×

NIC ASIA

भारतीय चुनाव, नेपालको चासो

स्थिरबाट अस्थिर सरकारको बाटोमा भारत, नेपालमा कस्तो पर्ला प्रभाव ?

काठमाडाैं | जेठ २३, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

छिमेकी राष्ट्र भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धनलाई यसपटक नमीठो झट्का लागेको छ । ५४३ सीटमा ४ सय बढी सिट जितेर बलियो र लोकप्रिय सरकार बनाउने मोदीको सपनामा ठूलो झट्का लागेको हो । 

अघिल्लोपटक २०१९ मा भारतीय जनता पार्टीको एकल बहुमतसहित एनडीए गठबन्धनले ३५३ सिट जितेको थियो । तर, यसपटक ‘अबकी बार, चार सौ पार’को जबर्जस्त नारा फेल खाएको छ । अर्थात्, चार सय होइन, भाजपा नेतृत्वको एनडीए २९२ सीटमा सीमित हुन पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बहुमतका लागि चाहिने २७२ को आंकडा एनडीएले पार गरेको छ । सरकार बनाउन यो आवश्यकभन्दा २० सिटले बढी हो । तर, अघिल्लोपटक एक्लै ३०३ सिट जितेको मोदीको भाजपा यसपटक २४० सीटमा सीमित हुन पुग्यो । तर, अझै पनि यो विपक्षी गठबन्धनभन्दा ६ सिटले बढी हो ।


Advertisment
Rupse Holidays
Nabil box

भारतीय मतदाताले यसपटक उनको महत्त्वाकांक्षी मोदी ब्रान्ड, यसमा उनले मिसाएको धार्मिक, जातीय मुद्दाप्रति गम्भीर सन्देह व्यक्त गरिदिएका छन् । कतिसम्म भने मोदीले चुनावलाई लक्षित गर्दै अयोध्यामा निर्माण नसकिँदै राममन्दिरको तामझामपूर्ण उद्घाटन गरेका थिए । तर, यो मन्दिर रहेकै क्षेत्रमा भाजपा पराजित हुन पुग्यो । चार सय बढी सिट जिते संविधान संशोधन गर्ने र अल्पसंख्यकलाई झन् पेलानमा पार्ने भयले मोदीको पार्टीलाई यसपटक नागरिकले खबरदारी गरेको टिप्पणी हुन थालेको छ । 

Vianet communication

राजनीतिक विश्लेषक चन्द्रकिशोर भारतको चुनावी परिणामको असरभन्दा सन्देश ठूलो रहेको बताउँछन् । 

‘कुनै पनि दलले आफ्नै मुलुकभित्र एउटा समुदायलाई बढावा दिन्छ, कृत्रिम राष्ट्रवाद खडा गर्छ भने जनताले पत्याउँदैनन् भन्ने सन्देश भारतीय लोकसभा चुनावले दिएको छ । मोदीले आफूलाई भगवान् नै बनाएका थिए,’ चन्द्रकिशोरले लोकान्तरसँग भने, ‘हामीकहाँ पनि २०८४ को चुनावलाई लिएर नेपालमा एकथरि दल राज्यका अख्तियार, अदालत, निर्वाचन आयोग, सम्पत्ति शुद्धीकरण कब्जा गर्ने, राष्ट्रवादका उग्र नारा लाउने, स्त्रीद्वेशी टिप्पणी गर्ने, अनि म नै सत्य हुँ, अरू सबै गलत हुन् भन्ने भ्रम छर्दैछन् । मोदीले जस्तो गरी चुनावमा गए जनताले हात र खुट्टा कज्याउँछन् भन्ने मूल र मौलिक पाठ भारतको चुनावले दिएको छ ।’

उनले थपे, ‘भारतमा पनि जसलाई मन लाग्यो उसलाई जेल हाल्ने, पार्टी फुटाइदिने काम भयो । यहाँ पनि ठ्याक्कै त्यस्तै शैलीमा पार्टी टुंक्राउँदै हिँड्ने अभ्यास भएको छ, जसलाई जे मन लाग्यो त्यही गर्ने शैली यहाँ पनि छ । अतिवाद र नश्लवाद होइन, समावेशिता, समानता र संविधानलाई जीवन्त राखेर अधिकार बाँडफाँडका मुद्दामा दल लाग्नुपर्छ भन्ने सन्देश भारतीय चुनावबाट ग्रहण गर्नुपर्छ ।’

भारतका लागि पूर्व राजदूत एवं प्राध्यापक डा. लोकराज बरालले धर्म, समूह र जातिका नाममा विग्रह ल्याउने र दबाब दिने कामलाई भारतको चुनावले निरुत्साहित गरेको बताए ।

