×

लुम्बिनीका जिल्लामा एमालेको युवा नेतृत्व : १२ जिल्लामा को–को बने अध्यक्ष ?

बुटवल | असार ६, २०८१

तस्वीरमा एमाले लुम्बिनीका जिल्ला अध्यक्षहरू

धेरै नयाँ र थोरै पुरानो नेतृत्व चुनेर लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

चैत २९ गते रूकुमपूर्वबाट शुरू भएको जिल्ला अधिवेशन ३२ जेठमा गुल्मी अधिवेशन गरी सम्पन्न भएको हो । प्रदेशको ६ जिल्लामा चुनावबाट नेतृत्व चयन भएको छ भने ६ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । 


Advertisment

रोल्पा, बार्दिया, बाँके, कपिलवस्तु, गुल्मी, प्यूठानमा निर्वाचनबाट नेतृत्व चयन भएको छ भने रूपन्देही, पश्चिम नवलपरासी, पाल्पा, दाङ, अर्घाखाँची र रूकुमपूर्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।


Advertisment

नेतृत्व हस्तान्तरण गर्न नचाहनेलाई कतै निर्वाचनबाट र कतै सर्वसम्मतरूपमा नै युवा नेताले माथ दिएका छन् । यो पटक एमालेले पार्टी जिल्ला कमिटीमा ३० प्रतिशत युवालाई आरक्षणको समेत व्यवस्था गरेको थियो । पुरानो कार्यशैलीदेखि निराश कार्यकर्ताले प्रगतिशील नेतृत्वको अपेक्षा राखेका छन् ।

दलीय राजनीतिप्रति बढ्दो युवा आकर्षण यो पटक एमाले जिल्ला अधिवेशनमा देखिएको एमाले प्रचार विभागका नेता डी.आर घिमिरे बताउँछन् ।

‘एमालेले लोकतान्त्रिक विधि र सर्वसहमतिको रणनीतिलाई संस्थागत गर्ने अभ्यासलाई मूर्तरूप दिँदै नेतृत्व चयन गर्‍यो,’ घिमिरे भन्छन्, ‘यसले युवा राजनीति र नेतृत्वलाई जगाएको पनि छ । अब एमालेमा निर्विरोध हुन्छु भन्ने अवस्था कमजोर भएको देखियो । कार्यकर्ताबाट अनुमोदन भएर आउनुपर्छ भन्ने मान्यता बलियो भयो ।’

घिमिरेले थपे, ‘केही हदसम्म पार्टीको कार्यशैली र संगठन सञ्चालन पद्दतिमाथि युवाको आलोचनात्मक चेत समेत अगाडि आएको देखिन्छ ।’ 

कुन जिल्लामा कसले जिते ?

बर्दियामा तेस्रो कार्यकालका लागि दोहोरिन प्रयास गरेका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै शालिकराम पौडेल निर्वाचित भए । त्यस्तै, कपिलवस्तुमा बहालवाला अध्यक्ष डम्बर शर्मालाई पराजित गर्दै बाबुराम खनाल अध्यक्ष निर्वाचित भए । 

बाँकेमा डिल्ली बिसीलाई पराजित गर्दै निरक गुरुङ अध्यक्ष बन्दा प्यूठानमा मधुर शर्मालाई पराजित गरी विजयविराज विष्ट दोहोरिएरका छन् ।

गुल्मीमा हिरा एसीलाई पराजित गर्दै बालसिंह काउछा दोहोरिँदा एमाले रोल्पाको अध्यक्षमा घनश्याम आचार्यलाई पराजित गर्दै अमृतबहादुर बुढामगर निर्वाचित भएका छन् ।

रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत चयन भए । दाङको अध्यक्षमा शिवकुमार आचार्य सर्वसम्मत अध्यक्ष चयन भए । पश्चिम नवलपरासीको अधिवेशनले पनि दोहोरिएर दीपेन्द्र अधिकारीलाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तैगरी, पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती सर्वसम्मत भए । अर्घाखाँचीको अध्यक्षमा पनि पिताम्बर भुसाल पनि निर्विरोध दोहोरिए अध्यक्ष चुनिए । अर्घाखाँचीमा अध्यक्षबाहेक सबै पदमा निर्वाचन भएको थियो । त्यस्तै, एमाले रुकुमपूर्वको अध्यक्ष लीलामणि गौतम सर्वसम्मत रूपमा चयन भएका छन् ।

