×

‘जर्नालिस्ट विदाउट टाइम लिमिटेसन’

जागिरे बन्न सजिलो, पत्रकार बन्न कठिन

काठमाडाैं | कात्तिक २८, २०८०

२०८० कात्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गयो । ल्यापटपमा केही जरुरी काम गरिरहेको थिएँ । साथी गगन अर्यालको फोन आएपछि तत्कालै समाचार अपडेट गर्न भ्याइहालें । ११ः५५ मा समाचार पोस्ट गरेर शेयर भइसकेको थियो । भेरिफाइ गर्दा केही ढिला भयो । 

१५४ जनाको मृत्यु हुने गरी गएको भूकम्पबारे त्यसपछि मात्र केही अनलाइन मिडियामा समाचार आयो । राष्ट्रिय भूकम्प प्रविधि मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले आधिकारिक सूचना दिएपछि मध्यरातमा फेरि अर्को समाचार लेखें । भोलिपल्ट शनिबारको दिन थियो, साप्ताहिक बिदा । तर विपदको समयमा पत्रकारलाई के बिदा ? यो एउटा उदाहरण मात्र हो । भूकम्पसम्बन्धी समाचार तत्काल लेखेका अरू पनि कयौं घटना छन् । 


Advertisment

२०७९ कात्तिक २२ गते मध्यराति २ बजेर १२ मिनेटको समयमा डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज आसपासलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गयो । ६ जनाको मृत्यु हुनेगरी सुदूरपश्चिमका जिल्लालाई जोडले हल्लाएको भूकम्पको झट्का भारतको राजधानी दिल्लीसम्म महसुस गरियो । काठमाडौंमा ठूलो झट्का महसुस नभएकाले त्यो भूकम्प धेरैले थाहा पाएनन्, जति दिल्लीले थाहा पायो ।


Advertisment

मंसिर ४ गतेको चुनावी रिपोर्टिङको शिलशिलामा म डडेल्धुरा जानेक्रममा त्यो दिन धनगढीको ‘रुवस होटल’मा सुतिरहेको थिएँ । चुनावी तयारीबारे निर्वाचन आयोगले बोलाएको कार्यक्रममा सहभागी हुन आएका सुदूरपश्चिमका विभिन्न जिल्लाका सीडीओ र प्रहरी प्रमुख त्यही होटलमा थिए । भूकम्पको झट्काले भवन हल्लाएपछि उनीहरूमध्येका केही होटल बाहिर निस्किए । धनगढीमा मानिसहरू घरबाहिर निस्किए । बाहिर होहल्ला शुरू भयो ।  

पत्रकारलाई भूकम्पपछि भाग्ने छुट थिएन । हत्तपत्त झोलामा रहेको ल्यापटप खोलेर २ लाइन समाचार ब्रेक गर्नतर्फ लागें । ‘सुदूरपश्चिमका जिल्लामा भूकम्पको झट्का’ विस्तृत केहीबेरमा ।

तर, पत्रकारलाई भूकम्पपछि भाग्ने छुट थिएन । हत्तपत्त झोलामा रहेको ल्यापटप खोलेर २ लाइन समाचार ब्रेक गर्नतर्फ लागें । ‘सुदूरपश्चिमका जिल्लामा भूकम्पको झट्का’ विस्तृत केहीबेरमा । राति सवा २ बजेको समयमा लेखेको समाचार एकछिनमा भाइरल भयो । नेपालमा अधिकांश सुते पनि विदेशमा बस्ने नेपाली जागाराम थिए ।

६ जनाको मृत्यु हुनेगरी गएको भूकम्पबारे अधिकांश समाचार माध्यमले बिहान ६ बजेपछि मात्र थाहा पाए । यस्तो बेला कसले समाचार पोस्ट गर्ने ? ड्युटीमा को छ ? डेस्कमा को छ ? भनेर सोच्ने या सोध्ने कुरा पनि भएन । डेस्कमा बस्नेलाई फोन गरेर समाचार टिपाउँदासम्म धेरै ढिला भइसकेको हुन्थ्यो । अपवादबाहेक अनलाइन सञ्चार माध्यम अपडेट रहने भनेको राति १२ बजेसम्म मात्र हो । 

