×

NIC ASIA

गीतकारको परिचयमा कल्याण श्रेष्ठ

नबुझिएको जिन्दगी खोतल्दै कल्याण– 'यो भोग्ने कुरा, यो चल्ने कुरा'

‘मानवीय कोमलता नभएको न्यायाधीशले न्याय देला ?’

काठमाडाैं | जेठ १९, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपालको कानून तथा न्याय क्षेत्रमा उनले आफ्नो पृथक पहिचान बनाइसकेका छन्, एक निर्भीक न्यायमूर्तिको रूपमा । सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेका कल्याण श्रेष्ठले पछिल्लो समय आफ्नो परिचयको दायरालाई अझ फराकिलो बनाएका छन्– गीतकारको रूपमा । 

कल्याण श्रेष्ठले लेखेको गीतको संग्रह ‘नबुझिएको जिन्दगी’को एल्बम हालसालै सार्वजनिक भएको छ, जसमा स्थापित संगीतकारले संगीत भरेका छन् । गहिरो भाव दिने उनका शब्दमा चलेका गायकले स्वर दिएका छन् । गीति एल्बमको रूपमा कल्याणको यो दोस्रो संग्रह हो । ‘जिन्दगीको तरेली’ नामक एल्बम यसअघि नै सार्वजनिक भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म त्यस्तो राम्रो गीत लेख्ने मान्छे होइन । मैले कोरेका भावना राम्रो लाग्यो, संगीत भरौं भन्छन् साथीहरू । उनीहरूले नै दिएको उत्साहका कारण गीति एल्बमले आकार लियो,’ श्रेष्ठले भने । पश्चिम नेपालको बाग्लुङ जिल्लामा जन्मे/हुर्केका कल्याणले लामो समय कानून र संविधानका शब्द खेलाएर आफ्नो करिअर बनाए । 


Advertisment
Rupse Holidays
Nabil box

उतिबेला गीत/संगीतबारे उनलाई खासै चासो थिएन । पश्चिम नेपालका लोक र झ्याउरे गीत सुन्थे । गीतका शब्दमा खासै मतलब हुने थिएन । जब आफूले गीत लेख्न थाले, तब गीतको शब्द ख्याल गर्न थाले ।

Vianet communication

‘मेरो बुझाइमा गीतको मुख्य कुरा शब्द हो । शब्द भएपछि मात्र संगीत र स्वर मिलाउन सकिन्छ । शब्द नै भएन भने त्यसमा ज्यान कसरी भर्ने ?’ श्रेष्ठले भने ।

नारायणगोपालका कालजयी गीतमा रहेका शब्द कल्याणलाई ‘घनिभूत’ लाग्छ । उनका एल्बममा पनि त्यस्तै गहिरा भाव भेटिन्छन् । 

‘नबुझिएको जिन्दगी’को टाइटल गीतमा श्रेष्ठ लेख्छन्–

बतासियो जिन्दगी, कता पर्‍यो पर्‍यो,
ठाउँ ठहर बदलिएर नचिनिने भयो ।
जे–जे भन्यो त्यो–त्यो होइन, के हो के हो जिन्दगी,
नबुझेनी रोकिँदैन गुज्रिजान्छ जिन्दगी ।

कल्याणले लेखेका गीतमा गहिरा भाव त छन् नै, कतिपय कानूनी शब्द पनि जोडिएका हुन्छन् । माथिको पंक्तिमा लेखिएको ‘ठहर’ अदालतमा बारम्बार हुने भाषा हो । 

‘मेरो गीतमा संगीत गरेकाहरू नयाँ–नयाँ शब्द छ भन्छन् । जति पन्छाए पनि कतै न कतै कानूनका शब्द आइहाल्छन्,’ श्रेष्ठले लोकान्तरसँगको कुराकानीमा भने । 

null

सर्वोच्चका प्रधानन्यायाधीशको नाम उच्चारण गर्दा विश्वनाथ उपाध्याय र कल्याण श्रेष्ठलाई निर्भीक एवं हक्की स्वभावका न्यायाधीशको रूपमा कानूनी वृत्तले चिन्ने गर्छ ।

‘न्यायाधीशले गरेका फैसलाको आलोचनात्मक टिप्पणी गर्दा’ अदालतको मानहानी हुँदैन भन्ने धारणा कल्याणको थियो । पूर्ण प्रेस स्वतन्त्रताका पक्षधर श्रेष्ठले अदालतका कमजोरीबारे लेख्न पत्रकारलाई प्रेरित गरिरहन्थे ।

नेपालको संविधान निर्माणका क्रममा अदालतलाई स्वतन्त्र राख्नका लागि कल्याणले धेरै ठूलो अडान लिएका थिए । क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको विश्वका ‘टावरिङ जजेज्’ पुस्तकमा कल्याणको नाम समेटिएको छ । 

