×

NIC ASIA

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्वका छन्, जसमा गर्भाधानदेखि अन्त्येष्टिसम्मका संस्कार पर्छन् । यहाँ यिनै संस्कारमध्ये विवाह संस्कारको विशेषतालाई केलाउने प्रयास गरिएको छ ।  

Muktinath Bank

हाम्रो सनातनी विवाह पद्धतिअनुसार विवाहमा सातवटा विधि पूरा भएका हुन्छन् । यिनमा पहिलो कृत्यको नाम वाग्दान हो । वाग्दान भनेको वचन दिनु वा वचनबद्ध हुनु हो । पहिले पहिले विवाहको चाँजोपाँजो अविभावकले मिलाउँथे । यति बेला कन्य पक्षले वर पक्षलाई मेरी छोरी तपाईँका छोरालाई दिएँ भन्ने गरिन्थ्यो । यही नै वाग्दान विधि हो  तर हिजोआज समय फेरिएको छ । केटा र केटीले जीवनसाथी आफैँले चुन्न थालिसेका छन् । तथापि प्रकारान्तरबाटै सही वाग्दानको कृत्य भने अहिले पनि कायमै छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
वरले सदा सौभाग्यवती र मङगल दायिनी बनेर मेरो दुःख र सुखमा साथ दिने छ्यौं भन्ने कामना गरेको हुन्छ भने वधूले तिमीले एक पाइलो अघि बढ्दा म दुइपाइलो अघि बढेर साथ दिनेछु भन्दै आफूले चालेका पाइलाले तिमीलाई ऐश्वर्यशाली बनाइदिने छु भन्नसमेत भ्याइरहेकी हुन्छिन् ।

विवाह मण्डपमा केटा र केटीले आ–आफ्ना अविभावकको रोहवरमा वा रोहवरविना नै पनि देवीदेवता र अग्नि साक्षी राखी आफूहरू प्रणय सूत्रमा बाँधिएको भनेर जुन कसम खाएका हुन्छन्, अथवा कोर्ट म्यारिज भए अदालतका न्यायाधीशसँग जुन बोलकबोल गरेका हुन्छन् यसैबाट वाग्दानको कृत्य पूरा भइरहेको हुन्छ । मात्र फरक अविभावकले वाग्दान गर्दा छोरा र छोरीका लागि भनिएको हुन्छ भने आफैँले गर्दा हामी दुई भनेका हुन्छन् ।  


Advertisment
Nabil box
Kumari

यस संस्कारको दोस्रो कृत्य स्वयम्बर विधान हो । यो भनेको केटाकेटी आफैँले वर र वधू चुन्ने क्रिया हो । सत्य युगमा माता लक्ष्मीले विष्णुको स्वयंवर गरेकी थिइन् । त्रेतायुगमा सीताबाट रामको स्वयंवर भएको थियो । द्वापर युगमा रुक्मिणिले कृष्णको स्वयंवर गरेकी थिइन् । कलियुगमा सबैले त्यसैलाई पछ्याउँदै आएका छन् । स्वयंवरको माला आदानप्रदान गरिरहँदा उनीहरूले देवीदेवता, ऋषिमुनिहरू र इष्टमित्र साक्षी राखी आफू दुई पतिपत्नीको रूपमा एउटै बनेको कुराको सपथसमेत खाइरहेका हुन्छन् ।  

Vianet communication

विवाह संस्कारको तेस्रो कृत्यमा वरणीको विधान पर्छ । यो भनेको छोरी दिएर पठाउनृुपूर्व कन्यपक्षबाट वरको सम्मान  खातिर गरिने संस्कार हो । चौथो कृत्यमा कन्यादानको विधान पर्छ । यसलार्ई कन्या हस्तान्तरण भन्न पनि सकिन्छ र यस शब्दले केटा हस्तान्तरण शब्दलाई पनि लिनुपर्र्ने हुन्छ । किनभने यति बेला हुने कृत्य भनेको वर वधूको एकआपसमा हस्तान्तरण नै हो । यसलाई पाणिगहण भन्ने गरिएको पनि पाइन्छ । यस शब्दले पनि यस्तै अर्थ दिरहेको हुन्छ ।  

विवाहको पाँचौँ काम हो सिन्दुर दान । यहाँ केटाले केटीको स्युँदोमा सिन्दूर हालेर जीवनभर साथ पाउने आशा गरेको हुन्छ भने केटीले पूरा जीवन सुख–दुःखमा साथ दिने आश्वासन दिरहेकी हुन्छिन् । 

यसपछि आउँछ सप्तपदी वा लाजा होम, जसलाई छैटौँ कृत्यको रूपमा लिन सकिन्छ । यति बेला कन्या अगाडि र वर पछाडि बसेर विवाहमण्डप घुम्ने काम गर्छन्, जसलाई सात फेरो लगाउनु पनि भन्ने गरिएको छ । सप्तपदी कार्यमा लावा हवन गर्ने गरिन्छ । यो भनेको विकसित वा खिलेको वा प्रशन्नताको प्रतीक हो । यस कृत्यमार्फत् वरवधूले आफ्नो जीवन सँधैभरी यसैगरी फलोस्–फुलोस भन्ने कामना गरिहेका हुन्छन्  । 

यति बेला वरले सदा सौभाग्यवती र मङगल दायिनी बनेर मेरो दुःख र सुखमा साथ दिने छ्यौं भन्ने कामना गरेको हुन्छ भने वधूले तिमीले एक पाइलो अघि बढ्दा म दुइपाइलो अघि बढेर साथ दिन पुगेकी हुन्छु भन्दै मैले यी साता पाइला अघि सारेकी छु यिनैले तिमीलाई ऐश्वर्यशाली बनाइदिने छु भन्नसमेत भ्याइरहेकी हुन्छिन् । 

अगाडि गएर चतुर्थी कृत्यसमेत गर्नुपर्ने हुन्छ । विवाह संस्कारमा गर्नुपर्ने यो अन्तिम संस्कार हो  । यतिबेला वरवधूले वैदिक मन्त्रद्वारा आफूहरूले हाड, मासु, छाला र प्राणलाई एउटै बनाएका छौँ भनिरहेका हुन्छन् । त्यसैले यसरी बाँधिएको दाम्पत्य जीवनको साङ्गो दैवीविपत्तिबाहेक सितिमिति टुटेको उदाहरण छैन । अपवादमा केही भए छुट्टै कुरो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x