×

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश

काठमाडाैं | कात्तिक ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ ।

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । 


Advertisment
RMC TANSEN
shivam ISLAND

कार्यक्रममा १५० जनाले रक्तदान गरेका बैंकले जनाएको छ ।


Advertisment

नेपालको पहिलो बैंकलाई आधुनिक, सफल र नेतृत्वदायी बैंकको रुपमा यस अवस्थासम्म पुर्‍याउन साथ, सहयोग, समन्वय गर्ने सम्पूर्णमा बैंकले कृतज्ञता व्यक्त गरेको छ ।

Vianet communication
Laxmi Bank

नेपाल बैंक लिमिटेडको इतिहास

नेपालमा बैंकिङ प्रणालीको शुरूवात र विकासको हिसाबले यो बैंक आजको बैंकिङ क्षेत्रमा आएको क्रान्तिको जग हो । वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकको तत्कालीन राजा त्रिभुवन वीरविक्रम शाहले गरेका उद्घाटन गरेका थिए । 

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले शुरू गरेको यस बैंकको चुक्ता पूँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।

आफ्नो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि.सं २०१२ सम्म देशको केन्द्रीय बैंकको रुपमा समेत कार्य गरी नेपालको बैंकिङ क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गरिसकेको छ ।​

बैंकको भूमिका

नेपाल बैंक नेपाली माटो र हरेक नेपाली जनसँग प्रगाढ सम्बन्ध गासिएको बैंक हो । बालक, युवा, प्रौढ हुँदै जेष्ठ नागरिक सबैको रोजाइको बैंक बन्न सफल बनेको छ । 

सरकारी स्वामित्व रहेको कारणले पनि नाफा मात्र नभई उच्च सेवा भाव यस बैंकको मुख्य ध्येय हो ।

वर्तमान अवस्था

हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी बाह्य श्रोतसमेत करिब ३६०० कर्मचारीमार्फत आधुनिक बैंकिङ सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको नेपाल बैंकले २ सय २८ शाखामार्फत कारोबार, २ सय ४ वटा एटीएम तथा ५८ वटा एक्सटेन्सन काउण्टर मार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ ।​

बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन पनि सफल भएको छ ।​

बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् भने हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ । 

८७ वर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट शुरू भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड छ । वि.सं. २०८० असार मसान्तसम्म २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ । 

प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने पूँजी पर्याप्तता अनुपात १४ दशमलव  ४९ प्रतिशत र ३६ अर्ब ५८ करोड भन्दा बढि नेटवर्थ रहेको छ ।

प्रशस्त अचल सम्पत्ति, निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको कम उतार/चढाव, खराब कर्जा व्यवस्थापन लगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ ।

बैंकले विगत आ.व. २०७६/७७ देखि आफ्ना शेयरधनीहरूलाई नियमित रुपमा वोनस शेयर तथा नगद लाभांश प्रदान गर्दै आईरहेको छ ।

निक्षेप, कर्जा, तरलता तथा पूँजी पर्याप्तता लगायत बैकका अधिकांश परिसूचकहरू सबल रहेका छन् । बैंकको आधारदर प्रतिस्पर्धी रहेको छ । बैंकका अधिकांश कारोबारहरू डिजिटल माध्यम मार्फत सञ्चालन भइरहेको छ ।

ग्राहक सेवाको गुणस्तरमा कहि सम्झौता नगर्ने बैंकप्रति आम जनताको आकर्षण बढ्दै गइरहेको छ । यी सबै अवस्था र परिसूचकहरू विश्लेषण गर्दा नेपाल बैंक लिमिटेड एक अब्बल, सक्षम र नेतृत्वदायी बैंकको रुपमा स्थापित भएको छ ।

प्रतिबद्धता

सेवामा इमानदारिता र व्यावसायिकता प्रस्तुत गर्न सकियो भने दिगो प्रतिफल सम्भव छ भन्ने अटल विश्वास बैंकले स्थापित छ ।

आम नेपालीलाई सरल र सहज रुपमा अझ बढि प्रभावकारी, गुणस्तरीय, आधुनिक प्रविधिमैत्री एवं विश्वसनीय बैंकिङ सेवा प्रदान गर्ने हाम्रो अठोट छ । जस मार्फत राष्ट्रको उन्नति र  प्रगतिमा अझ धेरै  सहकार्य गर्ने र देशको आर्थिक निर्माणमा सारथी बन्ने प्रतिबद्धता बैंकको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
असोज २८, २०८०

मर्यादित व्यवसाय र प्रविधिमा सहकारीको मान्यता आधारित भएर क्रियाशील मनिप्लान्ट सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ लिमिटेडको १४ औं साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ। साधारणसभामा...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २५, २०८०

एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । कात्तिक २३ गते सम्पन्न बैंकको ३६० औं सञ्चालक समितिको बैठकले वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो । साथै उनले कात्तिक २४ गते ...

असोज ३०, २०८०

एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।​ मंगलवार सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण पारित गरेको छ । यस्तै, वासलात, नाफा नोक्सान हिस...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक १३, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमवार नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । सोमवार दुई सय ८७ कम्पनीको २८ लाख २४ ह...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x