तिनै कल्याणले लेखेको ‘नबुझिएको जिन्दगी’मा ७ वटा गीत संग्रहित छन्, जसमा महेश खड्का, सुनिल मास्के र सुदेश शर्माले संगीत भरेका छन् । विनोद राई, राज सिग्देल, रवि ओड, रूपक चौधरी र संगीता शाक्य थापाले स्वर दिएका छन् ।

साथीहरूको सत्संग(त)को फल– गीतकार
कल्याणलाई गीत लेख्न प्रेरित या जोडबल गर्ने दुईजना हुन्, चूडामणि देवकोटा र शक्तिबल्लभ । देवकोटा गीतकार समाजका पूर्वअध्यक्ष हुन् भने बल्लभ स्थापित संगीतकार । 

‘अवकाशपछिको समयमा केही साथीसँगको सत्संग(त)को फल भनौं न । मसँग भएको अलिकति रुचिलाई टार्न नसकेकाले लेख्ने कोशिश गरेको हो । मैले लेखें, साथीहरूले संगीत भर्नुभयो, सुनाउनुभयो अनि गीत हो जस्तो लागेर यसले एउटा शृंखला पक्ड्यो,’ हालैका दिनमा लोकान्तरसँगको कुराकानीमा श्रेष्ठले भने, ‘आधारभूतरूपमा म गीतकार हो/होइन ? मसँग संगीत प्रवीणता छैन । उहाँहरूले मैले हिम्मत नगरेको क्षेत्रमा पदार्पण गराउनुभएको छ । यसमा मेरो धेरै दाबी छैन ।’
कल्याणका लागि गीत लेख्ने विशेष कुनै समय छैन, हिँड्दा, पढ्दा कुनै नौलो शब्द भेटियो भनेपनि उनलाई लेख्न प्रेरित गर्छ । ‘गीत तथा कविता लेख्नका लागि मेरो खास समय हुँदैन । कहिले डुल्न गएको बेला पनि लेख्छु । प्रायः बिहान घरको बगैँचामा टहल्ने बेलामा केही फुर्छ । बिहानी समयको त्यो मेडिटेसन वाक, जहाँ मग्नतापूर्वक टहल्छु, त्यो बेला मलाई लेख्ने कुरा फुर्छ,’ कल्याणले भने ।

null

‘नबुझिएको जिन्दगी’ एल्बममा संगीता शाक्य थापाले गाएको ‘मेरो भगवान्’ शीर्षकको भजन कल्याणले जेनेभामा लेखेका थिए । गत वर्ष यात्राका सिलसिलामा जेनेभा पुगेका बेला राति निद्रा नपरेपछि उनले लेख्न शुरू गरे । यस्ता छन्, सुदेश शर्माले संगीत भरेको भजनका हरफः

मेरो भगवान् झुकीझुकी सुम्पेको तिमीलाई, 
डरले होइन, प्रेमले हो ।
आँखा चिम्लेर हेरेको तिमीलाई, नदेखेर होइन विश्वासले हो ।
जे दिएका छौ तिमीले, तिमीलाई सुम्पेको छु ।
जे देखाएका हौ तिमीले, तिमीलाई चढाएको छु ।
दुईवटा एल्बम तयार भइसक्दा पनि कल्याण आफूलाई ‘गीतकार’ भन्न रुचाउँदैनन् ।

‘कुनै त्यस्तो अभ्यास गरेर मैले गीत लेखेको होइन । यसलाई सहज प्रयास हो भन्नुपर्छ । गीत लेखनमा कुनै सिद्धि वा शिल्पको प्रयास गरेको छैन,’ श्रेष्ठले भने । 

जिन्दगीको रहस्य खोतल्दै
‘जिन्दगी’ शीर्षकमा दुईवटा गिती एल्बम निकालिसकेका कल्याणले जिन्दगीको रहस्य अझै फेला पारेका छैनन् । उनले लेख्ने अरू गीत र कविता पनि जिन्दगीकै रहस्य खोतल्न प्रयासरत छन् । 

‘सबैले आफ्नो जिन्दगी भोगेकै छन् । जिन्दगी बडो रहस्यजस्तो भयो । जिन्दगी अभ्यास हो, सोच हो, ज्ञान हो । के हो, के हो भन्दाभन्दै जेजति प्रयास गरेपनि बुझेजस्तो लागेन । अथवा अपूर्णता । जिन्दगी अनित्यताको समग्र नाम हो । जीवनको सांगोपांगो परिभाषित गर्न आएन । म असफल प्रयास गरिरहेको छु,’ श्रेष्ठले आफ्नो निष्कर्ष सुनाए । 

सोही निष्कर्षसाथ जिन्दगीबारे उनले शब्द कोरेका छन्–
के बुझ्नु जिन्दगी यो भोग्ने कुरा,
के सोच्नु जिन्दगी यो चल्ने कुरा,
जति अग्लो चढे पनि होचै हुन्छ जिन्दगी,
जति तान्न खोजेपनि छोटै हुन्छ जिन्दगी । 

