×

नेपाल टेलिकमले हटायो नक्सालको कपर प्रविधि, एफटीटीएच नेटवर्कमा स्तरोन्नति

काठमाडाैं | असार १४, २०८१

​​​​​​​​नेपाल टेलिकमले दूरसञ्चार कार्यालय नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई बन्द (सट डाउन) गरेको छ ।

आधुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टु द होम) नेटवर्कमा पूर्णरूपमा स्तरोन्नति गरेर कपर नेटवर्क सधैंका लागि बन्द गरिएको कम्पनीले जनाएको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रको सेवा एफटीटीएचमा स्तरोन्नति भएको छ ।


Advertisment

दूरसञ्चार कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा शुक्रबार प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गरेकी हुन् ।


Advertisment

सो अवसरमा प्रबन्ध निर्देशक पहाडीले नेपाल टेलिकमले समयअनुसार नयाँ प्रविधिलाई अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइरहेको जानकारी दिइन् ।

टेलिकमप्रति सेवाग्राहीहरूमा भएको सकारात्मक धारणालाई चिरस्थायी बनाउनका लागि कम्पनीले ग्राहकमैत्री सेवा प्रवाह गर्नुपर्ने र यसका लागि कम्पनीका कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

null

कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुली लगायत विभिन्न वक्ताहरूले कम्पनीले हाल विभिन्न स्थानमा स्तरोन्नति कार्य जारी राखेको बताएका थिए ।​ ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

दूरसञ्चार कार्यालय, नक्सालका प्रमुख सन्तोष भण्डारीले नक्सालमा ५ हजार क्षमताको एक्सचेन्ज निर्माण भई २०४० पुस १४ गते उद्‌घाटन भएको जानकारी दिए । अहिले क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको उनको भनाइ थियो ।​

एफटीटीएच प्रविधि अन्तर्गतको एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् ।

नेपाल टेलिकमले देशभर रहेका पुरानो कपर प्रविधिलाई विस्थापन गर्ने कार्यलाई जारी राखेको छ ।

यो कार्य नियमित रुपमा भइरहेको र केही समय पछि देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने टेलिकमका सह–प्रवक्ता परमात्मा भट्टराईले जानकारी दिए ।

null

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

जेठ १४, २०८१

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । २०६५ जेठ १५ गते देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा मनाउन लागिएको दिवसको अवसरमा 'रिपब्लिक डे अफर'...

चैत ३०, २०८०

एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सूचना पठाएको टेकक्रन्चले जनाएको छ । “तपाईंलाई स्पाइवेयरले पैसाका लागि आक्रमण गरिएको एप्पलले पत्ता ल...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x