मंसिर २, २०८०
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
चलचित्र ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् ।
यम शेर्पाको निर्देशनमा बन्न लागेको चलचित्रमा यसअघि मुख्य कलाकारका रूपमा अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, चलचित्रमा नायिकाको रुपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् ।
शिल्पा पनि भित्रिएपछि ३ जना नायिकाहरूले चलचित्रमा काम गर्ने पक्का भएको छ ।
यस चलचित्रमा शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा भएको निर्देशक शेर्पाले जानकारी दिए । शेर्पाको यो डेब्यू निर्देशकीय चलचित्र हो । चलचित्रमा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा चलचित्रको निर्देशन गरिसकेका छन् ।
‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । यो चलचित्र यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको हो ।
पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निर्माण पक्षले बताएको छ ।
चलचित्रको ओभरसिज राइट्स छायाकंन अगावै बिक्री पनि भइसकेको छ । यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ ।
चलचित्रको देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ शुक्रवारबाट दोस्रो सातामा प्रवेश गरेको छ । निश्चल बस्नेत निर्देशित चलचित्रले हलमा दर्शकको राम्रो साथ पाइरहेको छ ।&n...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’सेन्सर पास भएको छ । फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट (सेन्सर बोर्ड)बाट युनिभर्सस सर्टिफिकेट पाएको छ । योसँगै फिल्म हरेक उमेरका दर्शकले ...
जाजरकोटलाई केन्द्रविन्दु बनाएको गएको भूकम्पमा परेर १ सय ५३ जनाले ज्यान गुमाए । २ सय जनाभन्दा बढी घाइते भए । थुप्रै परिवार प्रभावित भएका छन् । भूकम्पबाट प्रभावितका लागि थुप्रैतिरबाट राहतको घोषणा एवं वितरण ...
पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानले स्वर दिएको पहिलो फिल्मी गीत सार्वजनिक भएको छ । ८ सय हाराहारी गीतमा स्वर दिइसकेकी एलिनाले रेखा थापाको फिल्म ‘उपहार’मार्फत पाश्र्व गायनमा डेब्यु ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...