×

तल्लो तहका प्रहरीलाई परिवार पाल्नै मुस्किल

प्रहरीमा राजीनामा दिनेको लर्को: हाकिमहरू अपराध छल्न, जवानहरू परिवार पाल्न सेवाबाट बिदा

काठमाडाैं | कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो । 

नागरिकताअनुसार पहिला नै अवकाश पाइसक्नुपर्ने विवरण लोकान्तरले सार्वजनिक गरेपछि उनले तत्कालीन आईजीपी धीरजप्रताप सिंहसमक्ष राजीनामा बुझाएका थिए । डीआईजी सिंहले राज्यलाई ढाँटेर बढुवा लिएको तथा गलत विवरण पेश गरी सेवामा बहाल रहेको प्रमाणसहित लोकान्तरले समाचार प्रकाशन गरेको थियो ।


Advertisment

लोकान्तरलाई प्राप्त डीआईजी सिंहको नागरिकताको प्रतिलिपिअनुसार उनले २०७९ जेठ २२ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदबाटै अनिवार्य अवकाश पाउनुपर्ने थियो । तर, उनले आफ्नो जन्ममिति ढाँटेर सेवामा बहाल रहेको र बढुवा समेत लिएको पुष्टि भएको थियो ।


Advertisment

नागरिकताको प्रमाणपत्रमा उनी २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको उल्लेख थियो । उक्त समयमा १८ वर्ष पूरा हुन कम्तीमा पनि २०२४ साल जेठ २२ गते जन्मिएको हुनुपर्छ । यस हिसाबले हेर्दा २०७९ जेठ २२ गते उनी ५५ वर्षको पुग्ने देखिएको थियो । 

....

असोज १५ गते महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजनीमा दिनुपरेको थियो । उनले महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको थियो ।

घटना बाहिर आएलगत्तै उनलाई गृहमन्त्रालयले निलम्बन गरेको थियो । घटनाको छानबिन गर्न डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति गठन भएपछि उनले कारबाहीबाट जोगिन राजीनामा दिएका थिए । 

जेठ १९ गते महिला हवल्दारले घर बिदा स्वीकृत गराउँदा उनले आफ्नो कार्यालयमा बोलाएका थिए । त्यसक्रममा उनले ‘तिमी मलाई मन पर्‍यो, आज गूड फ्राइडे मनाऔं’ भनको कुरा बाहिर आएको थियो । त्यसपछि पीडित महिलाले प्रहरी प्रधान कार्यालयमा उजुरी दिइएकी थिइन् । 

....

२०७५ माघ ३० गते प्रहरी रिपोर्ट बनाउन गएकी महिलालाई बलात्कार गरेको अभियोग लागेपछि तत्कालीन डीएसपी राजकुमार खिउजुले राजीनामा दिएका थिए । उनलाई पुर्पक्षका लागि जिल्ला अदालत ललितपुरले कारागार पठाएको थियो । पछि गएर अदालतले निर्दोष ठहर गरेपछि उनी १ वर्ष कारागार बसेर छुटेका थिए ।

प्रहरीमा माथिल्लो तहका अधिकृतहरूको राजीनामा विभिन्न अभियोग लागेर वा कैफियत भेटिएर आउने गरेको पाइएको छ । माथिल्ला अधिकृतहरूको यो अवस्था रहे पनि तल्ला तहका प्रहरी कर्मचारी भने सेवा सुविधा कम भएर राजीनामा दिन बाध्य हुने गरेका छन् । केही अर्को राम्रो अवसरको खोजीमा राजीनामा दिएर बाहिरिने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको आईजीपी सचिवालयमा काम गरिरहेका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले डेढ वर्ष सेवा अवधि बाँकी छँदै २०७९ माघ २० गते राजीनामा दिएका थिए । उनको सेवा अवधि २०८१ भदौसम्म थियो ।

