×

NIC ASIA

सन्दर्भ : नेकपा एसको आसन्न महाधिवेशन

माधवजीले मैँ नभई हुन्न भन्नुभयो भने प्रतिस्पर्धाका लागि तयार छु– झलनाथ खनाल [अन्तर्वार्ता]

काठमाडाैं | जेठ २९, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले ३ वर्षको समय गुजारेको छ ।  विभाजनपछि समाजवादीका प्रमुख नेतादेखि हजारौं कार्यकर्ता पार्टी त्यागेर मूल घर एमालेमै फर्किएका छन् । माधव नेपालको नेतृत्वमा समाजवादीले कांग्रेससँग मिलेर गत निर्वाचनमा १० सिट जित्यो, तर राष्ट्रिय पार्टी बन्न सकेन । त्यसयता विभाजित पार्टीका रूपमा समाजवादीको औचित्यमाथि थुप्रै प्रश्न उठेका छन् ।

यसबीचमा प्रस्ट नीति, सिद्धान्त र कार्यक्रमको अभाव भएको भन्दै पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेकोसम्मका बहस पनि भइरहेको छ । यसै पृष्ठभूमिबीच समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा १०औं महाधिवेशन गर्दैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मानित नेता झलनाथ खनालले समेत पार्टी कमजोर हुनुमा नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन् । अब पुरानो नेतृत्वबाट पार लाग्दैन भन्नेमा कार्यकर्ता पुगेको दाबी समेत खनालको छ । एकीकृत समाजवादीको आसन्न महाधिवेशन, नेतृत्वका लागि शुरू भएको दौड लगायतका विषयमा खनालसँग लोकान्तरका लागि रमेश सापकोटाले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
Rupse Holidays
Nabil box

एमालेबाट विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेको ३ वर्ष पुग्न लाग्यो । एउटा चुनाव पनि फेस गर्नुभयो । यसबीचमा पार्टी कति स्थापित भयो भन्ने लाग्छ यहाँलाई ? 

Vianet communication

– हामीले एमालेमा विद्रोह गरेको ३ वर्ष पुग्न लागेको छ । यो अवधिमा हामीले यो पार्टीको विकास, विस्तार बेग्लै ढंगले गर्नुपर्दथ्यो । हामीले सोचेअनुसार भएको भए यो पार्टी एउटा ढाँचामा जाने थियो । मध्यस्तरको शक्तिशाली पार्टी विकास हुने थियो । तर, विद्रोह जुन कारणले गर्‍यौं त्यसलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक रूपले पुष्टि गर्ने काम हुन सकेन । 

कतिपय इस्युमा पार्टीले लिएको अडान गलत भयो । त्यसले गर्दा पार्टीको विकास र विस्तार राम्रो ढंगले हुन सकेन । एमसीसी, स्थानीय तह र राष्ट्रिय तहको निर्वाचनमा हामीले ठीक नीति र अडान लिन सकेनौं । नागरिकताको विषयमा गलत नीति लियौं । अपराधीलाई जेलबाट छुटाउने गरी तत्कालीन गठबन्धन सरकारले लिएका नीतिप्रति पनि हाम्रो पार्टीले ठीक अडान लिन सकेन । त्यसले गर्दा पार्टीको विकास अपेक्षित ढंगले हुन सकेन । तथापि हामी पार्टीको १० औं महाधिवेशनमा आएका छौं । यो पार्टीको जीवनमा अत्यन्त महत्त्वपूर्ण परिघटना हो । 

नेतृत्वले पार्टी विभाजनको औचित्य पुष्टि गराउन सकेन भन्ने यहाँको निष्कर्ष हो ? 

– पार्टी विभाजनको औचित्य छ । यसको वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक, सांस्कृतिक औचित्य छ । विधि र विधानको हिसाबले, कार्यशैली र कार्यपद्धतिको हिसाबले पनि पार्टी विभाजनको औचित्य छ । तर, यसको पुष्टि जसरी हुनुपर्थ्यो त्यो हुन सकेन । अझै पुष्टि हुन बाँकी छ । 

सैद्धान्तिक, नीतिगत वा व्यावहारिक के हिसाबले औचित्य पुष्टि हुन नसकेको त ? 

