×

इन्फिनिक्सले नेपालमा सार्वजनिक गर्‍यो पहिलो गेमिङ स्मार्टफोन, कति पर्छ मूल्य ?

काठमाडाैं | असार ११, २०८१

​​​इन्फिनिक्सले नेपाली बजारमा जीटी २० प्रो स्मार्टफोन ​सार्वजनिक गरेको छ ।​ ​सार्वजनिक फोनको मूल्य १२ + २५६ जीबीका लागि ४७ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

यसले उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र आकर्षक डिजाइनको साथ स्मार्टफोन बजारलाई परिवर्तन गर्ने कम्पनीको दाबी छ । नजिकको मोबाइल आउटलेट र अनलाइनमा दराजमार्फत यो मोबाइल खरिद गर्न सकिने छ ।


Advertisment

कम्पनीका अनुसार पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोनको रूपमा आवश्यक पर्ने उपकरणहरू यस फोनमा जडान गरिएको छ ।​


Advertisment

अद्वितीय प्रदर्शन : कम्पनीका अनुसार जीटी २० प्रोमा नेपालको पहिलो मिडिया टेक डाइमेन्सिटी ८२०० प्रोसेसर छ, जुन ४ एनएम अक्ट कोरको साथ उपलब्ध हुन्छ । यसले उच्च प्रदर्शन र ऊर्जा दक्षता प्रदान गर्दछ । यसको एन २२ स्कोर ९५० के प्लसभन्दा बढी छ ।​

१२० एफपीएसलाई समर्थन : ​इन्फिनिक्स जीटी २० प्रोले पब्जी मोबाइलमा १२० एफपीएस समर्थन गर्दछ, जसले हरेक सेकेन्डमा १२० फ्रेमहरू प्रदर्शन गर्न सक्छ । यो १४४ हर्ज उच्च रिफ्रेस दर र १२० एफपीएसले गेमिङ अनुभवलाई थप जीवन्त बनाउने कम्पनीको भनाइ छ।

साइबर मेका डिजाइन २.० : कम्पनीका अनुसार जीटी २० प्रो स्मार्टफोन ‘आउटलेयिङ दी रेस्ट’ को भावना अपनाउँदै डिजाइन गरिएको छ । ‘साइबर मेका डिजाइन २.०’ अवधारणाबाट प्रेरित यस स्मार्टफोनमा तिरछा रेखा, सूचनाका लागि मेका लुप लाइटिङ र मेका बनोवट रहेको छ । यो मेका ब्लु, मेका ओरेन्ज र मेका सिल्भर रंगहरूमा उपलब्ध छ ।

समर्पित गेमिङ डिस्प्ले चिप : इन्फिनिक्सले पिक्सेल वर्क्ससँग साझेदारी गरेर एक्स५ टर्बो गेमिङ डिस्प्ले चिप समावेश गरेको छ, जसले पब्जी मोबाइलका लागि ९० एफपीएस र १२० एफपीएस समर्थन, सुधारिएको रिजोल्युसन, सधैं–चालु एचडीआर र कम–विलम्बता एमईएमसी प्रविधि जस्ता सुविधाहरू प्रदान गर्दछ । यसले विना लग वा स्टटर उत्कृष्ट गेमिङ अनुभव सुनिश्चित गर्दछ ।

उन्नत गेमिङ प्रविधि : ​जीटी २० प्रोले स्थिर फ्रेम दर इन्जिन, बाइपास चार्जिङ र ४५डब्लु सुरक्षित चार्जिङ सहित ५ हजार एमएएच ब्याट्री जस्ता अत्याधुनिक प्रविधिहरू रहेका छन् । इन्फिनिक्सको भीसी च्याम्बर कुलिङ प्रविधिले तीव्र गेमिङका क्रममा थर्मल व्यवस्थापन सुनिश्चित गर्दछ ।

ब्लोट-रहित सफ्टवेयर अनुभव : जीटी २० प्रोले एन्ड्रोइड १४ आधारित एक्सओएस १४ मा चल्ने भएकोले न्यूनतम पूर्व-स्थापित एप, तीन वर्षको सुरक्षा प्याच अपडेट र दुई एन्ड्रोइड अपग्रेडहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

व्यावसायिक-ग्रेड क्यामेरा प्रणाली : कम्पनीका अनुसार जीटी २० प्रोमा १८० एमपी ओआईएस मुख्य सेन्सर, २ एमपी टेलिफोटो लेन्स र २ एमपी म्याक्रो लेन्ससहितको क्वाड–क्यामेरा सेटअप रहेको छ ।

३२ एमपी फ्रन्ट क्यामेराले स्पष्ट र विस्तृत सेल्फी र उच्च–गुणस्तरीय भिडियो कल सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।​​​

वारेन्टी : ​इन्फिनिक्स मोबाइलले यसमा १५ महिना वारेन्टी प्रदान गर्दछ।

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

जेठ २३, २०८१

व्यवसायी विष्णु अग्रवाल अध्यक्ष रहेको मोरङ अटो वर्क्स(एमएडब्ल्यू) वृद्धि कम्पनीले टेस्लाको लोगो कपी गरिएको 'डीपल एस ०७' विद्युतीय सवारी बिक्री गर्दै आएको छ । कम्पनीले ३० लाखभन्दा बढी मुनाफा लिएर गाडी बिक्...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x