×

NMB BANK
NIC ASIA

प्रचण्ड र ओलीसँग माधव नेपालले गरे सहकार्यको प्रस्ताव

काठमाडाैं | फागुन ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश विकासको खाका बनाउन सहकार्यको प्रस्ताव गरेका छन् ।

Muktinath Bank

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देश विकासको प्रस्ताव गरेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाजवादी इन्जिनियरिङ एसोसियसन, मधेश प्रदेश समितिले सोमवार जनकपुरमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले देश विकासको मार्गचित्र बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष ओलीसँग देश विकासको मार्गचित्र बनाउन प्रस्ताव गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘नेपालमा कति वटा हवाई मैदान चाहिन्छ ? कहाँ के गर्नुपर्छ भन्ने कुराको सामरिक दृष्टिकोणको अभाव छ । मैले हिजो केपी ओलीजीलाई पनि भनेको थिएँ, म प्रधानमन्त्री हुँदा पनि मैले सोचेको थिएँ । प्रचण्डजीलाई पनि पटकपटक भन्ने गरेको छु । हामी बसौं । अनुभव भएकाहरू बसौं । अनुभव भएका व्यक्ति, नेता, मन्त्रीहरू । विज्ञहरू सबै बसौं । यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्ने बारेमा छलफल गरौं । देश विकासको मार्गचित्र बनाऔँ हामी’, नेता नेपालले भने । 

Vianet communication
Laxmi Bank

नेकपा एमाले विभाजन भएपछि नेता नेपालले पहिलो पटक ओलीसँग कुनै विषयमा सहकार्यको प्रस्ताव राखेका हुन् । नेकपा कालदेखि नै दुई नेताबीच कटुतापूर्ण सम्बन्ध छ । उनीहरुले एक अर्काको विरुद्ध बोले पनि सहकार्यको प्रस्ताव राखेको बाहिर आएको थिएन । 

नेता नेपालले ओलीसँग सो प्रस्ताव कुन मितिमा राखेको भन्नेबारे भने केही खुलाएनन् । प्रचण्ड र नेपाल अहिले सत्ता गठबन्धनमा छन् भने एमाले प्रतिपक्षमा पुगेको छ ।​

तीन वर्ष अघि नेकपा विभाजन भएपछि तीन कित्तामा पुगेका कम्युनिस्ट पार्टीबीच पुनः एकताको लागि तेस्रो तहका नेताहरूबीच गृहकार्य चलिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x