– नेतृत्वले एउटा सुस्थिर नीति लिन सकेन । मुद्दाहरूमा ठीक इस्यु लिन नसक्दा पार्टी ठीक ढंगले अगाडि बढ्न नसकेको हो । हामीले किन विद्रोह गर्‍यौं भनेर नेतृत्वले वैचारिक, राजनीतिक, सैद्धान्तिक के कारणले हो भनेर प्रस्ट पार्न सक्नुपर्थ्यो । 

एमालेको नेतृत्वसँग हाम्रा यी–यी कुरामा मतभिन्नता हुन् भनेर प्रस्ट्याउनुपर्थ्यो । नेतृत्वले त्यसो गर्न नसकेकाले पार्टीले विकासको जति गति लिनुपर्थ्यो त्यो लिन सकेन । 

null

अब महाधिवेशनले मात्रै पार्टीलाई गति र दिशा दिन सक्छ भन्ने यहाँको भनाइ हो ? 

– एकदमै । महाधिवेशनपछिको कोर्स नयाँ बाटोमा अगाडि बढ्छ । हामीले लामो समयदेखि समाजवादी क्रान्ति, समाजवादी कार्यक्रम भन्दै आयौं । हाम्रै पार्टीभित्र पनि कम्युनिस्ट आन्दोलनमा जबजको औचित्य अहिलेसम्म छ, जबज नै मार्गदर्शक सिद्धान्त हो भन्ने पनि छ । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मानेको छ । एमालेले यस्तो भनिरहनु पनि नितान्त गलत र लज्जास्पद कुरा हो । हाम्रो पार्टीको नेतृत्व पनि जबज हुनैपर्छ, जबजको औचित्य अझै छ भन्ने विगतको धङधङीबाट मुक्त हुन नसकेको अवस्था छ । त्यसैले पार्टीका कार्यदिशा, नीति र सिद्धान्त स्थिर हुन सकेनन् । 

अब हुने महाधिवेशनले विगतका यस्ता धङधङीबाट मुक्त भएर नयाँ धरातलमा अहिलेको राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको ठोस र जीवन्त विश्लेषण गर्नुपर्छ । समाजवादी कार्यक्रम पनि यही ढंगले अगाडि सारिन्छ । कार्यदिशा, नीति र सिद्धान्तलाई प्रस्ट पारेर अगाडि बढ्न सकिने ऐतिहासिक अवसर महाधिवेशनले दिएको छ । यो हाम्रो पार्टीका लागि कोशेढुंगा बन्नुपर्छ । 

तपाईंको विचारमा जबज सान्दर्भिक छैन भन्ने नै हो ? 

– पार्टीको नाम कम्युनिस्ट पार्टी समाजवादी छ । तर, सिद्धान्त जबज छ । त्यसमाथि अझै मार्गदर्शक सिद्धान्त नै जबज हो भन्ने पनि छन् । जबज भनेको पुँजीवादी लोकतन्त्र हो, त्योभन्दा बढी केही पनि होइन । एउटा कम्युनिस्ट मार्क्सवादीले जबजलाई मार्गदर्शक सिद्धान्त मानेको छ भन्ने सुन्दा संसारका कम्युनिस्टहरू हाँस्छन् । हामीले सोचेको विषयलाई सारा संसारले मान्छ, ब्रह्माण्डले मान्छ भन्ने कसैले ठान्छ भने त्यो गलत छ । यो दिग्भ्रम मात्रै हो । तर, अब ठण्डा दिमागले व्यावहारिक यथार्थलाई स्वीकार गरेर हाम्रो देशका ठोस परिस्थिति, विशिष्टतामा आधारित समाजवादी कार्यक्रमलाई लिएर अगाडि बढ्नुको विकल्प छैन । 

यहाँहरू महाधिवेशनको नजिक पनि हुनुहुन्छ । कस्तो भइरहेको छ तयारी ? 

