मंसिर १०, २०८०
‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ ...
सेलरोटी बनाएर दिनकै ३० हजारमाथि व्यापार, छोरालाई बनाइन् डाक्टर
काठमाडौं महानरपालिका– १६ माछापोखरीको दाहिने कुनामा मंगलबार एकजना अधबैंसे महिलालाई सेलरोटी बनाउन भ्याइनभ्याइ थियो ।
साँझ करिब ७ बजेको समयमा मानिसहरू २० वटा, ३० वटा भन्दै सेलरोटी अर्डर गरिरहेका थिए । अधिकांश नेपाली तिहारको रमझममा भुलिरहेका बेला उनलाई भने सास फेर्ने समय पनि नमिलेको भान हुन्थ्यो ।
उनी हुन्, धादिङ ज्वालामुखी गाउँपालिका– ४ की सरस्वती दवाडी । सरस्वतीले विगत २० वर्षदेखि सेल बिक्री गर्दै आएकी रहिछन् ।
सरस्वतीसँग कुरा गर्दै गर्दा तारकेश्वर नगरपालिका– ५ गोलढुंगाकी अस्मिता थापा आइपुगिन् । उनले भाइटीकाको दिन (बुधबार)का लागि ४० वटा सेलरोटी अर्डर गरिन् ।
‘उहाँले पकाएको सेल धेरै राम्रो हुन्छ, त्यसैले लिन आएकी हुँ । पोहोर साल पनि उहाँकैबाट लगेको, परिवारले धेरै मन पराएकाले फेरि आएँ,’ थापाले भनिन् ।
बिहानैदेखि खटिएकी सरस्वतीले अर्डर अनुसार रोटी बनाउन हम्मेहम्मे परेको बताइन् ।
‘बिहान ६ बजेदेखि सेल बनाएको बनायै छु, हात दुखिसक्यो, अर्डर आएको आयै छ । अर्डर पूरा गरेर घर फर्किन रातिको १० बज्छ होला,’ सरस्वतीले लोकान्तरसँग भनिन् ।
साँझ ७ बजेसम्ममा ३० केजी चामलको पीठो सकिएको उनको भनाइ थियो । ‘बिहानदेखि एक बोरा चामलको सेल बेचेँ, अझै कति जान्छ थाहा छैन, बेलुका हिसाब गर्नुपर्छ,’ सरस्वतीले भनिन् ।
यो व्यस्ततामा उनलाई श्रीमान् कृष्ण दवाडी र छोरी प्रमिला दवाडीले पनि सघाइरहेका थिए । आमाले बनाएको सेलरोटी आफूले बिक्री गरिरहेको प्रमिलाले बताइन् ।
‘ममीले सेलरोटी बनाउनुहुन्छ, मैले बिक्री गर्न हेल्प गरेकी छु बिहानैदेखि,’ प्रमिलाले लोकान्तरसँग भनिन् ।
व्यवस्थापन संकायमा स्नातक गर्दै गरेकी प्रमिलाले अन्य समयमा पनि आफ्नो आमालाई सघाउँदै आएको बताइन् । सरस्वतीका श्रीमान् कृष्णले चामल पिसेर पीठो मोल्न सहयोग गर्दै आएका रहेछन् ।
सरस्वतीले ३ दिनदेखि माछापोखरी चोकमा सेल बनाएर बिक्री गर्दै आएको बताइन् । लक्ष्मी पूजाको दिन ३० हजार र भोलिपल्ट १२ हजारको सेलरोटी बेचेको हिसाब उनले सुनाइन् ।
‘आज ३ दिन भयो । पहिलो दिन ३० हजारको सेल बेचेकी हुँ । हिजो १२ हजारको बिक्री गरें,’ सरस्वतीले लोकान्तरसँगको कुराकानीमा भनिन् ।
मंगलबार कुरा गर्दा ३५ हजारसम्मको सेल बेच्ने उनको अपेक्षा थियो ।
चामलसहित सबै कुरा लोकल रहेकाले धेरैले मन पराउने गरेको दाबी उनले गरिन् । चामल र घिउ धादिङबाटै मगाउने गरेको उनको भनाइ थियो ।
‘हामीले धादिङको चामल प्रयोग गर्छौं र सेलमा घरकै घिउ हालेर बनाउने भएकाले कमलो हुन्छ, त्यसैले सबैलाई मन परेको हो,’ सरस्वतीले लोकान्तरसँग भनिन्, ‘बजारको चामलको सेल र मैदा मिसाएको सेल मीठो हुँदैन नि, त्यसैले मैले बनाएको सेल मन पराएको जस्तो लाग्छ ।’
आफूले २० वर्षदेखि सेलरोटी बेच्दै आएको उनको भनाइ छ । शुरूका १२ वर्ष पोखरामा बसेर व्यापार गरेकी उनले त्यसयता काठमाडौं आएर व्यापार गर्न थालेको बताइन् ।
सेलरोटी बेचेरै छोरा प्रदीप दवाडीलाई डाक्टर बनाएको उनको दाबी छ ।
‘मैले सेल बेचेरै छोरालाई डाक्टर पढाएँ, छोरीलाई बीबीएस पढाएँ,’ सरस्वतीले लोकान्तरसँग भनिन् । सेलरोटीकै कमाइबाट काठमाडौंमा घडेरी समेत जोडेकी रहिछन् ।
काम भने सजिलो नभएको उनको भनाइ छ । सेलरोटी बनाउँदा बनाउँदा हात डढेर सेतै भएको उनले देखाइन् । ‘सजिलै सेल बन्छ जस्तो लाग्छ मान्छेलाई, तर तातो तेलले पोलेर बेलुका हात दुख्छ । कहिलेकाहीँ त सुत्नै गाह्रो पार्छ नि,’ उनले भनिन् ।
‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ ...
नागरिक उड्डयन प्राधिकरणमा जागिर खानुअघि प्रदीप अधिकारी काठमाडौंका इन्जिनियरिङ कलेजहरूमा अध्यापन गराउँथे । अध्यापन गराइरहेका अधिकारीलाई एकैपटक दुइटा अवसर आए– एउटा सरकारी जागिर र अर्को विदेशमा पीएचडीक...
व्यापार व्यवसायका लागि सटरदेखि डेरा पाउन मुस्किल हुने बुटवल बजारका घरहरू अहिले खाली हुँदै गएका छन् । पाँच वर्षअघिसम्म आर्थिक, राजनैतिक र विकासको सूचकांकमा उदाहरणका रूपमा लिइने रूपन्देहीको बुटवल क्षेत्र अहिले...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पले कर्णालीका पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा ठूलै विनाश निम्त्याएको छ । भूकम्पले भत्किएका घरमा च्यापिएर १५७ जनाको मृत्यु भइसकेको छ भने त्यसभन्दा...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...