विश्वमा रहेका अर्बौं मान्छेको आ–आफ्नै कथाव्यथा, अनुभव, अनुभूति, अपेक्षा र निरासा रहेकाले पनि जिन्दगीको एउटै परिभाषा नभएको उनको निष्कर्ष छ । 

‘जताबाट हेर्‍यो अर्कै देखिन्छ, सांगोपांगो जिन्दगी अलग छ, एउटै परिभाषाभित्र पर्ने भएको भए त जिन्दगी सबैको उस्तै हुन्थ्यो होला नि ! विश्वमा अर्बौं मान्छे छन् । हरेकका कथाव्यथा, अनुभूति, अपेक्षा, आकांक्षा र निरासा फरक छन् ।

समग्रमा समेटिने रहेनछ । हेरिरहनुपर्ने, सिकिराख्नु पर्ने, धेरै नै रहस्यपूर्ण रहेछ,’ जिन्दगीको परिभाषाबारे कल्याणले मावनशास्त्रको कुनै दार्शनिकले जस्तो निष्कर्ष सुनाए । 

जिन्दगीका परिभाषा खोज्ने क्रममा निकट भविष्यमा कल्याणको तेस्रो गितीएल्बम पनि आउँदैछ– शक्तिबल्लभको संगीत र कर्णदासको स्वरसहित । 

‘म मरेको खबर तिमीसँग नपुगोस्’ बोलको गीतमा कर्णदासले स्वर दिएका छन् । आफ्ना गीत अहिलेको प्रतिस्पर्धी बजारका लागि होइनन् भन्नेमा कल्याण प्रस्ट छन् । 

त्यो बेला मान्छेका परिभाषा बदल्नुपर्छ
आफ्नै आचारसंहिता र नियम पालना गर्नुपर्ने भएकाले न्यायाधीशहरू खुला समाजभन्दा अलि पृथक हुन्छन् भन्ने बुझाइ छ । स्वार्थ बाझिने व्यक्तिसँग भेट्न नहुने भएकाले न्यायाधीशहरू सार्वजनिक जीवनमा कमै भेटिन्छन् । त्यसैले न्यायाधीशहरू अलि ‘कठोर’ हुन्छन् भन्ने आमबुझाइ छ । 

एक न्यायमूर्ति र एक गीतकारबीचको भिन्नता कस्तो होला भन्ने प्रश्न अतिसाधारीकरण गरिएको भन्दै जवाफमा कल्याणले शल्यचिकित्सक डाक्टरको उदाहरण दिए ।

‘तपाईंले शल्यचिकित्सक डाक्टरलाई कठोर हुन्छ भन्दियो भने के हुन्छ ? उसले काट्छ नि ! मुटु पनि चिर्छ, हड्डी पनि काट्छ, त्योभन्दा कठोर को होला र ? घाटमा गएर लास जलाउनेलाई हेर्‍यो भने कति निर्ममतापूर्वक लास जलाइरहेको जस्तो देखिन्छ, भाव नै छैन जस्तो । के त्यसको भावना छैन होला र ? बिरामीलाई उपचार गर्ने शल्यचिकित्सा उपचार पद्धति हो । बिरामीप्रतिको संवेदना हुन्छ नै । उसको अभीष्ट बिरामीलाई निको बनाउने हो । यति कुरा जोडेपछि अब त्यो चिकित्सक हतियारजस्तो थियो भन्ने ?’ कल्याणले प्रश्न गरे । 

न्यायाधीश पनि मान्छे र यही समाजको अभिन्न अंग रहेकाले ऊ संवेदनशील रहने विश्लेषण कल्याणले सुनाए । ‘व्यावसायिक अभ्यास बेग्लै कुरा हो, तर न्यायाधीशभित्र अध्यात्म जागेन भने, मानवीय कोमलता रहेन भने, संवेदनशीलता रहेन भने उसले न्याय दिन सक्ला र ? अन्याय देखेर कठोर र अन्यायबाट पीडितलाई देखेर मन कल्पिएन भने त्यसले न्याय गर्न सक्ला र ?’ श्रेष्ठले प्रतिप्रश्न गरे ।  

जिन्दगीको रहस्य र परिभाषा खोजिरहेका कल्याणले मानिसमा मानवीय संवेदनशीलता नरहे मान्छेको परिभाषा नै बदल्नु पर्ने निष्कर्ष सुनाए । ‘मान्छे भएपछि कोमलता रहेन भने, संवेदनशीलता रहेन भने या कुनै परिस्थितिबाट चेत खुल्दैन भने त्यसपछि मान्छेको परिभाषा नै बदल्नु पर्छ । न्यायाधीश कठोर होइन, न्यायप्रति संवेदनशील हुन्छन्,’ श्रेष्ठले भने ।

भिडियो

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

जेठ ९, २०८१

बहुप्रतिभाका धनी कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनालको सिर्जनाले विश्वको कुना–कुनासम्म स्थान बनाएको छ । गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेक...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x