– हामी राष्ट्रव्यापी, पार्टीव्यापीरूपमा महाधिवेशनका लागि तयारीमा छौं । आमकार्यकर्ता परिवर्तनको पक्षमा छन् । हामी वैचारिक र संगठनका हिसाबले तयारीका साथ अगाडि बढेका छौं । 

एकपटक सत्तामा पुगेपछि त्यसैमा टाँस्सिएको छ, टाँस्सिएको छ । त्यहाँबाट उक्काउन गल नै लगाउनुपर्ने, हटाउन विद्रोह नै गर्नुपर्ने भनेको राजतन्त्रजस्तो स्थिति हो । राजतन्त्रलाई उखेल्न लामो संघर्ष चाहियो । २०६२/०६३ को विद्रोहले नेपालको शाही राजतन्त्र गयो । पार्टीभित्र यस्तो विद्रोह चाहिँदैन । सही वैचारिक र राजनीतिक कार्यदिशा नै मुख्य हो ।

यहाँले सिद्धान्त, नीति सबै विषयमा कमजोर भयौं भन्नुभयो । वर्तमान नेतृत्वमै कमजोरी छ, यसलाई पार लगाउन म आफैं अगाडि सर्नुपर्छ भन्ने तपाईंको भनाइ हो ? 

– हरेक प्रकारले निर्णायक कुरा वैचारिक र राजनीतिक कार्यदिशा नै हो । त्यो कार्यदिशा सही नहुनुको कारणले पनि हामी त्यो खालको अवस्थाबाट गुज्रेका छौं । यो महाधिवेशनले स्वाभाविक रूपमा त्यस्ता कुरालाई सच्च्याउँछ । वैचारिक कार्यदिशा ठीक ढंगले अगाडि बढेपछि त्यो कार्यक्रमका आधारमा नेतृत्व पनि निर्माण हुनुपर्छ । त्यसका निम्ति मैले के भूमिका खेल्नुपर्छ, जुनसुकै भूमिकाका लागि म एकदमै तयार छु । 

यहाँ पार्टीको सम्मानित नेता हुनुहुन्छ । अब नेतृत्वका लागि अघि बढ्छु भनेर अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गर्नुभएको छ ? 

– नेतृत्व निर्माण गर्ने कुरामा उहाँको पनि केही आकांक्षा हुन सक्छ । मेरो पनि र अरू कसैको पनि आकांक्षा हुन सक्छ । आखिर निर्णय त महाधिवेशनका प्रतिनिधिले गर्ने हो । हामी आफैं पनि छलफल गर्दैछौं । मलाई लागेको कुरा भनेको सहमतिपूर्वक नेतृत्व निर्माण गर्नुपर्छ । सधैँभर एउटै व्यक्ति ओहोदामा बस्नैपर्छ भन्ने छैन । म ०४६ सालमा कठिन कालमा पार्टीको महासचिव थिएँ । कठिन अवस्थामा पार्टी निर्माणका लागि नेतृत्व दिएँ । सहज ढंगले महासचिव छाडेर मदन भण्डारीलाई बनाएँ । त्यसपछि फेरि ०६४ सालमा पार्टीले फेरि महासचिव बन भन्यो । महासचिव भएँ । ०६५ सालको महाधिवेशनबाट पार्टीको अध्यक्ष बनें ।

०७० सालको महाधिवेशनमा म आफैं ब्याक भएर कमरेडहरू तपाईंहरू नै नेतृत्व गर्नुस् भनेर छाडें । सत्ता र नेतृत्वमा बस्ने विषय सहज हुनुपर्छ । एकपटक सत्तामा पुगेपछि त्यसैमा टाँस्सिएको छ, टाँस्सिएको छ । त्यहाँबाट उक्काउन गल नै लगाउनुपर्ने, हटाउन विद्रोह नै गर्नुपर्ने भनेको राजतन्त्रजस्तो स्थिति हो । राजतन्त्रलाई उखेल्न लामो संघर्ष चाहियो । २०६२/०६३ को विद्रोहले नेपालको शाही राजतन्त्र गयो । पार्टीभित्र यस्तो विद्रोह चाहिँदैन । सही वैचारिक र राजनीतिक कार्यदिशा नै मुख्य हो । यसै कार्यक्रमका आधारमा नेतृत्व चयन गर्दा कहिले को बन्छ, कहिले को बन्छ । माधव कमरेड र मेरोबीच त आलोपालो चलिरहेको छ । यसपालि पनि आलोपालो हुन सक्छ, के ठूलो कुरा भयो र ?

आलोपालो गरौं भनेर नेपालसँग छलफल भएको छैन ? एकपटक तपाईंले गर्नुभयो अब म गर्छु भन्नुभएको छैन ? 

