जेठ २९, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा आज जेनेभा प्रस्थान गरेसँगै उनको अनु...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा काम गरे युरोपको आकाशमा नेपाली हवाईले उडान पाउने उल्लेख गरेको छ ।
पछिल्लो १० वर्षदेखि ईयूले नेपाली कम्पनीलाई युरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाएको छ । हवाई सुरक्षामा लापरबाही गर्ने गरेको आरोपमा नेपाली वायु यानलाई ईयूले कालोसूचीमा राखेको हो । क्यान नेतृत्वले पछिल्लो समय ईयूको कालोसूचीबाट हटाउन कोसिस गरिरहेको छ । त्यसैको फलस्वरुप ईयू सकारात्मक देखिएको हो । ईयूले वर्तमान क्यान नेतृत्व र जनशक्तिलाई प्रशंसा समेत गरेको छ ।
युरोपियन आयोगले २०२२को अक्टोबरमा नेपालमा अध्ययन गर्न एउटा मिसन पठाएको थियो । उसले नेपालमा तीन दिन बसेर समग्र हवाई सुरक्षा प्रणालीबारे एउटा प्रतिवेदन तयार गरेको थियो । त्यो प्रतिवेदनमा नेपालको हवाई सुरक्षा, निरीक्षण गर्ने निकाय र अपरेटरहरूमा सुरक्षा चेत बढ्दै गएको उल्लेख गरिएको छ । प्रतिवेदनको आधारमा २०२३ को फेब्रुअरीपछि नेपाल कालोसूचीबाट हट्ने अपेक्षा गरिए पनि पोखरामा भएको यतीको हवाई दुर्घटनापछि तत्काल सम्भव हुन सकेन । र, यहीबिचमा सोही मिसन सेप्टेम्बर २०२३ मा नेपाल आएर पाँच दिन एसिस्टमेन्ट सकेर गएको थियो । सोही प्रतिवेदन तथा अन्य मूल्याङ्कनका आधारमा ईयूले क्यानलाई पत्र लेखेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार जानकारी दिए ।
पत्रमा वर्तमान क्यान नेतृत्व तथा क्यानको सम्पूर्ण कार्यशैलीप्रति ईयु सकारात्मक देखिएको उल्लेख गरिएको छ । ‘हाम्रो नेतृत्वमा ईयू खुसी देखिएको छ । यो हाम्रो उपलब्धि हो । नेपालको राजनीतिक नेतृत्व र सरकारले क्यानलाई सहयोग गर्ने हो भने छिट्टै कालोसूचीबाट हट्छ,’ पत्रमा आफ्नो भूमिकाको प्रशंसा गरिएको भन्दै महानिर्देशक अधिकारीले भने,‘त्यसका लागि सरकारले र राजनीतिक वृत्तले सहयोग गर्नुपर्छ भन्ने उल्लेख गरिएको छ ।’
पत्रमा वर्तमान महानिर्देशकले सुरक्षा प्रोटोकललाई कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको भन्दै सबै निकायले सहयोग गर्न आवश्यक रहेको बताइएको छ ।
‘हाम्रो समग्र संरचना, कानुनी प्रबन्ध, संस्थाप्रति ईयू कृतज्ञ देखिन्छ’ महानिर्देशक अधिकारीले भने,‘सबै पक्षको साथ पाइयो भने छिट्टै नेपाली हवाईयानले युरोपको आकाशमा उडान भर्नेछन् ।’
राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा आज जेनेभा प्रस्थान गरेसँगै उनको अनु...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले नेदरल्याण्डको दोस्रो विकेट लिएको छ । दीपेन्द्र सिंह ऐरीले नेपाललाई दोस्रोे सफलता दिलाएका हुन् । उनले विक्रमजित सिंहलाई आउट गरे । यसअघि...
नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य चयन भएका छन् । एमाले दाङको १४औं अधिवेशनबाट आचार्यसहित सिंगो जिल्ला कमिटी निर्विरोध चयन गरिएको हो । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा ...
अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याड्सलाई १०७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो । नेप...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा ल...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...