संगठन निर्माणदेखि आउँदो निर्वाचनकेन्द्रित योजना

जिल्ला अधिवेशन सकिएपछि अहिले एमाले पालिका अधिवेशनमा केन्द्रित छ । अहिले पालिकाका र वडा अधिवेशनहरू जारी छन् ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल (आरके) ले आउँदो आमनिर्वाचनमा एमालेलाई तीनै तहका सरकारमा स्पष्ट बहुमतसहित स्थापित गर्न पार्टी जुटेको बताए । ‘जिल्ला अधिवेशनहरू केही सर्वसम्मत, केही निर्वाचन र केही आंशिक निर्वाचन भएर सौहार्दपूर्ण रूपमा सम्पन्न भए,’ अध्यक्ष कंडेलले भने, ‘पार्टीको नयाँ जिल्ला नेतृत्व विचार र धारणा जनतासँग पुर्‍याउँदै संगठनलाई चुस्त गराएर निर्वाचनमा केन्द्रित हुने गरी लाग्नेछ ।’ 

आरकेले थपे, ‘हाम्रो नेतृत्वमा युवा आएको छ । अबको ध्यान पार्टीलाई बलियो बनाउँदै मिसन– २०८४ नै हो । चुनावमा गुटगत प्रतिस्पर्धा भनिए पनि त्यस्तो होइन, स्वतस्फूर्त रूपमा उम्मेदवार भएका हुन् । स्वतन्त्ररूपमा अघि सरेर उम्मेदवार भएका हुन् ।’

यो समाचार तयार पार्दासम्म लुम्बिनीका १०९ स्थानीय तहमध्ये ४५ पालिकाको अधिवेशन सकिएको छ । लुम्बिनीमा एमालेका ८६ हजार संगठित सदस्य छन् । २०८१ फागुनमा नवीकरण गर्दा त्यो संख्यालाई बढाएर १२० हजार पुर्‍याउने लक्ष्य लिएको कंडेलको भनाइ छ ।

एमालेले आमनिर्वाचन– २०७९ सकिएलगतै दुईमहिने ‘मिसन ग्रासरूट अभियान’ चलाएको थियो । त्यो अभियानले पार्टी नयाँ गतिका साथ अघि बढेको एमालेको विश्वास छ ।

‘गुण्डा, दलाल र कमिसनखोर बाट पार्टीलाई टाढा राख्नुपर्छ’

एमाले प्रदेश सल्लाहकार एवं राजनीतिक विश्लेषक हरि ज्ञवालीले एमालेका नेता/कार्यकर्तालाई प्रशिक्षित गरेर अनुशासित, जनप्रेमी, कर्तव्यनिष्ठ, कम्युनिस्ट आचरणसहितको र चलायमान बनाउँदै नेतामुखी होइन, जनमुखी र कार्यकर्तामुखी बनाउनुपर्ने बताउँछन् । 

‘गुण्डा, दलाल र कमिसनखोरहरूबाट टाढा रहने र पुराना तथा असली कार्यकर्तालाई संरक्षण गर्ने काम गर्नुपर्छ,’ ज्ञवालीले भने, ‘पार्टीलाई प्रत्येक व्यक्ति र घर-घरमा पुर्‍याई सबै पालिका र निर्वाचन क्षेत्र जित्ने खालको कंक्रिट योजना बनाएर अगाडि बढ्ने नेता/कार्यकर्ताको कार्यका आधारमा यथार्थ मूल्यांकन गर्ने परिपाटी बसाल्नुपर्छ ।’ 

ज्ञवालीले थपे, ‘कुल मतदाता संख्याको कम्तीमा ६ प्रतिशत पार्टी सदस्य बनाउने र प्रत्येक पार्टी सदस्यले कम्तीमा ४ जना मतदाता बनाउने भनिएको छ । यसलाई जिल्ला नेतृत्वले कार्यान्वयन गरे एमाले बलियो शक्ति बनेर उदाउने छ ।’ 

एमालेले लुम्बिनी प्रदेशलाई आफ्नो बलियो आधार इलाका मान्दै आइरहेको छ । एमालेका प्रभावशाली पदाधिकारीहरू लुम्बिनी प्रदेशकै छन् । 

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x