– म जहिले पनि खुलस्त छु । मैले खुला छु, छलफल गरौं भनेपछि अध्यक्ष नेपालले अलि नमीठो मान्नुभएछ । विभिन्न साथीहरूलाई बोलाएर जेएनले यस्तो गर्ने भन्नुभएछ । 

तपाईंप्रति त सार्वजनिकरूपमै तीतो पोख्नुभयो नि ?

– हो, उहाँले त्यस्तो गर्नुभयो । त्यस्तो गर्नुपर्ने कुनै जरुरी छैन । राजतन्त्रात्मक चिन्तनले मात्रै त्यस्तो गर्छ । आफू एकपटक भएपछि जिन्दगीभर मै भइरहनुपर्छ भन्ने ठान्नुहुँदैन । प्रजातान्त्रिक  र वैचारिक आधारमा चल्नुपर्छ । 

नेतृत्वका लागि तलका नेता/कार्यकर्ताको माग हो कि, पार्टीको आवश्यकता हो कि, तपाईंकै आकांक्षा बढी हो ? 

– पार्टीका आमकार्यकर्ता अहिलेको नेतृत्वबाट सन्तुष्ट छैनन् । मलाई तपाईं नै सक्रिय हुनुपर्छ भन्ने माग आइरहेकाले ठीक छ, म विचार गर्छु भनेको छु । उमेरले त विस्तारै डाँडो काट्दै छ । तर, अझै १० देखि १५ वर्षसम्म सक्रिय हुन सक्छु । यसैले यो बीचमा पार्टी निर्माणमा, पार्टीलाई सही दिशातर्फ लानका लागि र नयाँ युवा पंक्तिलाई हुर्काउनका लागि मैले भूमिका खेल्नुपर्ने आवश्यकता छ, म तयार छु भन्ने हो । 

यहाँनेर अलिकति विरोधाभाष– युवापंक्तिको पनि कुरा गर्नुभयो, तर ७० वर्षको उमेरहद शीर्ष नेताले आफ्नै लागि फुकाएको जस्तो देखियो नि ? 

– ७० वर्षको उमेरहद नवौं महाधिवेशनमा मैले अगाडि सारेको हुँ । किनकि उमेरहद राख्दा नयाँ नेतृत्व आउँछ कि भन्ने लागेको थियो । तर, उमेरहदले कुनै फल प्राप्त भएन । कोही युवा नेता म अगाडि सर्छु भनेर आएनन् । एमालेमा आएनन् अनि उसले उमेरहद नै हटाइदियो । अहिले हाम्रो केन्द्रीय परिषद्ले पनि यो उमेरहद हटाइदियो । कुनै नेता विशेष र आमकार्यकर्ताले हटाएको होइन, न मैले नै प्रस्ताव गरेर हटाएको हो ।

उहाँहरूले हटाउनुको अर्थ उमेर होइन, विचार मुख्य कुरा भन्ने होला । पाको मान्छे भए पनि सही विचार दिन्छ भने त्यसैले नेतृत्व गर्नुपर्छ । तर मान्छे युवा, विचार परिपक्व छैन भने के गर्ने ? भड्काएर कता लाने हो, केही ठेगान हुन्न । यसैले विचार निर्णायक हो, उमेर निर्णायक होइन भन्नेमा कम्युनिस्ट आन्दोलन पुगेको छ । 

null

अब असारको तेस्रो साता (असार १६ देखि २०)मा हुने महाधिवेशन रोकिँदैन ? 

– यसअघि एक-दुईपटक महाधिवेशन रोकियो । त्यो नेतृत्वको लापरबाहीले रोकिएको हो । व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन भनेर आकलनसहित मिति निर्धारण गर्नुपर्ने हो । तर नेतृत्वको कमजोरीका कारणले दुईपटक रोकियो । अब तेस्रोपटक कुनै हालतमा रोकिँदैन । पृथ्वी उल्टो घुम्न थाले पनि रोकिँदैन । 

भनेपछि महाधिवेशन पनि रोकिँदैन, तपाईंलाई अध्यक्षमा उठ्नबाट पनि कसैले रोक्न सक्दैन ? 

– अगाडि जान कसैले रोक्न सक्दैन । रोक्न मिल्दा पनि मिल्दैन । रोक्न पनि सकिँदैन । 

यहाँले सहमतिमा नेतृत्व चयन पनि भन्नुभयो । यो सहमति माधव नेपालको नाममा भए पनि हुने कि तपाईंको नाममा हुनुपर्ने हो ? 