अलि अघिको कुरा हो, २०७९ जेठ २७ गते राति २ बजेर ३६ मिनेटमा भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर भूकम्प झट्का महसुस भयो । मस्त निद्रामा रहेको बेला ललितपुरको भैंसेपाटी एरियामा जोडले बेड हल्लायो ।

भूकम्प भन्ने सेन्स गर्नासाथ नजिकै टेबलमा रहेको ल्यापटप अन गरिहालें । दुई लाइन समाचार लेखेर २ बजेर ३८ मिनेटमा मैले लोकान्तर डटकममा समाचार पोस्ट नै गरिसकेको थिए । दिउँसोको समयमा तत्कालै अपडेट भएपनि रातिको समयमा यति छिटो अपडेट गर्न धेरैले भ्याउँदैनन् । 

भूकम्प आयो कि मानिसहरू सामाजिक सञ्जाल खोलेर हेर्न आतुर हुन्छन् । यस्तो बेला समाचार पोस्ट गन मिनेटको होइन, सेकेन्डको भ्यालु हुन्छ । जसले पहिला पोस्ट गर्न सक्यो उसैको समाचार भाइरल हुने हो । यस्तो बेला कसको ड्युटी भन्ने कुरा भएन । 

गएको भदौ २६ बिहान ४ बजे एमालेका एक प्रभावशाली नेताको फोन आयो । पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको कुरा उनले सुनाउँदा त म झसंग भएँ । तै पनि त्यो लेभलको नेताले भनेपछि हत्तपत्त उठेर ल्यापटप निकालें अनि समाचार पोस्ट गरें । समाचार ब्रेक गर्ने कुरा महत्त्वपूर्ण भयो । पत्रकारको प्रमुख दायित्व जनतालाई सुसूचित गराउने हो ।

गत वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणनाको समयमा पनि पत्रकारहरूले रातभर चुनावी नतिजाको अपडेट गरे । 

यस्ता महत्त्वपूर्ण घटनामा पत्रकारले सरकारी कर्मचारीले जस्तो मेरो ड्युटी समय यति बजेदेखि यति बजेसम्म भन्ने छुट हुँदैन । 

बिहान १० बजेदेखि बिहान ४ बजेसम्मको ड्युटी !

२०७८ मंसिर १२ गते चितवनको सौराहामा नेकपा एमालेको १० औं महाधिवेशनको बन्दशत्र मध्यरातसम्म चलिरहेको थियो । पदाधिकारी चयनमा सहमति जुट्न नसक्दा दिउँसो शुरू गर्ने भनिएको बन्दशत्र मध्यरातमा मात्र शुरू भयो । बन्दसत्रमा नयाँ नेतृत्वबारे सहमति जुट्न नसकेपछि बिहान साढे ३ बजेको समयमा केपी ओलीले महाधिवेशनबाट चुनिने पदाधिकारीको सूची पढे ।

महाधिवेशनको रिपोर्टिङका लागि लोकान्तरकर्मी उद्धव थापा र गगन अर्याल सौराहमा थिए । देशकै प्रमुख राजनीतिक दलको महाधिवेशनमा नयाँ पदाधिकारी प्रस्ताव गरेको समाचार छुटाउन मिल्ने थिएन । रात्रिकालीन डेक्सका एकजना साथीलाई जागराम राखेर म पनि बसिरहेको थिएँ । राति १२ बजेसम्म पाठक पनि धेरै थिए । १२ बजेपछि क्रमशः घटे ।