‘धर्म, जाति, समूहका नाममा गाली गर्ने र समाजमा विभाजन ल्याउन खोज्ने प्रवृत्तिलाई भारतको यो चुनावले निरुत्साहित गरेको छ, किनकि मोदीमा मबाहेक कोही छैन भन्ने भ्रम थियो । यो भ्रम र हौवालाई चुनावी परिणामले तोडिदिएको छ,’ बरालले भने । 

मोदीको पार्टी कमजोर भए पनि उनकै नेतृत्वमा सरकार बन्ने सम्भावना भएकाले नेपाललाई केही असर वा प्रभाव नपर्ने बरालको टिप्पणी छ ।

‘मत कम आए पनि मोदीले नै पुनः सरकार बनाउने देखिएको छ । मोदी नै प्रधानमन्त्री बने नेपाल–भारत सम्बन्धको आयाममा केही फरक पार्दैन,’ बराल भन्छन्, ‘ब्रिटिस र भारतीय शासनपछि पनि नेपालले सम्बन्ध राख्दै आएको छ । चुनावलगत्तै नयाँ सरकार आउँदा फेरि पनि फरक पर्दैन ।’

नेकपा एमालेका परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले भारतीय जनताले गरेको फैसलालाई सम्मान गर्नुपर्ने बताए । ‘चुनाव भनेको देशको आन्तरिक मामिला हो । चुनावमार्फत भारतीय जनताले फैसला गरेका छन् । एक खालको नतिजा आएको छ । तर, जस्तो नतिजा आए पनि दुई मुलुकको सम्बन्धलाई राम्रो बनाउन उन्मुख हुनुपर्छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘पहिलेभन्दा कम मत आए पनि बहुमतको सरकार नरेन्द्र मोदीले नै बनाउने भएपछि नेपाललाई पहिलेभन्दा तात्विक रूपले फरक पार्दैन । दुई देशको सम्बन्धलाई राम्रो बनाएर जानेतिर सोच्नुपर्छ ।’

भारतका लागि पूर्व राजदूत एवं कांग्रेस नेता दीपकुमार उपाध्यायले पनि नेता विशेषले बनाएको सम्बन्ध नभएकाले भारतको चुनावले नेपाल मामिलामा फरक नपार्ने बताए । 

‘भारतसँगको हाम्रो सम्बन्ध नेताले बनाएको होइन, हाम्रो ऐतिहासिक सम्बन्ध विरासत र सांस्कृतिक रहनसहनका आधारमा अगाडि बढेको सम्बन्ध हो । यसैले फरक आयामको सम्बन्ध भारतसित रहँदै आएको छ । हामी नेता र पार्टी विशेषले बनाउने सम्बन्धभन्दा माथिको स्तरमा छौं,’ उपाध्यायले लोकान्तरसँग भने, ‘छिमेकीको नाताले सबैभन्दा ठूलो डेमोक्रेसी भएको देशलाई बधाई दिनुपर्छ । तर, हामी आफैंमा राष्ट्रियता, एकता र परराष्ट्र नीतिमा समान मत हुन आवश्यक छ । हामी आफैंमा लघुताभाष भयो भने कमजोर हुन्छौं ।’

मोदी पुनः दोहोरिने भएपछि नेपालका प्रमुख दलका नेताले भने बधाई दिने क्रम शुरू गरिसकेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकको उत्साहजनक सहभागितामा निर्वाचन भएको भन्दै समकक्षी मोदीलाई बधाई दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तेस्रो कार्यकालका लागि मोदीलाई बधाई दिएका छन्  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि ऐतिहासिक रूपमा तेस्रोपटक प्रधानमन्त्री बन्न लागेको भन्दै मोदीलाई बधाई दिएका छन् । 

null

सरकारमा सहजता होइन, चुनौती

भाजपा बहुमतभन्दा ३२ सिटले पछि रहेपछि भारतमा अब त्रिशंकु संसद् बनेको छ, जसले एकल होइन गठबन्धनको सरकार बन्ने पक्का भएको हो । यसले मोदीलाई सहजताभन्दा चुनौतीको चाङ थप्ने देखिएको छ । 

लगातार दुई कार्यकाल जितेर तेस्रोपटक पनि प्रभावशाली र लोकप्रिय मतसहित मोदीले दक्षिण एसिया मात्रै होइन, विश्वलाई नै सन्देश दिन खोजेका थिए ।

भारतको बढ्दो र बलियो आर्थिक शक्ति आफ्नै कार्यकालमा रहेको देखाउन मोदी लालायित थिए । लोकप्रिय र झण्डै दुईतिहाइ मत ल्याएर जनताबाटै अनुमोदन गराउने मोदीको तयारी थियो ।

यस अघिभन्दा पन बलियो सरकार बनाउने र चलाउने मोदी तथा भाजपाको महत्त्वाकांक्षा यसपटक पूरा नभएको हो ।