– पुरानो नेतृत्वको नाममा आमसहमति सम्भव छैन । नयाँ नेतृत्वमा सम्भव छ । यसैका लागि प्रयत्न गर्नुपर्छ । पुरानो नेतृत्वले अरू हुँदैन, मै हुनुपर्छ भन्यो भने प्रतिस्पर्धा हुनसक्छ । प्रतिस्पर्धा भए पनि केही छैन, म तयार नै छु । स्वच्छ प्रतिस्पर्धालाई हामीले स्वागत नै गर्नुपर्छ । 

नेतृत्वमा दाबी गर्न यति धेरै आत्मविश्वास आउनुको कारण के होला ? 

– म सधैँ विचारको मान्छे हुँ । म विचार दिन्छु । विचारका आधारमा अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ । निजी कुरा, पद र ओहदातर्फ म धेरै ध्यान दिन्नँ । त्यसकारण विचारको कुरा गर्ने भएकाले आमकार्यकर्ताहरूले अहिले मेरो विचारलाई चाहिरहेका छन् । विचारलाई चाहेपछि विचार दिने मान्छेलाई कार्यकर्ताले स्वतः चाहन्छन् । विचार र व्यक्ति अलग हुँदैन । यसैले धेरैको आग्रह भएकाले अध्यक्षमा अगाडि बढ्नुपर्छ भन्ने ठानेको छु । 

वर्तमान गठबन्धन र सरकारका काम कारबाहीबारे यहाँको धारणा के छ ? 

– पहिलाको भन्दा तुलनात्मक रूपमा यो गठबन्धन सकारात्मक छ । यसकारण यो गठबन्धनलाई हाम्रो पार्टीले समर्थन गरेको छ । सरकारमा सहभागी पनि छ । समस्या त अहिले पनि छन् । तर, तुलना गरेर हेर्दा सकारात्मक भएकाले यसलाई समर्थन गरिरहेका छौं ।

तपाईं समर्थन र विश्वासको कुरा गर्नुहुन्छ, तर पार्टीले त सत्ता पक्षसँग बार्गेनिङ गरिरहेको देखिन्छ । विपक्षी मोर्चाको बैठकमा अध्यक्ष नै जानुभएको छ नि ?

– यो आलोचना सही हो । हामीले जुन समीकरण बनाएका छौं, त्यसमा प्रवेश गरिसकेपछि दुईवटा डुंगामा खुट्टा हाल्ने कोशिश गर्नु हुँदैन । हाम्रो अध्यक्ष कता–कता जानुभयो भन्ने खालको कुरामा असन्तुष्टि आएको छ । यस्तो गर्नु उपयुक्त थिएन । त्यसले उहाँ (अध्यक्ष)लाई पनि त्यति राम्रो गरेको जस्तो मलाई लाग्दैन । समीकरणमा बसेपछि यसको लाइनमा पार्टी अगाडि बढ्नुपर्छ । निर्णय गरेर समीकरणमा जाने भनेपछि लाइनभन्दा भिन्न ढंगले कसैले पनि हिँड्न हुँदैन । समीकरणभित्रै समस्या छन्, त्यहाँ लड्नुपर्‍यो । लड्दा पनि समस्या समाधान भएन भने समीकरणबाट बाहिर आउन कसैले रोक्न सक्दैन । अन्यथा पार्टीलाई मानेर अगाडि बढ्नुपर्छ । 

अध्यक्ष विपक्षीको बैठकमा सहभागी हुन बूढानीलकण्ठ पुग्दा तपाईं बालुवाटार पुग्नुभयो नि ? यो संयोग मात्रै हो कि लाइन पनि यस्तै हो ? 

