×

सम्पादकीय

फेरि गर्नु नपरोस् मेलम्चीको उद्घाटन

काठमाडाैं | माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ ।

Laxmi Bank

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १ गते पानी वितरणको उद्घाटन गरे । 


Advertisment

मेलम्ची पानी उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित र दिगो खानेपानी सेवा उपलब्ध गराउने आश्वासन दिए । 


Advertisment

उपत्यकाको जनसंख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभाष समाधान गर्नुपर्ने उनले बताए । 

२०७७ चैत्र २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको उद्घाटन गरेकी थिइन् ।

उद्घाटनको तीन महिना नपुग्दै मेलम्ची नदीमा आएको बाढीले संरचना बगाइदिएपछि झण्डै साढे २ वर्ष मेलम्ची अन्योलमा पर्‍यो ।

त्यसपछि तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले २०७९ सालमा पानी वितरण कार्यको उद्घाटन गरे । 

सरकार फेरिएपिच्छे मेलम्चीको उद्घाटन हुने गरेको छ, तर पानी वितरण भरपर्दो भएको छैन ।

सोमवार प्रचण्डले पाँचौंपटक मेलम्ची उद्घाटन गरेको विषयलाई लिएर काठमाडौंका मेयर बालेन्द्र शाहले कटाक्षपूर्ण टिप्पणी गरेका छन्, ‘हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकीर्तिमान कायम गरेर ।’

स्व. गणेशमान सिंहसहितको परामर्शमा सन्तनेता कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको अवधारणा ल्याएका थिए । 

मेलम्चीको पानीले तिर्खा मेट्ने प्रतीक्षा गर्दागर्दै काठमाडौंको एउटा पुस्ता प्रौढ बन्यो, तर तिर्खा मेटिएको छैन । विकासको विद्रूप नमूना बनेको यही आयोजनालाई राजनीतिक दलका नेताले लैनो गाई बनाएर दोहन गरे । प्रधानमन्त्रीहरूले यही आयोजनाका महंगा गाडी चढे । 

राजधानी शहरका लागि न्यूनतम् पूर्वाधारको रूपमा रहेको खानेपानी आयोजना उद्घाटन गरेको भन्दै राजनीतिक जस र श्रेय लिने काम मात्र हुँदै आएको छ । भविष्यमा फेरि मेलम्ची उद्घाटन गर्ने कलाविहीन नाटक कसैले नगरोस् ।

NLIC
पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

साउन ७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ सांसदको समर्थनसहित विश्वासको मत जितेका छन् । आइतवार प्रतिनिधिसभा बैठकमा उपस्थित २६३ मध्ये १८८ सांसदले ओलीको पक्षमा मतदान गरे ।  संसद्मा दुईतिहाइ बह...

असोज १५, २०८१

मनसुन सकिनै लाग्दा मध्यअसोजमा भएको भीषण वर्षापछि बाढीपहिरोले देशमा विपत्ति मच्चायो ।  बाढीपहिरोका कारण असोज १५ गते मंगलबारसम्म २ सय बढीको मृत्यु भइसकेको छ । धनजनमा पुगेको क्षतिको यकिन विवरण अझै आइस...

साउन २४, २०८१

काभा नेसन्स कप भलिबल प्रतियोगितामा देखाएको उत्कृष्ट प्रदर्शनले नेपालमा महिला भलिबलको सम्भावना उजागर भएको छ । सशक्त टोली भारतसँग ३–२ को सेटमा पराजित भएपनि नेपालको खेल सम्झनलायक थियो । उपाधि जित्न नसक...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x