२०५१ भदौमा प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएका उनले संगठनमा लामो समय काम गरे पनि आगामी दिनमा अरू नै केही गर्ने उद्देश्य राखेको लोकान्तरलाई बताएका थिए । ‘रिटायर्ड भएपछि काम गर्ने जाँगर नचल्ला भनेर छिटो राजीनामा दिएको हुँ,’ प्रधानले लोकान्तरसँग भनेका थिए ।

अहिले उनले नेपालमा रहेको विदेशी राजदूतावासमा जागिर खाँदै आएका छन् ।  उनी मात्रै होइनन्, राम्रो अवसरको खोजीमा प्रहरीबाट राजीनामा दिनेको संख्या ठूलो छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो ५ वर्ष अर्थात आर्थिक वर्ष २०७५/०७६ यता ६ हजार ९८३ जनाले राजीनामा दिएका छन्, जसमा प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको संख्या मात्रै ५ हजार ३०९ छन् । 

यो अवधिमा २ जना डीआईजी, २ जना एसएसपी, ६ जना एसपी, डीएसपी १८ जना, ५४ जना इन्स्पेक्टर, ११ जना वरिष्ठ सई, ७४८ सई र १ हजार ८९ जना असईले पनि राजीनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ देखि अहिलेसम्मको अवधिमा ३४६ जना सम्पर्कमा आएका छैनन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार वरिष्ठ सई २ जना, सई १२ जना, असई ११ जना, प्रहरी हवल्दार ३३ जना, सहायक हवल्दार २४ जना, प्रहरी जवान २३२ जना र कार्यालय सहयोगी  ३२ जना राजीनामा नदिई एवं कुनै जानकारी नगराई सम्पर्कविहीन छन् ।

सम्पर्कमा नआएका र राजीनामा दिएका तल्लो दर्जाका अधिकांश कर्मचारीले तलबले आफ्नो परिवारको जीविकोपार्जनमा समस्या भएपछि राजीनामा दिएका छन् ।

‘जवानको तलबले अहिलेको अवस्थामा के पो गर्न सकिन्छ र आफू एक्लै पनि पालिन गाह्रो भएपछि भागेर कोरिया आएको हुँ,’ २०७५ सालमा कोरिया गएका एक प्रहरी जवानले लोकान्तरसँग भने । 

उनी प्रहरीमै छँदै ईपीएस परीक्षा पास गरी कोरिया गएका थिए । विपत व्यवस्थापनमा कार्यरत रहेकाले राजीनामा स्वीकृत नहुने देखेर भाग्नुपरेको उनले बताए । 

अहिले प्रहरीका तल्लो तहका कर्मचारीहरू कमाइको नयाँ विकल्पको खोजीमा छन् । उनीहरूले १६ वर्षे उमेर हद भएको खण्डमा समयमै अवकाश पाएर वैदेशिक रोजगारीमा जान पाइने भएकाले नेपाली सेनाजस्तै उमेर हद कम हुनुपर्ने आवाज उठाइरहेका छन् । 

‘१६ वर्षे उमेर हद भयो भने मैले जागिर खाएको १३ वर्ष भयो, ३४ वर्षको भएँ, अब ३ वर्षपछि अवकाश पाएर विदेश जान पाउँथें,’ एकजना ट्राफिक प्रहरी जवानले लोकान्तरसँग भने ।

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायत राम्रो अवसरको खोजीमा तल्लो तहका प्रहरी कर्मचारीहरूले राजीनामा दिने गरेको बताउँछन् ।

‘अधिकांशले राम्रो अवसर पाएपछि राजीनामा दिएको देखिन्छ,’ डीआईजी कडायतले लोकान्तरसँग भने ।

अन्य ठाउँमा राम्रो काम पाएकाहरू भागेर गएको उनले स्वीकारे ।

प्रहरीमा माथिल्लो तहका कर्मचारीले आफ्नो अनुकूल शक्ति प्रयोग गरेर सधैं राम्रो ठाउँमा जाने र अवसर पाउने तर तल्लो तहका कर्मचारीहरू पेलानमा पर्ने भएकाले पनि तल्लो तहका कर्मचारीहरूले राजीनामा दिने गरेको स्वयं प्रहरी अधिकृतहरू बताउँछन् ।

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x