मंसिर ३, २०८०
गत चुनावबाट बालेन साह, रवि लामिछाने र हर्क साम्पाङहरूको उदयपछि परम्परागत दलसामु देखिएको चुनौती टरेको छैन । यही बेला अर्का एक व्यवसायीले पनि दलहरूसामु चुनौती खडा गर्ने गरी अभियान थालेका छन् । २०६४ सालयत...
यसअघि पनि थुप्रैपटक दशैंतिहार र छठपछि केही न केही राजनीतिक उथलपुथल भएको इतिहास छ । यसै मेसोमा यसपटक पनि चाडबाडपछि अहिलेको सत्ता समीकरण फेरिनेसम्मको चर्चा भएको थियो । तर, चाडबाड अगाडि आकलन गरिएजस्तो परिस्थिति अहिले देखिएको छैन ।
मुख्यगरी कांग्रेस हाराहारीको दल भएर पनि नेकपा एमाले प्रतिपक्षमा बसिरहेको छ । यतिमात्रै होइन, माओवादीसँग मिलेर बल्ल बनाएको केन्द्रीय समीकरण कांग्रेसले भत्काएपछि एमाले थप क्रुद्ध बन्न पुगेको थियो । केन्द्रपछि प्रदेशको सत्ताबाट हात निकाल्नु परेपछि एमालेमाथि अर्को दबाब पर्न पुग्यो ।
यसैले कांग्रेसकै असन्तुष्ट पक्ष वा सत्ता गठबन्धनका असन्तुष्ट दललाई विश्वासमा लिने रणनीतिमा एमाले लागेको छ, तर सफल भइरहेको छैन ।
एमाले कोशीमा कांग्रेसको विद्रोही पक्षलाई समर्थन गरेर बाँकी प्रदेश र केन्द्रमा समेत उथलपुथल ल्याउन चाहन्थ्यो । तर, सत्तारुढ दलका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कमजोरीलाई शुरूबाटै केलाएर अगाडि बढ्ने संकल्प लिए जसले कोशीमा एमाले आफैं सत्ताबाट बाहिरिनुपर्ने स्थितिमा पुग्यो । परिणाम, कांग्रेसको विद्रोहले संस्थागत रूप धारण गर्न पाएन ।
कांग्रेसमा पनि संस्थापनविरुद्ध डा. शेखर कोइरालाले आफ्नो प्रभाव देखाउनकै लागि पनि
एमालेले सहजै सरकार परिवर्तनको कुनै सम्भावना देखेको छैन । तर, पनि गठबन्धनमा कतिखेर भाँडभैलो आउला भनी कुरेर भने बसेको छ । साथै, गठबन्धनभित्र झन् ठूलो विग्रह आओस् र सत्ता राजनीतिमा आफ्नो खोजी होस् भन्ने एमालेले चाहेको छ । यसैले सरकारले डेलिभरी दिन नसकेको तथा आर्थिक मन्दीलाई पार लगाउन नसकेको जस्ता इश्यू उठाएको छ ।
एमाले नेता प्रदीप ज्ञवाली एमालेले चाहेर मात्रै सरकार बदल्ने तत्कालको समीकरण नभएको बताए । तर, कैयौं एजेन्डामा सरकारको गति र बाटो उचित नभएको उनले बताए ।
‘तत्काल नै सरकारको समीकरण बदलिहाल्ने स्थिति हामीसँग छैन । समस्याका रूपमा देखिएका एजेन्डा ठीक ढंगले समाधान भएनन् भने सरकार बदलेर मात्रै पनि हुँदैन,’ ज्ञवाली भन्छन्, ‘कांग्रेसले अहिलेकै कुरालाई आनन्द मान्दासम्म सरकार परिवर्तन हुँदैन । तर, देशको अवस्था बिग्रँदै गएकोमा प्रतिपक्षीका रूपमा हामीलाई ज्यादा चिन्ता छ ।’
कमजोर अर्थतन्त्र, डेलिभरी दिन नसक्दा नागरिकको निराशा र दक्षिणपन्थीले परिवर्तनविरुद्ध गरिरहेको घेराबन्दीको प्रयासलाई तोड्न सरकार असफल भएको उनी बताउँछन् ।
‘हामीलाई सरकारमा पुग्नुपर्छ भन्ने चिन्ता होइन, तर सरकारले नागरिकलाई डेलिभरी नदिने, अर्थतन्त्र डामाडोल भइरहने, समाजमा सद्भाव बिथोलिने र परिवर्तनका मुद्दाप्रति दक्षिणपन्थीले प्रश्न उठाउने तथा घेराबन्दी गर्ने प्रयास हुनु चिन्ताका विषय हुन्,’ ज्ञवाली भन्छन्, ‘यी सबैको असर व्यवस्थामाथि नै प्रहार गर्न खोज्दा सरकार इमानदार र जनताप्रति जवाफदेही हुन सकेन, त्यसैले समस्या आयो ।’
