×

अर्थ मन्त्रालयमा बेथिति

सामाजिक सुरक्षा भत्ता बाँड्ने पैसा छैन, अर्थको जम्बो टोलीको अस्ट्रेलिया-युरोप भ्रमण स्वीकृत !

काठमाडाैं | असार १८, २०८१

बजेट तर्जुमा तथा व्यवस्थापन प्रणाली सम्बन्धमा भइरहेका अभ्यासबारे अध्ययन तथा अवलोकन गर्ने भनेर अर्थ मन्त्रालयका ३९ जना कर्मचारीको जम्बो टोली विदेश भ्रमणमा जान लागेको छ ।

विभिन्न चारवटा टोली गठन गरेर अर्थ मन्त्रालयका ३९ जना कर्मचारी अस्ट्रेलिया, अफ्रिका (देश नखुलेको), स्विट्जरल्यान्ड र थाइल्यान्ड भ्रमणमा जान लागेका हुन् ।


Advertisment

देश चरम आर्थिक संकटमा भएका बेला कर्मचारीहरू अर्थ मन्त्रालयकै बजेट मार्गदर्शनविपरीत विदेश भ्रमणमा जान लागेका हुन् ।


Advertisment

लोकान्तरलाई प्राप्त विवरणअनुसार  ती कर्मचारीको भ्रमण अर्थमन्त्री वर्षमान पुनले २०८१ जेठ २ गते स्वीकृत गरिसकेका छन् । स्रोतका अनुसार मनोनयनमा परेका कर्मचारीहरूको भ्रमण स्वीकृतिका लागि यसअघि अर्थसचिव मधु मरासिनीले विदेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै हस्ताक्षर गरेका थिए ।

'चालू आर्थिक वर्षको बजेट मार्गदर्शनमा नै खर्च कटौतीसम्बन्धी निर्देशन र परिपत्र भएको अवस्थामा करोडौं रुपैयाँ खर्च हुनेगरी विदेश भ्रमण स्वीकृत भएको छ,' स्रोतले लोकान्तरसँग भन्यो, 'यतिसम्म भयो कि उक्त विदेश भ्रमण मनोनयनसम्बन्धी फाइलमा अर्थसचिवज्यूले मन्त्रालयमा हस्ताक्षर नगरेर त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा ब्याक डेट राखेर हस्ताक्षर गर्नुभयो ।'​

यी हुन् छुट्टाछुट्टै देशमा जान लागेका जम्बो टोली

लोकान्तरलाई प्राप्त विवरणअनुसार २०८१ साउन १ देखि ७ गतेसम्म उपसचिव ध्रुवप्रसाद पाण्डेको नेतृत्वमा ९ जना कर्मचारीहरूको टोली अस्ट्रेलिया भ्रमणमा जान लागेको छ ।

पाण्डेको नेतृत्वमा शाखा अधिकृतहरू रघु पराजुली, सुशीला भट्ट पण्डित, रामकुमार श्रेष्ठ, दिलक आचार्य, राजन थापा, कम्प्युटर अधिकृत सुजिता जोशी र राजश्व सचिव डा. रामप्रसाद घिमिरेको सचिवालयमा कार्यरत शाखा अधिकृतलाई अस्ट्रेलिया भ्रमणका लागि मनोनयन गरिएको छ ।

null

त्यसैगरी, उपसचिव टीकराम भुसालको नेतृत्वमा १० जना कर्मचारीको अर्को टोलीको थाइल्यान्ड भ्रमण स्वीकृत भएको छ । असार २६ देखि साउन १ गतेसम्म उक्त टोली थाइल्यान्ड भ्रमणमा जान लागेको छ ।

भुसालको नेतृत्वमा उपसचिवहरू पूर्णप्रसाद न्यौपाने, दिलिप केसी, शाखा अधिकृतहरू राजबोली सम्बाहाम्फे, सन्तोष तामाङ, भरत आचार्य, खेमेन्द्रमणि घिमिरे, कम्प्युटर अधिकृतहरू विना श्रेष्ठ र कल्पना शाक्य तथा अर्थमन्त्री पुनको सचिवालयमा कार्यरत एक शाखा अधिकृत छन् ।

null

त्यसैगरी, उपसचिव जगदिश्वर उपाध्यायको नेतृत्वमा १० जना कर्मचारीको अर्को टोली अफ्रिका भ्रमणमा जान लागेका छन् । साउन ४ देखि १० गतेसम्म उक्त टोली अफ्रिका जान लागेको हो ।