बरु त्रिशंकु संसद्मा गठबन्धनमा रहेका चन्द्रबाबु नायडुको तेलगु देशम पार्टी र नितिश कुमारको जनता दल युनाइटेडलाई पूरै ५ वर्ष विश्वासमा लिनुपर्ने भएको छ ।

लोकसभामा नायडुको पार्टीले १६ र नितिश कुमारको पार्टीले १२ सिट जितेका छन् । यी दुईबाहेक ७ सिट जितेको शिवसेना (सिन्धे) र ५ सिट जितेको चिराग पासवानको लोक जनशक्ति पार्टीलाई पनि निरन्तर आफूसँगै राख्नुपर्ने दबाबमा मोदी छन् ।

अघिल्लोपटक आफूसँगै बहुमत भएकाले गठबन्धनका दलसँग सम्बन्ध बनाइराख्नुपर्ने, उनीहरूका माग पूरा गर्नुपर्ने बाध्यता मोदीलाई थिएन ।

तर, यसपटक आफूबाहेक नै ३२ बहुमतका लागि सिट चाहिने भएपछि सहयात्रीलाई रिझाउनुपर्ने दबाब मोदीसामु आइलागेको हो ।

गठबन्धनबाट चुनाव जितेका १४ वटा दललाई कुनै पनि समय भाँडिन नदिने बाध्यतामा मोदी हुनेछन् । 

२०१४ मा भाजपाले बहुमतभन्दा १० सिट बढी अर्थात् २८२ सिट जितेको थियो । भाजपाले २०१९ मा २१ सिट बढी जितेर ३०३ पुर्‍यायो । तर, यसपटक अघिल्लोपटकको भन्दा ६३ सिट घाटा लागेको छ । कुनै समय भारतमा राज गरेको भारतीय कांग्रेस पछिल्ला चुनावमा निरन्तर खस्कँदै गएको थियो । अघिल्लोपटक जम्मा ५२ सिटमा सीमित भएको थियो । तर, यसपटक कांग्रेसले आफ्नो सिट ४७ थपेर ९९ पुर्‍याएको छ । 

विपक्षीले अघिल्लोपटक यूपीए एलायन्समा ९१ सिट ल्याएकोमा यसपटक इन्डिया अलायन्स बनाएर १४३ सिट बढी २३४ पुर्‍याएका छन् । अघिल्लोपटक सशक्त प्रतिपक्षी समेत बन्न नसकेको कांग्रेसको एलायन्सले यसपटक बलियो उपस्थिति बढाएको हो । कांग्रेसको इन्डिया गठबन्धनका दलमध्ये समाजवादी पार्टीको ३७, तृणमूल कांग्रेसको २९, डीएमकेको २१, शिवसेना यूबीटीको ९, एनसीपी (शरद पवार)को ७, आरजेडीको ४ र अन्य १२ सिट छन् ।

पूर्व राजदूत बराल चुनावमा कसरी खट्ने र एजेन्डा उठाउने भन्ने भारतीय चुनावले सिकाएको उनी बताउँछन् ।  

‘एकातिर मोदीको जबर्जस्ती प्रचार थियो, तर अर्कातिर कांग्रेसका राहुल गान्धीले पार्टीमा कसरी दुःख गर्नुपर्छ, खट्नुपर्छ र जनताको एजेन्डालाई कसरी उठाउनुपर्छ भनेर देखाएका छन्,’ बराल भन्छन्, ‘अघिल्लोपटक कमजोर देखिए पनि राहुल र उनकी बहिनीलाई यो चुनावले भारतमा राष्ट्रिय स्तरको नेताको रूपमा चिनाएको छ ।’

सत्ता चलाउन र टिकाउन पूरै ५ वर्ष साना दललाई रिझाउनुपर्ने बाध्यता, पहिलेको जस्तो मनोमानी गर्न नपाउने गणित र बलिया विपक्षी मोदीका लागि चुनौती बनेर उभिएका छन् । 

उनले भारतको परिणाम अपेक्षित र अनपेक्षित दुवै भएको बताए । 

‘कतिपयले अनपेक्षित भनेका छन् । कतिका लागि अपेक्षित परिणाम पनि आएको छ,’ उपाध्यायले भने, ‘सिट कम आए पनि गठबन्धनको सरकार बन्ने देखिएको छ । अब भारतमा आएको सरकार र नेपाली पक्ष दुवैले सम्बन्धलाई सुधार्ने, पानी, सीमा, व्यापार घाटामा देखिएका समस्यालाई समाधान गर्नुपर्छ ।’ 

भारतले नेपालसहितका छिमेकी देशसँग देखिएका समस्या समाधानमा पनि काम गर्ने विश्वासमा आफू रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x