– यो संयोग मात्रै हो । मैले केही दिन अगाडिदेखि प्रधानमन्त्रीसँग भेट्ने कुरा गरिरहेको थिएँ । म गएको अघिल्लो दिन मात्रै अध्यक्ष उता बूढानीलकण्ठ जानुभएको रहेछ, मलाई त्यो थाहा पनि थिएन । तर, प्रधानमन्त्रीले तपाईंको अध्यक्ष किन जानुभएको हो भनेर सोध्नुभयो । मलाई थाहा भएन भनें । तपाईं नै सोध्नुस् न भनेर प्रधानमन्त्रीलाई भनें । उहाँले मेरै अगाडि फोन गर्नुभयो । पछि फेरि प्रधानमन्त्रीलाई सोधेर गएको भन्ने कुरा पनि आए । 

यो सरकार बनेदेखि नै यसको आयुलाई लिएर टिप्पणी हुन थालेका थिए । एमालेले पनि जसरी सरकारलाई सहयोग गर्नुपर्थ्यो, त्यस्तो देखिएको छैन भन्छन् नि ?

– एमालेले यो प्रकारको समीकरण बनाइसकेपछि मन, वचन र कर्मले यसलाई सही दिशा दिन, सुदृढ गर्नतिर लाग्नुपर्छ । सबैको बीचमा राम्रो सद्भाव र सम्मानजनक परिस्थिति सिर्जना गर्नु एमालेको दायित्व हो । सरकारमा सिनियर र जुनियर मन्त्री कसलाई पठाउने उहाँहरूको कुरा हो । तर, जुन हिसाबले यो समीकरणलाई अगाडि बढाउन तदारुकता देखाउनुपर्ने हो, सबैबीच मैत्रीभाव कायम गराउनुपर्ने हो, त्यसमा एमालेले पहलकदमी नलिएको जस्तो देखिन्छ । 

एमाले नेतृत्व आफैं गतिशील भएर लाग्नुपर्छ । यसमा हाम्रा पनि समस्या होलान्, तर मूलतः एमालेका समस्या हुन् । एमाले यो गठबन्धनमा पनि बस्दैछ र अर्को गठबन्धनका विषय पनि सोच्दैछ भने त्यो दुई डुंगामा खुट्टा हालेर हिँड्ने कुरा हो । यसमा कहिल्यै सफल भइँदैन । समीकरणलाई बलियो र दरिलो बनाउन एमालेको ठूलो जिम्मेवारी छ । 

एमालेसँगको सम्बन्धलाई लिएर अध्यक्षको एक खालको तनावजस्तो देखिन्छ । तर, तपाईं शान्त हुनुहुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तपाईं नजिक हुनुहुन्छ हो ? 

– यो तपाईंहरूको बुझाइ हो । मसँग क्षुद्रता छैन । जतिसुकै भिन्नता भए पनि म त्यस्तो भिन्नता नीतिमा खोज्छु, मान्छेको प्रवृत्तिमा खोज्दिनँ । मान्छेले के लगाएको छ, नाक सोझो छ कि बांगो छ, उसले कस्तो खालको व्यवहार गर्छ आदि कुरामा म मतलब राख्दिनँ । समूहको विचार, नीति, दृष्टिकोण र उसका ‘ओरिएन्टेसन’ कस्ता छन् भन्ने कुरालाई म हेर्छु ।

एमालेको नेतृत्वसँग मेल हुन सक्ने तत्काल कुनै सम्भावना म देख्दिनँ । हामीबीच गम्भीर मतभेदहरू छन् । ती मतभेद हल नभएसम्म एकताको सम्भावना छैन । अन्य समूहसँग पनि त्यस्तै अवस्था छ । तर, डिग्रीमा भिन्नता छन् । कोहीसँग अलि निकटता र कोहीसँग दूरीमा छौं । सबै कम्युनिस्टले राम्रो पहल गरेको खण्डमा, वैचारिक, सैद्धान्तिक विषयमा एकरूपता ल्याउन खोजेको खण्डमा एउटै कम्युनिस्ट पार्टी कहिल्यै बन्न सक्दैन भन्ने म ठान्दिनँ । तर तत्काल त्यहाँ पुगिँदैन । एकीकृत र एउटै कम्युनिस्ट पार्टी बनाउनुपर्छ भन्ने मेरो दृढता छ । 

कम्युनिस्ट दल मिल्नुपर्छ भनेर अरूभन्दा तपाईंले नै बढी बोलेको सुनिन्छ । के फेरि एमालेतिरै फर्किनुपर्छ भन्न खोज्नुभएको हो ? 

