बैशाख २९, २०८१
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
काठमाडाैं | कात्तिक २०, २०८०
मस्को–रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ । सेप्टेम्बर र अक्टोबरमा तेल र तेल उत्पादनको निर्यातमा गरिएको कटौतीलाई सन् २०२३ डिसेम्बरसम्म जारी राखिने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले आइतवार जानकारी दिए ।
‘रुसले सेप्टेम्बर र अक्टोबरसम्मका लागि लागू गरेको विश्व बजारहरूमा आफ्नो तेल र तेल उत्पादनहरूको आपूर्तिमा प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक कटौतीलाई यो वर्षको डिसेम्बरसम्म जारी राख्नेछ,’ उनले भने । तासका अनुसार तेल उत्पादनमा कटौती जारी राख्ने वा बढाइने भन्ने निर्णय अर्को महिना बजार विश्लेषण गरिने उनले बताए ।
उक्त कदम सन् २०२३ अप्रिलमा रुसले घोषणा गरेको स्वेच्छिक तेल उत्पादनमा दैनिक पाँच लाख ब्यारेल कटौतीको पूरक हो र यो सन् २०२४ डिसेम्बरसम्म लागु हुनेछ । उपप्रधानमन्त्री नोभाकले अतिरिक्त कटौतीको प्रयोग पेट्रोलियम निर्यातकर्ता मुलुकहरूको सङ्गठन ओपेक प्लसको तेल बजारहरूमा स्थिरता र सन्तुलन कायम गर्ने कदम बढाउन थप कटौती गरिएको बताए ।
रुसले मार्चसम्म स्वेच्छिकरूपमा फेब्रुअरीको औसत पाँच लाख ब्यारेल तेल उत्पादन कटौती सुरु गरेको थियो । यसका साथै उत्पादनमा कटौतीको अवधि वर्षमा धेरै पटक बढाइएको थियो । तासका अनुसार भियनामा जुन ४ मा भएको ओपेक प्लसको बैठकपछि उत्पादन कटौतीलाई सन् २०२४ डिसेम्बरसम्म बढाइएको थियो ।
यसका साथै रुसले अगस्टमा विश्व बजारमा तेल निर्यातलाई अतिरिक्त पाँच लाख ब्यारेल प्रतिदिन कटौती गर्ने निर्णय गर्यो । यो वर्षको अन्त्यसम्म उक्त कदमलाई जारी राख्ने निर्णय गरिएपछि सेप्टेम्बरमा निर्यातमा प्रतिदिन तीन लाख ब्यारेल कटौती गर्न सुरु गरेको तासले बताएको छ ।
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...