×

चित्रबहादुर केसीविरुद्ध किन खनिए रवि लामिछाने ?

काठमाडाैं | जेठ ६, २०८१

सहकारी ठगीको आरोप खेपिरहेका गृहमन्त्री रवि लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमार्फत आफूविरुद्ध लागेका आरोपका खण्डन गर्न कोसिस गरे । आइतबार संसदमा सम्बोधन गर्दै रवि कांग्रेस नेताहरुमाथि आक्रामक देखिएका थिए । 

Laxmi Bank

सबभन्दा बढी आक्रोश कांग्रेस महामन्त्री गगन थापाविरुद्ध थियो । गगन त्रिचन्द्र क्याम्पसको स्ववियू सभापति हुँदा अनियमितता गरेकोदेखि स्वास्थ्यमन्त्री रहेको समयमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्ति गर्दा समेत अनियमितता गरेको आरोप रविले लगाए । 


Advertisment

रविको आरोपबारे गगन थापाले पत्रकार सम्मेलन गरेरै खण्डन गरे । रविको शैलीलाई गगनले अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीसँग तुलना गरे । ‘एक जना अख्तियार प्रमुख थिए, आफ्नोबारे केही कुरा उठ्यो भने फाइल खोल्दिन्छु भन्दै हिँड्ने । गृहमन्त्रीको शैली त्यस्तै देखियो फाइल खोले हुन्छ,’ थापाले चुनौती दिए । 


Advertisment

आइतबारको  संवोधनमा रविले कांग्रेस नेताबाहेक आक्रोश पोखेका अर्का व्यक्ति हुन्, राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी । केसीको नामै नलिइ उनले नातिको नाम ढाँटेर नागरिकता बनाएको आरोप लिए । 

शुक्रवार साप्ताहिकमा प्रकाशित समाचारको सहारा लिएर रविले केसीको कुरा उठाएका थिए । चित्रबहादुर केसीमाथि रवि आक्रामक हुनुको कारण भने फागुन ३० गतेको संसद् बैठकको दृश्य सम्झिनु पर्ने हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा केसीले दुई वटा नागरिकता भएको, दुई वटा पासपोर्ट लिएको व्यक्तिलाई गृहमन्त्री किन बनाएकोभनेर सोधेका थिए । 

उनले सहकारीको करोडौँ रुपैयाँ ठग्ने व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति प्रश्न गरेका थिए । 

यसैबिच, संसदमा रविले दिएको अभिव्यक्तिले कांग्रेस झन् चिढिएको छ । ‘सहकारी ठगीमा गृहमन्त्रीमाथि संसदीय समिति गठनको मागको औचित्य झन् पुष्टि भएको छ’ महामन्त्री थापाले भने । 

NLIC
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x