त्यो बिलकुल होइन । घरको आग्लो कहिले पूर्व, कहिले पश्चिम हुन्छ । तर, कम्युनिस्ट पार्टी आग्लोजस्तो हुनु हुँदैन । अझ लिडरले त झन् हुँदै हुँदैन । म त सुस्थिरताको पक्षमा छु । त्यस्तो भएन भने राजनीति चल्दैन । त्यो राजनीतिज्ञको इमेज पनि रहँदैन । म २०२० सालबाट बनेको कम्युनिस्ट हुँ । अहिलेसम्म मेरो सुस्थिर धारणा छ । हामीले २०६२/०६३ मा जनवादी क्रान्ति सम्पन्न गर्‍यौं । यसपछि हामी समाजवादी रूपान्तरणको युगमा छौं । यो युग अनुरूपका कार्यक्रम, कार्यदिशा, नीति र सिद्धान्त अगाडि सार्नुपर्छ । यही अनुरूपको मोर्चा बनाउनुपर्छ । पार्टीलाई सकेसम्म एकता गर्ने, वामपन्थी एकता निर्माण गर्नुपर्छ । तर, वामपन्थी पार्टीमा पसिहाल्ने, विलीन भइहाल्ने यो आत्मसमर्पणवादी कुरा हो । त्यस्तो कुरा कसैले गर्नु हुँदैन ।

null

पार्टी विभाजनको औचित्य पुष्टि भएन भन्ने नेताहरूकै स्वीकारोक्ति देखिन्छ । अर्कातिर नेता पलायनको क्रम अझै रोकिएको छैन । तपाईंकै पार्टीका नेतादेखि कार्यकर्ता पनि एमालेमै फर्किर्नुपर्छ भन्ने ठूलो मत रहेको छ भन्छन् नि ? 

– यो मान्छेको अनुमान हो । यस्तो हल्ला एमालेका साथीहरूले पनि गर्न सक्छन् । हाम्रो पार्टीका मात्रै होइन, एमालेका धेरै नेता/कार्यकर्ता मेरो सम्पर्कमा हुनुहुन्छ । माओवादीका पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरू सबैको धारणा समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने छ ।

नेपाली विशेषताको समाजवाद निर्माण गर्नुपर्छ । अहिले प्रधानमन्त्रीले पनि विभिन्न भाषामा समाजवादी क्रान्तिकै कुरा गरिरहनुभएको छ । समाजवादका विषयमा सम्पूर्ण कम्युनिस्ट एक हुनुपर्छ । यो एकताबद्ध भएर अगाडि बढ्ने कुरा हो । म यसको वकालत गर्न कहिल्यै छाड्दिनँ । यो देश, युग र समयको आवश्यकता हो । 

गत निर्वाचनबाट यहाँहरूको पार्टी राष्ट्रिय दल बन्न सकेन । १० सिट मात्रै जित्यो । एमाले १० कम हुँदा दोस्रो दल बन्न पुग्यो । उनीहरूको बुझाइ पनि एमाले एक भएको भए पहिलो दल बनिने रहेछ भन्ने छ । एमालेले पनि एकताको आवश्यकता महसुस गरेको भन्ने लाग्छ तपार्ईंलाई ?

– पार्टी एकीकृत भएको भए, पार्टीमा विभाजन नआएको भए हामी ठूलो पार्टी हुन्थ्यौं । विभाजन अगाडि संघीय संसद्मा दुईतिहाइ बहुमतमा थियौं । नेकपासँग १० लाख पार्टी सदस्य थिए । सातमध्ये ६ वटा प्रदेशमा बहुमतमा थियौं । तर, ७५३ पालिकामा ४ सय बढीमा हामी बहुमतमा थियौं । ५० प्रतिशत बढी मत हामीले प्राप्त गरेका थियौं । त्यतिबेला हामी योभन्दा उता जाँदा स्वर्ग छ कि भन्ने ठाउँमा पुगेका थियौं । जनतालाई समृद्धिको शिखरतिर पुर्‍याउनुपर्ने थियो । राष्ट्र र जनतालाई समृद्धितर्फ रूपान्तरणमा लानेगरि केन्द्रित भएर सोच्नुपर्थ्यो । तर स–साना अन्तरविरोध, इगोको टक्करको कारणले संसद् नै विघटन गर्ने अवस्थामा पुग्यौं । त्यहाँदेखि ओरालो लागेको यात्रा अहिलेको हो । अहिले आएर साथीहरूले अलिकति महसुस गर्न थालेको अवस्था छ । 