सरकारले देशलाई दिशा दिँदै नागरिकको भरोसा जित्नुको साटो सुशासनको नाममा कुशासन गरेको आरोप उनको छ । ‘एकातिर विकास निर्माण ठप्प छ, अर्कातिर सरकार सुशासन भन्छ, तर आफ्नो नेता भ्रष्टाचारमा मुछिँदा सामान्य सोधपुछको औपचारिकता पूरा गर्न पनि आवश्यक ठान्दैन,’ ज्ञवाली भन्छन्, ‘गम्भीर मुद्दा लागेका आफ्नालाई जोगाउँदै सस्तो प्रचार मात्र गरिएकोमा हाम्रो चिन्ता छ ।’
बरु परिवर्तनका मुद्दाप्रति प्रश्न उठाउने प्रयास भएको भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक गरी दलहरूलाई एक ठाउँमा उभ्याउने प्रयास गरेका छन् ।
‘हिजोका सामन्ती राजाको स्तुतिगान गाउने तथा भण्डारखाल, कोतपर्व त कहिले नारायणहिटी काण्ड देखेको होइन ? आज तिनै मान्छे संस्कारको कुरा गर्छन् । लोकतन्त्रवादी र परिवर्तनगामीलाई संस्कारको कुरा गर्ने ? लोकतान्त्रिक प्रणालीविरुद्ध धावा बोल्ने ? हिलो छ्याप्ने र बोल्ने काम गरे सह्य हुँदैन,’ प्रचण्डले भने शुक्रबार तनहुँको आँबुखैरेनी पुगेर भने, ‘यसैले परिवर्तनका पक्षधर दललाई सिंहदरबार बोलाएर छाडातन्त्रलाई टुलुटुलु हरेर बस्ने कि लड्ने भन्दा सबै दलका नेताले एक स्वरमा लोकतन्त्र, गणतन्त्र र संघीयताका निम्ति सडकमा जान्छौं भन्नुभयो । अरूले त भने भने, प्रमुख प्रतिपक्षी दलका नेता पनि सडकमा जान्छु भन्नुभयो ।’
के सत्ता गठबन्धनमा दूरी बढेको छ ?
आफ्नो अनुकूल नभएको सरकार राख्ने पक्षमा एमाले नभएको साँचो हो । तर, सरकार र गठबन्धनमा समस्या आउने गरी कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच सम्बन्ध बिग्रिनसकेको कांग्रेस नेता नैनसिंह महर बताउँछन् ।
‘अहिले सत्ता गठबन्धन सामान्य हिसाबले बनेको होइन, दुवै पक्षका गल्ती र कमजोरीको स्वीकारोक्तिपछि बनेको हो । यसैले हाम्रो सभापति र प्रधानमन्त्रीबीच तितक्ता नभएसम्म यो गठबन्धन र सरकार दायाँबायाँ हुन्न,’ महर भन्छन्, ‘दुवै नेता अहिलेसम्म एक ठाउँमा देखिनुभएको छ । केही समस्या आउन थाले पनि आपसमा सहमति गरेर मिलाएको देखिन्छ ।’
बरु यसअघिदेखि गृहमन्त्रीलाई हटाउन खोजे पनि त्यो प्रयास पनि सफल नभएको महर बताउँछन् ।
‘गठबन्धन भत्काउने र सरकार फेरबदल गर्ने केही दल र पार्टीभित्रकै असन्तुष्ट नेताहरूको चासोको विषय हुन सक्छ, तर सरकार तत्काल दायाँबायाँ हुनेजस्तो देखिएको छैन,’ महर भन्छन्, ‘केहीले गृहमन्त्रीलाई हटाउन खोजेका थिए, तर त्यो पनि सम्भव भइरहेको छैन ।’
‘गृहमन्त्रीले सुशासनको पक्षमा एकपछि अर्को प्रभावकारी कदम चालेकाले उनलाई हटाएर अर्कोलाई ल्याउने जोखिम प्रधानमन्त्रीले मोलिरहनुभएको छैन,’ महरले थपे ।
गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादीबीच फाटो नआएसम्म जसपा, जनमत वा नेकपा एस असन्तुष्ट भए पनि अप्ठ्यारो नपर्ने बुझाइमा दलहरू देखिन्छन् ।
ढुक्क प्रधानमन्त्री– ‘यो गठबन्धन पाँचै वर्ष जान्छ’
