्री देखिएको थिएन, न त वैदेशिक लगानीमैत्री थियो । तेस्रो लगानी सम्मेलनमा आएको झिनो प्रतिबद्धता त्यसको ज्वलन्त उदाहरण हो ।

लोकान्तरले निजी क्षेत्रका प्रतिनिधि र अर्थविदसँग सुस्ताएको अर्थतन्त्रले दुई ठूला दलबीच बनेको गठबन्धनसँग के अपेक्षा गरिरहेको छ भनेर प्रश्न गरेको थियो ।​

नयाँ गठबन्धनले आर्थिक एजेन्डामा समान धारणा बनाउनुपर्छ - राजेन्द्र मल्ल, निवर्तमान अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स 

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेन्डामा नयाँ गठबन्धनले समान धारणा बनाउनुपर्ने बताए । साथै, उनले निजी क्षेत्र स्वाभाविक रूपमा खुशी रहेको बताए ।

'दुई ठूला पार्टीको गठबन्धन बनेको र संविधानका केही प्रावधानहरू पनि संशोधन गर्ने सहमति भएको सुनिएको छ । अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थामा यो समाचारले निजी क्षेत्र केही खुसी हुनु स्वाभाविक हो,' उनले लोकान्तरसँग भने ।

राजनीतिक स्थायित्वसँगै अब आर्थिक स्थायित्वबारे पनि बहस हुनुपर्ने आवश्यकता रहेको र नयाँ सरकारले त्यो शुरू गरोस् भन्ने आफ्नो चाहना रहेको बताए ।

'जुनसुकै गठबन्धन भए पनि सत्ता या प्रतिपक्षी भए पनि राजनीतिक दलहरूले आर्थिक एजेन्डामा समान धारणा बनाउनुपर्छ,' मल्ल भन्छन् ।

नयाँ सरकारले निजी क्षेत्रमैत्री व्यवहार गर्ने अपेक्षा छ- भवानी राणा, पूर्व अध्यक्ष, उद्योग वाणिज्य महासंघ 

त्यस्तै, उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले दुई ठूला दल मिल्नु राजनीतिक र आर्थिक हिसाबले पनि राम्रो भएको टिप्पणी गरिन् ।

उनले लोकान्तरसँग भनिन्, 'निजी क्षेत्रमैत्री मौद्रिक नीति आउने अपेक्षा हामीले गरेका छौं । त्यस्तै आर्थिक विकासका एजेन्डामा पनि हामीले उठाएका कतिपय विषयहरू सम्बोधन हुन्छन् जस्तो लागेको छ ।'

उनले राजनीतिसँगै आर्थिक स्थायित्वका साना ठूला सबै दलहरू मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताइन् । त्यस्तै, अहिलेका कतिपय संरचनाले प्रशासनिक खर्च बढाएकाले त्यसको पुनरावलोकनका लागि संविधान संशोधन गर्ने सहमति भएको सुनिएको र यदि त्यो हो भने स्वागतयोग्य रहेको राणाको भनाइ छ ।

उनले भनिन्, 'दुई ठूला दल मात्र किन, देशको आर्थिक उन्नतिका लागि सबै राजनीतिक दलहरू मिल्नुपर्छ । निजी क्षेत्रलाई सबल बनाए मात्र देशको अर्थतन्त्रको सबलीकरण हुन्छ । अहिलेको राज्य संरचनाले बढाएको प्रशासनिक खर्च घटाउने गरी अघि बढे त्यो स्वागतयोग्य छ ।'

कमजोर प्रतिपक्षी हुँदा पूँजी बजारको समस्याबारे उठ्ने आवाज पनि कमजोर हुन सक्छ - धर्मराज सापकोटा, अध्यक्ष, स्टक ब्रोकर्स एसोसियसन नेपाल

नयाँ गठबन्धनलाई सेयर मार्केटले भोलिपल्टै स्वीकारेको टिप्पणी स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले बताए ।

उनले भने, 'मंगलवार नै बजारले नयाँ गठबन्धनलाई स्वीकारेको छ । तर, विभिन्न संशयहरू कायमै छन् । राजनीतिक अनिश्चितताका कारण पूँजीबजारले गुमाएको आत्मविश्वास पुनः ट्रयाकमा आउन सकेको छैन । अब त्यो होला भन्ने विश्वास मैले गरेको छु ।'

उनले दुई ठूला दल मिलेर सरकार बनाउँदा प्रतिपक्षी कमजोर हुने भएकाले पूँजीबजारको समस्याबारे संसदमा उठ्ने आवाज पनि कमजोर हुन सक्ने आशंका आफ्नो रहेको जनाए ।

आर्थिक स्थायित्वको सन्देश गएको छ - डा. जगदीशचन्द्र पोखरेल, अर्थविद

अर्थविद् डा. जगदीशचन्द्र पोखरेलले विशेष अवस्थामा दुई ठूला दल मिलेकाले त्यसले अर्थतन्त्रमा पनि विशेष प्रभाव पार्ने टिप्पणी गरे ।

लोकान्तरसँगको संक्षिप्त कुराकानीमा उनले भने, 'दुई ठूला दल मिल्नुपर्ने अवस्था आउनु भनेको विशेष परिस्थिति हो, यसले अर्थतन्त्रलाई राम्रै गर्ला भन्ने मैले विश्वास लिएको छु ।'

डा. पोखरेलले अहिले भएको प्रदेश खर्चलाई पनि कटौती गर्ने गरी केही विषयमा सहमति भएको सुनेको र त्यो आफूलाई राम्रो लागेको बताए ।

'प्रदेश र संघीय तहमा पनि आर्थिक/राजनीतिक स्थायित्व आवश्यक छ,' उनले भने, 'दुवै दलको सहमतिले स्थायित्वका लागि केही सन्देश दिएको छ । अर्थतन्त्रले केही आत्मविश्वास पाउँछ कि भन्ने छ ।'

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x