एमाले मात्रै नफुटेको भए पनि ठूलो पार्टी सजिलै हुन्थ्यौं । हिजो दुईतिहाइ थियौं, अहिले कल्पना ठूलो पार्टीका लागि भएको छ । बहुमतका लागि होइन, दुईतिहाइबाट झरेर ठूलो पार्टीको परिकल्पना गर्ने ठाउँसम्म आइपुगेका छौं । अहिले पनि पार्टीलाई एकताबद्ध गर्ने ठाउँ छ ।

हामी एकताबद्ध भएको भए अर्कै हुन्थ्यौं । एमाले मात्रै नफुटेको भए पनि ठूलो पार्टी सजिलै हुन्थ्यौं । हिजो दुईतिहाइ थियौं, अहिले कल्पना ठूलो पार्टीका लागि भएको छ । बहुमतका लागि होइन, दुईतिहाइबाट झरेर ठूलो पार्टीको परिकल्पना गर्ने ठाउँसम्म आइपुगेका छौं । अहिले पनि पार्टीलाई एकताबद्ध गर्ने ठाउँ छ । विचार, नीति, सिद्धान्त र लक्ष्यमा एकता हुने हो । कम्युनिस्ट पार्टीको सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो । नेपाली क्रान्ति पहिलो चरण सकाएर समाजवादी रूपान्तरणको ठाउँमा आइपुग्यो । यो क्रान्तिको कार्यक्रम समाजवादी हुनुपर्छ । यसो गर्दा प्रतिक्रियावादी, साम्राज्यवादीसँग लड्दै समाजवादमा पुग्न सक्छौं । सबै कम्युनिस्टलाई यो कुरा बोध भएपछि एकताको प्रक्रिया अगाडि बढ्छ । 

सत्ताको सहजताका लागि जसपा नेपाल विभाजित भयो । तत्काल आवश्यकता नभएकाले मात्रै समाजवादी फोर्न आवश्यक ठानेनौं भनेर खुला चुनौती आएका छन् नि, के भन्नुहुन्छ ? 

– कुनै पनि पार्टीमा दक्षिणपन्थी, वामपन्थी विभाजन हुनु राम्रो होइन । अर्काको पार्टी विभाजन गर्ने प्रयत्न गर्नु कहिल्यै राम्रो होइन । नीतिले पराजित गर्नुहोस् न, प्रतिस्पर्धाले पराजित गर्नुहोस् न, त्यो ‘लजिकल’ र ठीक कुरा हुन्छ । तर, अर्को पार्टीलाई फोडेर, तोडेर, चकनाचुर पारेर, खसाएर, कमजोर पार्ने नियत र योजना कसैले लिन्छ भने त्यो षड्यन्त्रकारी शैली हो । म यसको सदैव विरोधमा हुन्छु । कसैलाई विभाजन गर्ने योजना एमाले नेतृत्वले बनाएको हो भने यो दुस्साहस नगरे हुन्छ । यसले एमाले सफल हुँदैन । यस्तो गरे एमालेलाई अपराधी र षड्यन्त्रकारी ग्याङमा परिणत गर्छ । यसकारण षड्यन्त्रकारी कार्यदिशा होइन, शुद्ध र क्रान्तिकारी विचार, नीति, दिशा दिनुपर्छ । नीति, लक्ष्यको आधारमा एकता गर्नु ‘फेयर’ राजनीति हो । 

महाधिवेशनको मुखमा हुनुहुन्छ । नीति र नेतृत्वमा महाधिवेशनबाट समाजवादी कति बदलिन्छ होला ? 

– समाजवादी, वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक कार्यशैली, कार्यपद्धति र नेतृत्वको पनि हिसाबले रुपान्तरण हुनुपर्छ । यो हुन्छ । आमनेतादेखि कार्यकर्ता यही हिसाबमा अगाडि बढेका छन् ।  

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८१

कैलाश सिरोहियालाई पक्राउ गरिएको छ । एउटा व्यक्ति सिरोहिया हाम्रा लागि महत्वपूर्ण हुन पनि सक्छन्, नहुन पनि सक्छन् । तर, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष भएको नाताले नै सिरोहियालाई ’नन–इस्यू’मा पक्...

बैशाख ३०, २०८१

मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x