अघिल्लो दिन बिहान १० बजेदेखि अपडेटमा बसेको भोलिपल्ट उज्यालो हुने बेलासम्म पूरै समय अपडेटमा रहनुपर्ने भयो । खेलाडीले मैदानमा जतिबेर खेले पनि यदि गोल गर्न चुक्यो भने खेलेको अर्थ हुँदैन । देशको प्रमुख दलको महाधिवेशनको समाचार कभर गर्ने कुरा पनि यस्तै हो । राति शुरू भएको बन्दसत्रमा बिहान उज्यालो हुने बेलामा मात्र पदाधिकारी प्रस्ताव भयो ।

रेडियो या टेलिभिजनजस्तो निश्चित आवरको समाचार बुलेटिन या अखबारको जस्तो डेटलाइन अनलाइन सञ्चार माध्यममा नहुने । ठाउँको ठाउँ अर्थात् जतिसक्दो छिटो समाचार दिनुपर्ने अनलाइनको बाध्यता हुन्छ । बिहान ३ बजेको समयमा ओलीले गरेको पदाधिकारीको प्रस्ताव र भीम रावललगायत असन्तुष्ट नेताहरूको प्रतिक्रिया समेटेर समाचार बनाउँदा रात छर्लङ्ग भयो । 

प्रतिनिधिसभा विघटनको त्यो मध्यरात

२०७८ जेठ ७ गते मध्यरातमा केपी ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरे । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिएलगत्तै दोस्रो विघटन हुने संकेतहरू देखिएका थिए । दिउँसैदेखि त्यसको तरखर थियो । संसदीय मामिलाको रिपोर्टिङ गर्ने भएकाले त्यो दुर्लभ राजनीतिक दुर्घटनालाई नजरअन्दाज गर्ने कुरा थिएन । 

मध्यराति १२ बजे मन्त्रिपरिषद्को बैठक बस्यो । कानूनमन्त्री लीलानाथ श्रेष्ठसँग कुरा गरेर सिफारिशको समाचार बनाएँ । राति २ बजेर ८ मिनेटमा त राष्ट्रपति विद्या भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधिसभा विघटन गरेको विज्ञप्ति राष्ट्रपति कार्यालयबाट जारी भयो । 

देशमा हुन लागेको यति ठूलो राजनीतिक घटनाक्रमप्रति बेखबर भएर पत्रकारलाई सुत्ने छुट थिएन । समाचार तयार नै थियो । राष्ट्रपति कार्यालयबाट औपचारिक विज्ञप्ति आएपछि तत्कालै ब्रेक गरियो । नेपालमा बहुसंख्यक मानिस सुतिसकेको भएपनि विदेशमा रहेका नेपाली सुतेका थिएनन् । राजनीतिक दलका नेताहरू सुतेका थिएनन् । राति नै नेताहरूसँग प्रतिक्रिया लिएर समाचार बनाउनुपर्‍यो ।

धेरैले बिहान उठेपछि मात्र देशमा भएको राजनीतिक परिवर्तनको खबर थाहा पाए । २०७७ पुस ५ गतेको पहिलो प्रतिनिधिसभा विघटनको समयमा पनि एक मन्त्रीले बैठकबाटै पठाएको एसएमएसका आधामा समाचार ब्रेक गरिएको थियो । राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण घटनाक्रम र आफ्ना बिटको इभेन्ट भएको दिन पत्रकारको ड्युटी आवरमा होइन काममा गणना हुन्छ ।

समय फरक, पत्रकारका दुःख उस्तै

२० को दशकमा पत्रकारिता गर्नेका आफ्नै दुःख थिए । त्यो बेला पत्रिका प्रकाशित गरेका पाका पत्रकारहरूको कुरा सुन्दा अहिलेको दुःख केही होइन । पत्रकारिता डिजिटल युगमा प्रवेश गर्नुअघि अखबारहरू बिहान मात्र निस्कन्थे । डेटलाइनको प्रेसर राति मात्र हुन्थ्यो । रेडियो र टेलिभिजनमा निश्चित समय समाचार बुलेटिन हुन्थे । एउटा समय काम गरेपछि पत्रकारको मुख्य ड्युटी पूरा हुन्थ्यो । मध्यरात १२ बजेसम्म एफएम रेडियोमा समाचार पढेको अनुभव पनि छ ।  

