×

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने गर्छन् । तर्क हो, गर्न पाइन्छ तर, वास्तविकता के हो भने यी दुवै अतिवाद हुन् । यसको अर्थ हो पूरै आशावादी हुनु पनि ठीक होइन र पूरै निराश हुनु पनि ठीक होइन । आशावादी मात्र हुँदा पनि केही पाइन्न । निराशावादी भएर पनि पाउन सकिन्न । अन्ततः दुवै दुःखका कारण बन्न पुग्छन् ।  

प्रश्न उठ्न सक्छ त्यसो भए के गर्ने त ? उत्तर हो आशा गर्ने पनि नगर्ने पनि । कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर, आश्चर्य मान्नुपर्दैन । आशावादी हुने भनेको ​आफैँप्रति आशा गर्नु हो, आफ्नै जीवनप्रति गर्ने हो । निराशावादी हुनु भनेको आफूबाहेक अरू निराश हुनु हो, कसैसँग पनि आशा नगर्नु हो । किनकि आफूबाहेक अरू कसैले दिँदैनन्, दिनै सक्दैनन् । दिए पनि दिएजस्तो मात्र गरेका हुन्छन् वास्तवमा दिएका हुँदैनन् । जब दिनै सक्दैनन् भने आशा किन गर्ने ?


Advertisment

तपाईँ भन्नुहोला अरूले के गर्छन् छाडिदिऊँ । प्रकृतिले त दिएकै  हुन्छ नि ? त्यो पनि रूपमा मात्र हो । हो, सरसर्ती हेर्दा देखिने त्यही हो प्रकृतिले दिन्छ, दिएको छ तर, उसले पनि विना स्वार्थ दिएको हुँदैन, केही पाउनकै लागि दिएको हुन्छ । आउनुस् यसलाई केही व्यावहारिक उदाहरणबाट बुझ्ने प्रयास गरौँ । 


Advertisment

मानौँ हामीलाई प्रकृतिले हावा दिएको छ । हो, रूपमा त त्यही हो प्रकृतिले हावा सित्तैमा दिएको देखिन्छ तर, विना शर्तमा दिएको भने हुँदैन । केही पाउन नै दिएको हुन्छ । हावा दिनु भनेको जीवन दिनु हो, अक्सिजन दिनु हो । उसले यो जीवन र अक्सिजन त्यतिबेला दिएको हुन्छ जति बेला तपाईंले उसलाई शुद्ध राख्ने वचन दिनुभएको हुन्छ । होइन भने त्यही हावा प्रदूषित बनेर तपाईँलाई नै दुःख दिने गर्छ । 

पानीको कुरा पनि त्यस्तै हो । उसले हामीलाई पानी त दियो तर, निरपेक्ष दिएको भने हुँदैन । उसलाई जस्ताकोतस्तै वा शुद्ध राख्ने अपेक्षा राखेर नै दिएको हुन्छ । जब तपार्ईँले उसलाई शुद्ध राख्ने वातावरण दिनुभयो उसले पनि जीवन दियो । त्यस्तो वातावरण दिन सक्नुभएन भने उसले पनि दिएन र त्यही पानी दूषित बनेर तपाईँकै जीवन चौपट पारिदिने गर्छ । माटोको अवस्था पनि त्यस्तै हो । उसले माटो दियो तर, सित्तैमा भने दिएन । कुनै अपेक्षा राखेर नै दिएको हुन्छ । उसको अपेक्षा पूरा गर्नुभयो त्यही माटो उर्बर बनेर तपाईँको चाहना पूरा गरिदियो । पूरा गर्नुभएन त्यही माटो दूषित बनेर दुःख दियो । रुखबिरुवाको अवस्था पनि त्यस्तै हो, पशुपंक्षी तथा कीटपतङ्गको अवस्था पनि त्यस्तै हो । 

यसरी हेर्दै जानुभयो भने, केलाउँदै जानुभयो भने सर्वत्र यही नियमले काम गरेको पाउनुहुनेछ । सित्तैमा कसैले केही दिएको हुँदैन । यहाँसम्म कि तपार्ईँकै छाँयाले समेत केही अपेक्षा राखेर नै साथ दिएको हुन्छ । तपाईँले उज्यालो दिनुभयो उसले पनि साथ दियो । दिन सक्नुभएन उसले दिएन वा छाडिदियो । यही हो जीवनको यथार्थ । जब कसैले पनि केही दिँदैनन्, दिए पनि केही पाउन दिएका हुन्छन् भने तिनीहरूसित किन आशा गर्ने, केको आशा गर्ने ? 

त्यसैले आफैँसँग आशा गर्नुस्, आफ्नै जीवनसँग आशा गर्नुस् । केही दिन्छ भने यसैले दिन्छ, कहीँ पुर्‍याउँछ भने यसैले पुर्‍याउँछ । यसबाहेक अरू कसैसँग आशा गर्नु भनेको मरुभूमिमा पानी खोज्नुजस्तै हो ।  आफैँसँग आशा गर्नुभयो, केही पाउनुभयो र सुखी हुनुभयो । अरूसँग आशा गर्नुभयो केही पनि पाउनुभएन र दुःखी हुन पुग्नुभयो । यसै अर्थमा आशावाद र निराशावाद दुवै अतिवाद हुन पुगेको हो । अस्तु आजलाई यति नै ।

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x