प्रधानमन्त्री प्रचण्डले त यो गठबन्धन पाँचै वर्ष जाने दाबी गरेका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिकामा अस्पताल उद्घाटन गर्दै प्रचण्डले १ महिना पनि जाँदैन भनेको सरकार ११ महिना चलाएको बताए । सुशासन मुख्य प्राथमिकता रहेको भन्दै उनले अझै राम्रो काम गर्दा जनताले सरकारलाई थप रुचाउने दाबी पनि गरे ।
‘यो गठबन्धन पाँचै वर्ष जान्छ, कसैले हल्लाएर हल्लिँदैन । मान्छेले हल्ला गरेजस्तो गठबन्धन कमजोर छैन । गठबन्धनभित्र युनिटी धेरै बलियो छ । राम्रो गर्ने हो, राम्रो गर्दा छाड्नुपरे जनताको घरदैलोमा जाने हो । मैले प्रधानमन्त्री बन्दा पनि यही भनेको थिएँ । भारतमा अटल बिहारी बाजपेयी सबैभन्दा कम १३ दिन प्रधानमन्त्री भएका रहेछन् । कोही कोही १५ दिन पनि भएका छन्,’ सरकारको भविष्यबारे उनले भने, ‘साथीहरूले एक महिनाभन्दा धेरै जाँदैन भन्थे । मैले एक महिना भए पनि राम्रो काम गर्छु भनेको थिएँ । गर्दै गइयो, ११ महिना भइसक्यो, बाँचिएकै छ । अझै सुशासनको पक्षमा काम गर्छु ।’
देउवा र बाह्य शक्तिहरूसँग पनि राम्रो सम्बन्ध भएका एक नेता केही मन्त्रीमाथि असन्तुष्टि भए पनि सरकार नै परिवर्तन गर्नेसम्मको तयारीमा मुख्य नेताहरू नभएको बताउँछन् ।
‘अर्थमन्त्रीलगायत केहीलाई हटाउनुपर्छ भन्ने माग कांग्रेसदेखि माओवादीसम्मै छ,’ ती नेता भन्छन् ।
कांग्रेसका ती नेताले थपे, ‘अहिले मन्त्रीहरूलाई पनि नचलाऔं, गठबन्धनको भावनाअनुसार थप ६/८ महिना यही सरकारलाई निरन्तर जान दिऊँ अनि फेरौंला भन्ने धेरैको बुझाइ छ । एक वर्ष पनि नपुगी प्रधानमन्त्री फेर्ने कसरतले केन्द्र र प्रदेशमा बेहोर्नुपर्ने झमेलाबारे प्रधानमन्त्री र सभापति दुवै जानकार हुनुहुन्छ ।’
गत चुनावबाट बालेन साह, रवि लामिछाने र हर्क साम्पाङहरूको उदयपछि परम्परागत दलसामु देखिएको चुनौती टरेको छैन । यही बेला अर्का एक व्यवसायीले पनि दलहरूसामु चुनौती खडा गर्ने गरी अभियान थालेका छन् । २०६४ सालयत...
एक महिना अघि कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका विद्रोही नेता केदार कार्की मुख्यमन्त्री बने । उनले विश्वासको मत पनि लिइसकेका छन् । तर उनले समयमा सरकार विस्तार गर्न सकेका छैनन् । एमालेको द...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि नेपाली समाजमा यसको पक्ष र विपक्षलाई लिएर बहस भइरहेको छ । कतिले टिकटकले सामाजिक सद्भाव र एकतामा खलल पुर्याएको भन्ने स...
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ’ अभियानका नाममा भोलि (मंसिर ७ गते) मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्न लागेको कार्यक्रमलाई लिएर राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्...
मंगलवार सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकको एजेण्डालाई लिएर अहिले चौतर्फी बहस भइरहेको छ । ‘१२ बुँदे सम्झौता पक्षीय’ नेताहरूको निर्णय र निष्कर्ष थियो, ‘गणतन्त्रमाथि भएको प्रहारवि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...