×

‘राठीकोल’को ब्रान्ड एम्बेस्डरमा अभिनेता राजेश हमाल नियुक्त

काठमाडाैं | असार ४, २०८१

राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त भएका छन् ।

काठमाडौंको मेरियट होटलमा मङ्गलबार आयोजित एक समारोहबीच राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


Advertisment

हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन् ।


Advertisment

हमाललाई एम्बेस्डर नियुक्त गरेपश्चात राठी ग्रुपका अध्यक्ष राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए।

उनले हमाललाई ब्रान्ड एम्बेस्डरको रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली चलचित्र र समाजको लागि महानायकको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे।

अध्यक्ष राठीले ‘राठीकोल’ एढेसिभ उत्पादन गुणस्तरको हिसाबमा पनि पहिलो र उत्पादनको हिसाबमा पनि पहिलो रहेको बताए।

यस्तै अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेशनल प्राइड’को रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए।

कैयन् विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै उनले यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बेस्डर बन्न राजी भएको बताए। 'निकै वर्ष पहिले ‘राठीकोल’को चाख लाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ,' उनले भने ।​

सम्झौता हस्ताक्षर समारोहमा राठीकोलका सीईओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका प्रमुख रिदम शाहलगायतको उपस्थिति थियो।

null

जेठ १८, २०८१

विद्युतीय सवारी साधनहरूको क्षेत्रमा ग्लोबल लिडर बीवाईडी (विल्ड योर ड्रीम्स) ले नेपाली बजारमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको छ । कम्पनीले आफ्नो कोर टेक्नोलोजी, ब्लेड ब्याट्री र ई-प्ल्याटफर्म ३.० मार्फत उत्कृष्ट प्रद...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

जेठ ५, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x