अहिलेको प्रतिस्पर्धात्मक जमानामा पत्रकारको ड्युटीको सीमा हुँदैन । तीव्र प्रतिस्पर्धात्मक बजारमा उसले आफूलाई समयानुसार ढाल्न सक्नुपर्छ । आवश्यक परेको समयमा पत्रकार २४ सै घण्टा खडा र तयार रहनुपर्छ । 

डिजिटल न्युजपेपर (चलनचल्तीको भाषामा अनलाइन पोर्टल) मूलधारको मिडियाको रूपमा स्थापित भएपछि पत्रकारको काम गर्ने शैली र ड्युटी पनि बदलिएको छ । मिनेट-मिनेटमा अपडेट र चनाखो रहनुपर्ने अहिलेका पत्रकारको बाध्यता छ । पञ्चायतको समयमा साप्ताहिक पत्रपत्रिका प्रकाशित गरेको पुस्ताका पत्रकार अहिले डिजिटल पत्रिका चलाएर बसेका छन् । समयसँग अपडेट हुन उनीहरूलाई पनि सकस परिरहेको छ । 

यो पुस्ताका धेरै पत्रकार त्यस्ता घटनाको साक्षी बसेर आएका छन् । पटक–पटकका संसद् विघटन, सरकार र माओवादी शान्ति वार्ता तथा अन्तरिम संविधान जारी गर्ने प्रक्रियाको चरणमा कयौं पत्रकारले प्रधानमन्त्री निवास बालुवाटारको गेटबाहिर रात बिताएका छन् । संविधानसभाबाट संविधान लेखनको चरणमा रातभर बानेश्वरको संसद् भवनमा जागाराम बस्ने अनुभव पनि पत्रकारले लिएका छन् । संविधानसभाको कार्यकाल थप्ने, संविधानसभा भंग गर्ने निर्णय प्रायः मध्यरातमा भएका थिए । कोरोनाकालमा भाइरस संक्रमणको खतरा मोलेर पत्रकारहरूले स्टोरी लेखे, जुन कम्ती जोखिमपूर्ण थिएन । 

जागिरे बन्न सजिलो, पत्रकार बन्न कठिन !

जब पत्रकारले आफूलाई ८ घण्टे ड्युटी गर्ने कर्मचारी ठान्छ, त्यो जागिरे पत्रकार बन्न सक्दैन । सधैं होइन, बेलाबखत पत्रकारले नियमित ड्युटी टाइमभन्दा बढी समय पनि खट्न सक्नुपर्छ । अहिलेको प्रतिस्पर्धात्मक जमानामा पत्रकारको ड्युटीको सीमा हुँदैन । तीव्र प्रतिस्पर्धात्मक बजारमा उसले आफूलाई समयानुसार ढाल्न सक्नुपर्छ । आवश्यक परेको समयमा पत्रकार २४ सै घण्टा खडा र तयार रहनुपर्छ । 

सामाजिक सञ्जालको व्यापक प्रयोगका कारण कुनै घटना न्युज हुन छाडे । घटना भएको क्षणभरमै समाचार र तत्कालै विश्लेषण गर्न नसके प्रतिस्पर्धामा पछि पर्ने निश्चित छ । फोनबाट औपचारिक कोट लिन पनि अल्छी गरेर नेताका ट्वीट जोडेर कोठाबाट समाचार लेख्ने कामले पत्रकारलाई निखार्दैन । बिस्तारै-बिस्तारै पत्रकारको भूमिका फेरिँदैछ– ‘जर्नालिस्ट विदआउट टाइम लिमिटेसन’को रूपमा । २१ औं शताब्दीको डिजिटल युगमा यो चुनौतीलाई स्वीकार गर्नेहरू नै सफल पत्रकार बन्छन् ।

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x