कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
काठमाडाैं | मंसिर ४, २०८०
भारतीय उद्धारकर्मीहरूले नौ दिनदेखि सुरुङमा फसेका ४१ मानिसलाई निकाल्न सङ्घर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उनीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन् ।
सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।
इन्जिनियहरूले भग्नावशेषबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सोरूपमा लैजाने प्रयास गरिरहेका छन् । उक्त चौडाइको पाइपबाट फसेका कामदारलाई बाहिर निकाल्न सहज हुनेछ तर अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो । उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेको छ ।
उत्तराखण्डको ठूलो भाग पहिरोको जोखिममा रहेको भन्दै विज्ञहरूले उक्त राज्यमा व्यापक निर्माणको असरका बारेमा चेतावनी दिएका छन् ।
'हरम्भव प्रयास भइरहेको छ,' उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सोमबार एक विज्ञप्तिमा भनेका छन्, 'सुरुङभित्र फसेका कामदार सुरक्षित छन् ।' उनले सङ्कटका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको जानकारी दिए ।
वरिष्ठ स्थानीय निजामती कर्मचारी अभिषेक रुहेलाले नयाँ ड्रिलिङ साइटसम्मको ट्र्याक तीन–चौथाइ बनाइएको जानकारी दिए । 'सुरुङमाथि ड्रिलिङको काम भइरहेको छ, एक हजार दुई सय मिटर लामो सुरुङमध्ये नौ सय मिटरसम्म काम भइसकेको छ ।'
सुरुङमा फसेका कामदारहरूसँग उद्धारकर्मीहरूले रेडियोमार्फत कुराकानी गरेका छन् । साथै उनीहरूले खाना, पानी, अक्सिजन र औषधि पनि साँघुरो पाइपबाट पठाइरहेका छन् । कामदारहरूलाई ठूलो प्याकेटमा खाना पठाउने योजनासमेत बनाइएको छ ।
सुरुङको मुखमा रहेको स्थानीय देवता बौखनागको मूल मन्दिर निर्माणका क्रममा सारिएको भन्दै गाउँलेहरूले हिन्दू मन्दिर स्थापना गरेका छन् । उनीहरूले सुरुङको मुखमा रहेको मन्दिर भत्किएका कारण सुरुङ भत्किएको दोष दिएका छन् ।
उक्त सुरुङ प्रधानमन्त्री मोदीको सडक परियोजनाको एउटा भाग हो । उक्त परियोजनाको उद्देश्य केही प्रसिद्ध तीर्थस्थल र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् । “यूएनआरडब्लूएका अभिभावक...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
मस्को– रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ । सेप्टेम्बर र अक्टोबरमा तेल र तेल उत्पादनको निर्यातमा गरिएको...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...