कात्तिक २५, २०८०
एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । कात्तिक २३ गते सम्पन्न बैंकको ३६० औं सञ्चालक समितिको बैठकले वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो । साथै उनले कात्तिक २४ गते ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ ।
निक्षेपमा उच्च ब्याजदर, कर्पोरेट क्रेडिट कार्ड तथा विनाधितो १५ लाखसम्मको तलब कर्जा उपलब्ध हुने भएकाले पनि 'प्रिमियम सुपर तलब खाता'मा आकर्षण रहेको एनएमबि बैंकले जनाएको छ ।
यसका अलावा उक्त खातामा बैंकले बिमा सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
प्रिमियम सुपर तलब खातावालाले १० लाखसम्मको दुर्घटना बिमा, घातक रोगमा ७ लाखसम्मको बिमा तथा १ लाखसम्मको स्वास्थ्योपचार बिमा सुविधा पाउने छन् ।
प्रिमियम सुपर तलब खातासँगै ऐच्छिकरूपमा रिकरिङ डिपोजिट (क्रमिक बचत) र सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (व्यवस्थित लगानी योजना) पनि उपलब्ध हुन्छ । निश्चित अवधि तोकेर गरिने क्रमिक बचतपछि अन्तिममा एकमुस्ट लाभ लिन सकिन्छ, सोही कारण 'रिकरिङ डिपोजिट' लोकप्रिय छ ।
यसका अलावा लगानी गर्न चाहने तर अनुभवको कमी भएकाहरूले बैंकको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान सदुपयोग गर्न सक्छन्, जसमा खातावालाको स्वीकृतिमा निश्चित रकम शेयर बजारसहितका क्षेत्रमा लगानी गरी उचित लाभ उपलब्ध हुने सुविधा प्राप्त हुन्छ । यसअन्तर्गत लगानी व्यवस्थापनको काम एनएमबि बैंकको भगिनी संस्था एनएमबि क्यापिटलले गर्छ ।
यस खातामा व्यक्ति र संस्थाले छुट्टा-छुट्टै लाभ लिन सक्छन् । संस्थाका लागि निक्षेपमा उच्च ब्याजदर, कर्पोरेट क्यूआर, कर्पोरेट इन्टरनेट बैंकिङ, कर्पोरेट क्रेडिट कार्डलगायतका सुविधा उपलब्ध छ ।
व्यक्तिको हकमा बिमा र विनाधितो कर्जाका अलावा फ्री एबीबीएस (एनी ब्रान्च बैंकिङ सिस्टम), पहिलो वर्षका लागि इन्टरनेट र मोबाइल बैंकिङ तथा पहिलो वर्षका लागि एनएमबि डिलाइट डेबिड कार्ड फ्रीमा उपलब्ध हुने बैंकले जनाएको छ ।
हेर्नुहोस्,सुविधाहरूको पूर्ण विवरण:
'विभिन्न संघ/संस्थामा आबद्ध कर्मचारीहरूको पेरोल व्यवस्थापनका लागि यो खाता सञ्चालनमा ल्याइएको हो,' एनएमबि बैंकका नायब कार्यकारी अधिकृत सुदेश उपाध्यायले लोकान्तरसँग भने, 'यसले कर्पोरेट लेभल र कर्मचारी दुवैलाई वित्तीय लाभ उपलब्ध गराउनेछ ।'
सन् २०२१ मा बैंक अफ दी इयर एसिया तथा सन् २०१७, २०१८, २०२० र २०२१ म बैंक अफ दी इयर, नेपाल समेत भएको हो । एनएमबि बैंक नियमित वित्तीय करोबारका अलावा आर्थिक र सामाजिक उत्तरदायित्वका अन्य कार्य समेत गर्दै निरन्तर प्रगतिको पथमा अघि बढिरहेको छ ।
बेलायतको फाइनान्सियल टाइम्सअन्तर्गत दी बैंकर म्यागेजिनले छनोट तथा अवार्ड गर्दै आएको बैंक अफ दी इयर एसिया अवार्ड पाउने नेपालकै पहिलो बैंक समेत एनएमबि हो । यस बैंकले देशभरिमा २०१ शाखा, १५८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । कात्तिक २३ गते सम्पन्न बैंकको ३६० औं सञ्चालक समितिको बैठकले वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो । साथै उनले कात्तिक २४ गते ...
मर्यादित व्यवसाय र प्रविधिमा सहकारीको मान्यता आधारित भएर क्रियाशील मनिप्लान्ट सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ लिमिटेडको १४ औं साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ। साधारणसभामा...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा बुधवार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...