×

NIC ASIA

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्तरमा उनी बोले– ‘किनकि कागहरू आफ्नै भाषा बोल्छन्, आफ्नै खाना खान्छन् त्यसैले स्वतन्त्र छन् तर शुगाहरू अर्काको भाषा बोल्छन्, अर्काको संसारमा रमाउँछन्, अर्काको खाना खान्छन् त्यसैले बन्धनमा पर्छन् ।   

कुरा सुन्दा सामान्य लाग्छन्, तर आफैँमा त्यति सामान्य भने छैनन्, वेदान्ती दृष्टिले पनि र व्यावहारिक दृष्टिले पनि । वेदान्त भन्छ– ‘आफैँलाई हेर, आफैँभित्र खोज । केही दिन्छ भने पनि यसैले दिन्छ, केही पाइन्छ भने पनि यसैबाट पाइन्छ । जसले भित्र खोज्छ उसले सबै पाउँछ र यही नै उसको मुक्तिको कारण बन्छ । जसले बाहिर खोज्छ वा बाह्य संसारको पछि लाग्छ ऊ त्यतै हराउँछ । उसका लागि योभन्दा ठूलो बन्धन अर्को हुँदैन ।’   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाह्य संसार भनेको त्यस्तो भुमरी हो, जहाँ फसेपछि उत्रिन सकिन्न । संसार रूपको पनि हुन सक्छ, रसको पनि हुन सक्छ, गन्धको पनि हुन सक्छ, शब्दको पनि हुन सक्छ,  स्पर्शसुखको पनि हुन सक्छ । अथवा अन्य कुनै चीजको पनि हुन सक्छ । यिनीहरू भनेका यस्ता स्वैराङ्गना हुन्, जसले पहिले राम्रो देखिएर वा देखाएर आकर्षित गर्छन् । जब कोही आकर्षित हुन पुग्छ उसलाई बरबाद गरिदिन्छन् ।  


Advertisment
Rupse Holidays
Nabil box

रूपको पछि लाग्दा पुतलीहरू पोलिन्छन्, रसको पछि लाग्दा भमराहरू थुनिन्छन्, गन्धको पछि लाग्दा माछाहरू अल्झिन्छन्, शब्दको पछि लाग्दा मृगहरू मारिन्छन्, स्पर्शसुखको पछि लाग्दा हात्तीहरू बाँधिन्छन् । जब उनीहरू एउटा चीजको पछि लाग्दा त सकिन्छन् भने यी सबैको पछि लाग्नेको अवस्था कस्तो होला स्वतः अनुमान लगाउन सकिन्छ ।

Vianet communication

अब आउनुस् हेरौँ व्यावहारिक दृष्टिकोणबाट पनि । संसारमा उही स्वतन्त्र हुन्छ, जो आत्मनिर्भर छ । आफैँमा रमाउन सकेको छ, आफैँभित्र खोज्न सकेको छ । खोजी साधनको पनि हुन सक्छ, स्रोतको पनि हुन सक्छ, श्रमको पनि हुन सक्छ । जसको भए पनि, जेको भए पनि जसले आफैँभित्र खोजेको छ वा खोजी गर्न सकेको छ ऊ स्वतन्त्र हुन्छ ।  अर्काको भर पर्न थाल्ने हो भने, अर्काको राम्रो मान्न थाल्ने हो भने, अर्काको पछि लाग्न थाल्न हो भने उसले आफैँतर्फ खैँचिन्छ र पूर्णरूपले परनिर्भर बनाइदिन्छ । 

हो, शुरूमा त उनीहरूले बोल्ने भाषा उसकै हुन्छ, उसकै हितमा बोलेको हुन्छ, उसकै हितमा गरेको हुन्छ  । कुरा त्यस्तै होला, बोली त्यस्तै होला, व्यवहार त्यस्तै होला तर त्यो देखाउने दाँत मात्र हो । खाने दाँत होइन । खाने दाँत त अर्कै छ, जो कतै लुकेको छ, लुकाइएको छ, जुन त्यतिबेला देखिन्छन् वा देखाइन्छन् जब खाने बेला हुन्छ । प्रश्न उठ्न सक्छ खाने बेला भनेको कति बेला हो ? उत्तर सहज छ त्यो बेला भनेको जति बेला अर्को पूर्णतः परनिर्भर बन्छ, उम्केर कतै पनि जान सक्दैन त्यही नै उनीहरूको खाने बेला हो ।  

काग देख्नमा सामान्य प्राणी हो । न रूप राम्रो छ न बोली राम्रो तर जे छ उसको आफ्नै छ । उसले आफ्नो काँध अरूलाई दिएको पनि छैन र अर्काको काँध सापटी लिएको पनि छैन । जे छ आफ्नै छ र त्यसैमा सन्तुष्ट छ । सकेसम्म कसैको पछि लाग्दैन । लाग्नै परे आफ्नै समूह खोजी गर्छ ।

त्यसैले स्वतन्त्र छ तर सुगा र मैनालाई हेरौँ त कस्तो छ ? देख्नमा राम्रा छन्, बोली राम्रो छ,  शरीर राम्रो छ तर के गर्ने उनीहरू सजिलै अर्काको विश्वास गर्छन्, अर्काको पछि लाग्छन् । सजिलै अर्काको भाषा बोलिदिन्छन्, सजिलै अर्काले दिएका खाना खाइदिन्छन् । त्यसैले बन्धनमा पर्छन्, जहाँबाट निस्कनै सक्दैनन् । उनीहरूको निस्कने भनेको अर्थी मात्र हो अर्थोक होइन । 

यो जीवन पनि हो, जगत् पनि हो अनि व्यावहारिक दर्शन पनि हो, जुन कुरा हामी सबैलाई थाहा छ । तैपनि थाहा छैन हामी किन त्यही गरिरहेका छौँ । स्वतन्त्र हुनुको अर्थ भूगोल मात्र होइन । भाषा, भेष, भुषा, संस्कार, संस्कृति, सङ्गीत, कला, साहित्य सबै स्वतन्त्र हुनु हो । यी सबै मिलेर नै राष्ट्र वा राज्य निर्माण भएको हुन्छ । जो यस्ता यावत कुरामा स्वतन्त्र छ, उही नै वास्तविकरूपमा स्वतन्त्र हुन्छ । होइन भने स्वतन्त्र छौँ भनेर जति नै कराए पनि वास्तवमा बन्धनमै हुन्छ र बन्धनमै रहने छ । काग र सुगाको प्रसङ्गले दिएको सन्देश यही हो । चेतना भया !

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x