×

संसदीय दलको बैठकमा ओली

पुरानो गठबन्धन तोडेर नयाँ समीकरण बनाउनु ठूलो कुरा थियो, गृह र अर्थ मन्त्रालय गौण हुन्– ओली

काठमाडाैं | बैशाख ३, २०८१

फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानो गठबन्धन तोडेर नयाँ समीकरण बनाउनु नै उपलब्धि रहेको भन्दै कुनै मन्त्रालयको लफडामा नलागेको बताएका छन् । नयाँ समीकरण बनाए पनि आफूहरूको ध्यान मिसन-२०८४ लाई सफल बनाउनेतर्फ रहेको उनले बताए । 

Laxmi Bank

सोमवार संसद् भावनामा पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले देशको अवस्था सम्हाल्नै नसक्ने गरी नबिग्रियोस् भनेर आफूहरूले नयाँ समीकरण बनाएको बताए । ‘कतिपयले भने एमालेले गृह मन्त्रालय लिएन, सरकार नै परिवर्तन गर्‍यो त ! अर्थ मन्त्रालय लिएन, सरकारै परिवर्तन गर्‍यो नि ! हामीलाई कमाउनु छैन, देश बनाउनु छ । यो मन्त्रालयभन्दा ठूलो कुरा हो । मन्त्रालयको लफडामा अडिनु, तनाब र तिक्तता बढाउनुजस्ता कामहरू अहिलेका अभिभारा होइनन्,’ ओलीले भने, ‘अहिले अनुचित हानिकारक राष्ट्रिय हितलाई गम्भीर नोक्सान पुर्‍याउने गठबन्धन तोड्नु नयाँ समीकरण बनाउनु मुख्य कुरा हो अहिलेका लागि । त्यही काम एमालेले गरेको छ ।’ 


Advertisment

ओलीले गठबन्धन तोडेर राजनीतिलाई सही दिशामा फर्काएको उल्लेख गर्दै मन्त्रालयको कुरा गौण भएको बताए । ‘कतिले हल्ला चलाएका छन् यो मन्त्रालय किन लिएन ? कुन मन्त्रालय महत्वहीन हुन्छ ? हामीले मन्त्रालयगत प्रश्नमा होइन अन्तर्यमा, सार तत्वमा केन्द्रित हुन सिक्नु पर्छ । त्यो फराकिलोपन हामीसँग चाहिन्छ । मन्त्रालय मन्त्रालयमा झगडा गरेर जाने कि गठबन्धन तोड्ने र नयाँ समीकरणलाई उदार पनका साथ बलियो बनाउन सहयोग गर्ने ?’ ओलीले भने ।


Advertisment

ओलीले प्रधानमन्त्रीको कुरा आफ्नो लागि गौण भएको बताए । ‘त्यसबेलै मैले प्रधानमन्त्रीमा रुची नभएको बताएको थिएँ । समीकरण बदल्न चाहेको कुरा गरेको थिएँ, के गर्दा देशका अनुकुल वातावरण बन्छ भन्ने सोच्यौं । देश ओरालो लागेको बेला प्रधानमन्त्री नभई रोक्न सक्दैनौं भन्ने कुरा राम्रो हुँदैन’ ओलीले भने ।

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २३, २०८०

सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । ​ मन्त्रिपरिषद्‌को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

x