उपसचिव पाण्डेको नेतृत्वमा उपसचिवहरू देवनारायण पौडेल, रमेश शर्मा, लेखाका उपसचिव  ज्ञानेन्द्रराज ओझा र प्रशासनका उपसचिव कमानसिं थापा,  शाखा अधिकृतहरू अशोक गुरागाईं, बुद्धिप्रसाद पन्त, मात्रिका नेपाल, यादव खड्का र कम्प्युटर अधिकृत अमर सुवेदी छन् ।

त्यसैगरी, उपसचिव गौरीशंकर उपाध्यायको नेतृत्वमा १० जना कर्मचारीहरूको अर्को टोली स्विट्जरल्यान्ड जान लागेको छ । असार २५ देखि असार ३१ सम्म उक्त टोली स्विट्जरल्यान्ड जान लागेको हो ।

null

उक्त टोलीले उपाध्यायको नेतृत्वमा उपसचिव सन्तोष न्यौपाने, शाखा अधिकृतहरू रमेशकुमार कार्की, घनश्याम भुसाल, दिनेश खनाल, नेत्रप्रसाद घिमिरे, अन्जना गिरी, रिना लम्साल र कम्प्युटर अधिकृतहरू गणेश सिंह रावल तथा पार्कर अधिकारी छन् ।

अर्थ मन्त्रालयले ती ३९ जना कर्मचारीहरूको विदेश भ्रमणमा सहजीकरण गरिदिनका लागि असार १० गते परराष्ट्र मन्त्रालयमा पत्राचार समेत गरिसकेको छ ।

कर्मचारीको आतेजाते टिकट र विदेशमा होटल खर्चसहित भ्रमण भत्ता सबै गरेर ३९ जना कर्मचारीहरूको भ्रमणमा २४ देखि २५ करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।​

सामाजिक सुरक्षा भत्ता निकासा गर्न पैसा छैन,तर भ्रमणमा मनमौजी

अर्थ मन्त्रालयको विविध शीर्षकबाट छुट्याइएको बजेट रकमान्तर गरेर उक्त खर्च व्योहोर्ने गरी विदेश भ्रमण स्वीकृत गरिएको एक कर्मचारीले बताए ।

'अर्थ सचिव विदेश भ्रमणमा जान लग्दा विमानस्थलमा त्यो पनि ब्याक डेट राखेर मन्त्री र सचिव निकटका कर्मचारीहरूलाई विदेश भ्रमणका लागि मन्त्रीको टिप्पणी उठाएर पेश गरिएको थियो, 'ती कर्मचारीले लोकान्तरसँग भने, 'पहिले–पहिले बजेट महाशाखाका ५ जनामध्ये २-३ जना कर्मचारीको विदेश भ्रमण स्वीकृत हुन्थ्यो । तर, अहिले त आफू निकटका कर्मचारीहरू छानीछानी जम्बो टोली बनाएर अलग–अलग देश पठाउन लागिएको छ ।'

चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धमा अर्थ मन्त्रालय आफैंले २०८० साउन १ गते बजेट कार्यान्वयन सम्बन्धमा मार्गदर्शनसहितको परिपत्र जारी गरेको थियो । उक्त परिपत्रमा पनि अनावश्यक विदेश भ्रमण नगर्ने भनी निर्देशन जारी गरिएको छ । 

आर्थिक वर्ष २०८०/०८१ मा 'प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तालगायतका विभिन्न भत्तामा खर्च लेख्न हुने छैन, नयाँ सवारी साधन र फर्निचर तथा फर्निसिङमा खर्च लेख्न हुने छैन,' भन्ने उल्लेख छ ।

कूटनीतिक महत्त्व र अन्तर्राष्ट्रिय सम्बन्धको कारण अनिवार्य रूपमा सहभागी हुनुपर्ने अन्तरार्ष्ट्रिय सभा तथा सम्मेलनमा मात्र जान पाउने उल्लेख छ । तर, ती सबै निर्देशनविपरीत अर्थ मन्त्रालयका कर्मचारीहरू बजेट अध्ययन गर्ने नाममा विदेश भ्रमणमा जान लागेका हुन् ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणपछि त्यसरी बजेट अध्ययन गर्न जाने नाममा हुने विदेश भ्रमण पूर्णरूपमा रोकेका थिए ।

