×

NIC ASIA

एकैपटकमा १६ सय किमी गुड्न सक्ने हाइब्रिड कार ल्याउँदै बीवाईडी, छिट्टै चीनबाहिर निर्यात हुने

काठमाडाैं | जेठ २३, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

चिनियाँ प्रसिद्ध कार निर्माता कम्पनी बीवाईडीले एकैपटक एक हजार माइलभन्दा बढी गुड्न सक्ने हाइब्रिड कार निर्माणको तयारी थालेको छ । 

आजको समयमा चार्ज नगरी या ट्यांकीमा तेल नहालीकन एकैपटक हजार माइल अर्थात् १ हजार ६०० किलोमिटर गुड्नु लगभग सबै कारका लागि असम्भवजस्तै छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिका र युरोपमा यो प्रकारका सवारीसाधनको डिजाइन निर्माण गरिएपनि व्यावहारिक रुपमा बीवाईडीले मात्र यस्ता कार आम उपभोक्ताका लागि ल्याउन लागेको हो । 


Advertisment
Rupse Holidays
Nabil box

बीवाईडीले गरेको दाबीअनुसार सील ०६ डीएम–आई मोडेलमा प्रयोग गरिने नयाँ हाइब्रिड पावरट्रेन प्रणालीले उक्त कारलाई एक हजा २५० माइलसम्म यात्रा गर्न सक्षम बनाउनेछ । यसका लागि बीचमा कुनै इन्धन भर्ने वा चार्ज गर्ने आवश्यकता हुनेछैन । 

Vianet communication

यो दाबीले हालका विद्युतीय गाडीहरूको दायरालाई धेरै पछाडि पार्नेछ । अहिले चलनचल्तीका विद्युतीय कारको औसत माइलेज फूल चार्जमा ३०० माइल र अधिकतम ५०० माइल छ । 

बीवाईडीले बनाउन खोजेको कारको माइलेज यसको दोब्बरभन्दा पनि बढी हुनेछ । प्रतिस्पर्धामा रहेका अमेरिकी हाइब्रिड कारहरूको औसत माइलेजभन्दा पनि दोब्बर माइलेज बीवाईडीका कारहरूले दिने कम्पनीको दाबी छ । 

बीवाईडीको नयाँ फिफ्थ जेनेरेसन प्रणालीले दुई मध्यम आकारका सेडानलाई ८१ माइल प्रतिग्यालन बराबरको क्षमता प्रदान गर्न सक्छ । 

विशेषगरी ब्याट्री सकिएपछि पनि पावरट्रेनले ६२ दशमलव १ माइलका लागि २ दशमलव ९ लिटर मात्र इन्धन खपत गराउँछ, जुन अहिलेको इन्धनबाट सवारीले खर्च गर्ने इन्धनभन्दा निकै कम हो । 

यो लामो रेन्जले बीवाईडीका प्लग–इन हाइब्रिड कारहरूलाई एकै चार्ज र पूर्ण ट्यांक इन्धनमा सिंगापुरदेखि बैंकक, न्युयोर्कदेखि मियामी या जर्मनीको म्युनिखदेखि स्पेनको म्याड्रिडसम्म यात्रा गर्न सक्ने बनाउँछ । 

यो उपलब्धि बीवाईडीको इन्धन खपत घटाउने तर्फको पछिल्लो महत्त्वपूर्ण कदम रहेको कम्पनीले जनाएको छ । यो कम्पनीले सन् २००८ मा पहिलोपटक हाइब्रिड कारको प्रक्षेपण गरेको थियो ।

विद्युतीय सवारी साधन हाइब्रिडको तुलनामा केही महँगो हुन्छ भने रेन्ज पनि निकै धेरै हुन्छ । एउटा विद्युतीय कारले फूल चार्जमा औसत ३०० देखि अधिकतम ५०० माइल रेन्ज दिन सक्छ भने हाइब्रिड कारले एक हजार २५० माइल रेन्ज दिन सक्ने बीवाईडीको दाबी छ । 

हाइब्रिड कारका लागि बाटोमा चार्जिङ स्टेसन खोज्नुपर्ने आवश्यकता हुँदैन । तर विद्युतीय कारका लागि लामो दूरीको बाटोमा चार्जिङ स्टेसन आवश्यक पर्छ । 

ग्यास–इन्धनबाट चल्ने कारहरूमा केही सामान्य कमजोरीहरू देखिन्छन् । तर २००८ देखि अहिलेसम्म कम इन्धन खपत गर्नेबारे निरन्तर शोध भइरहेका छन् । 

बीवाईडीले हालसालै बजारमा ल्याउने घोषणा गरेको क्यूआईएन एल र सील ०६ को शुरूको मूल्य करिब १४ हजार ४०० अमेरिकी डलर हुने बताइएको छ । 

गत मे २८ मा टोयोटाले ब्याट्रीसँगै हाइड्रोजन, ग्यासोलिन वा अन्य इन्धनमार्फत चल्न सक्ने कारहरूको नयाँ इन्जिन प्रोटोटाइपहरू अनावरण गरेको थियो । 

सोही कार्यक्रममा बीवाईडीले यसको प्लग–इन हाइब्रिडले दुई हजार ५०० किमीको रेन्ज हासिल गरेको घोषणा गर्याे । 

'यी सुधार हाल चीनमा निर्मित कारहरूका लागि हुन्, तर तिनीहरू चाँडै निर्यात हुने अपेक्षा गरिएको छ,' कम्पनीले जनाएको छ, ‘विद्युतीय र हाइब्रिड सवारी साधनहरूले आफ्नो दायरा विस्तार गर्दैछन् ताकि केही उपभोक्ताहरूको ग्यासबाट स्विच गर्ने बारेको चिन्ता समाधान गर्न सकियोस् ।'

बीवाईडीले २०२२ को शुरूमा मात्र जिवाश्म इन्धनद्वारा मात्र सञ्चालित कारहरूको निर्माण बन्द गरेको थियो । त्यससँगै ब्याट्री–चार्जिङ पूर्वाधारको अभाव भएका बजारहरूमा हाइब्रिड कारको निर्यात बढाउँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २३, २०८१

व्यवसायी विष्णु अग्रवाल अध्यक्ष रहेको मोरङ अटो वर्क्स(एमएडब्ल्यू) वृद्धि कम्पनीले टेस्लाको लोगो कपी गरिएको 'डीपल एस ०७' विद्युतीय सवारी बिक्री गर्दै आएको छ । कम्पनीले ३० लाखभन्दा बढी मुनाफा लिएर गाडी बिक्...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x