कोभिड-१९ को समयमा पनि दुई वर्षसम्म कर्मचारीहरूलाई बजेट अध्ययन गर्ने नाममा विदेश भ्रमणमा जान रोक लगाइएको थियो । तर, अहिले अर्थ मन्त्री वर्षमान पुनले आफ्नो अनुकूलको बजेट ल्याउन कर्मचारीहरूले भरपूर सहयोग गरेको भन्दै मन्त्री र सचिवनिकटका कर्मचारीहरूलाई छानीछानी विदेश भ्रमणमा पठाउन लागेको अर्थ मन्त्रालयकै एक कर्मचारीले बताए ।

सामाजिक सुरक्षा भत्ता निकासासम्बन्धी फाइल अर्थ मन्त्रालयमा अड्किएको छ । स्वास्थ्यतर्फ समायोजनमा परेका कर्मचारीहरू दुई वर्षदेखि तलब भत्ता खान नपाएर पीडित छन् ।

अर्थ मन्त्रालय आफैंले बजेट अभावमा गर्नैपर्ने भुक्तानी गर्न नसकिरहेको अवस्थामा आर्थिक तथा वित्तीय अनुशासनविपरीत अनावश्यक विदेश भ्रमण स्वीकृत गरेको पाइएको हो ।

विनियोजित बजेट र स्वीकृत कार्यक्रममा नपरेको कार्यक्रम तथा आयोजनाका लागि बजेट निकासा, रकमान्तर तथा कार्यक्रम संशोधन माग गर्नु हुने छैन भनी बजेटको मार्गनिर्देशनमा उल्लेख छ ।

'त्यस्तो रकमको निकासा माग भई आएमा निकासा नदिने व्यहोरा मातहतका निकायहरूलाई समेत जानकारी गराउनुहुनेछ । साथै, आर्थिक वर्षको बीचमा नयाँ कार्यक्रम/आयोजना सञ्चालनका लागि प्रस्ताव गर्नु हुनेछैन,' भन्ने उल्लेख छ ।

अर्थ मन्त्रालयको सहमतिविना थप आर्थिक दायित्व सिर्जना गर्न नहुने, सहमतिविना सिर्जना भएको थप दायित्वको व्यवस्थापन (निकासा, रकमान्तर वा कार्यक्रम संशोधन ) अर्थ मन्त्रालयबाट नहुने उक्त मार्गनिर्देशनमा उल्लेख छ ।

यस्ता प्रकृतिका कार्य भएमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा ५७ को उपदफा ५ र ६ अनुसार हुने भनी अर्थ मन्त्रालयले सबै निकायमा परिपत्र गरेको छ ।

तर, अर्थ मन्त्रालय आफैंले भने उक्त मार्गनिर्देशन र परिपत्रविपरीत आर्थिक वर्षको अन्त्यमा विविध शीर्षकबाट रकमान्तर गरी ३९ जना कर्मचारीलाई विदेश भ्रमणमा पठाउन लागेको पाइएको हो ।

यी सबै विषयमा अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीसँग प्रतिक्रिया लिनका प्रवक्ताले प्रयोग गर्ने मोबाइलमा फोन गर्दा उपसचिव निर्मल ढकालले उठाए ।

प्रवक्ता खत्री नेपालमा नभएकाले उक्त मोबाइल आफूले उठाएको उनले खुलाए । तर, अर्थ मन्त्रालयका कर्मचारीहरू विदेश भ्रमणमा जान लागेको विषयमा आफूलाई केही थाहा नभएको उनको जिकिर छ ।

'यहाँ मलाई त्यस विषयमा केही थाहा छैन । विदेश भ्रमणमा जान लाग्नुभएको भन्ने विषयमा यहाँ केही जानकारी छैन,' ढकालले लोकान्तरसँग भने, 'त्यसो होइन होला, तपाईंले भनेजत्तिकै संख्यामा कर्मचारीहरू विदेश भ्रमणमा जान लागेको हो भने यहाँ हामीले पनि थाहा पाउथ्यौं होला ।'

उक्त विषयमा आफूलाई केही जानकारी नरहेको उनले दोहोर्‍याए । त्यस विषयमा प्रतिक्रिया लिन अर्थसचिव मधु मरासिनीलाई पनि फोन गर्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x