×

कांग्रेस रूपान्तरणका सारथिबीच दूरी

शेखर–गगन सम्बन्धमा चिसोपना : कहाँबाट शुरू भयो असमझदारी ?

काठमाडाैं | कात्तिक १३, २०८०

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध एकै ठाउँमा उभिए पनि त्यसयता भने नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाको सम्बन्ध उतारचढावपूर्ण देखिँदै आएको छ । 

यसअघि सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई हेर्ने दृष्टिकोण र सरकारमा मन्त्री पठाउने विषयमा भएको असमझदारीलाई दुवै नेताले जसोतसो मिलाउने प्रयास गरेका थिए । तर, कोशीमा असोजको अन्तिम साता शेखर पक्षका ८ सांसदले एमालेसँग मिलेर गरेको विद्रोहपछि फेरि दुई नेताको सम्बन्ध चिसिन पुगेको हो । 


Advertisment

पार्टीभित्र फरक समूहका रूपमा शेखरले कोशीमा फरक मतसम्म राख्न सक्ने आकलन गरिएको थियो । तर, ८ सांसदले विद्रोह गरेपछि आन्तरिक रूपमा दुवै पक्ष एक अर्काविरुद्ध उत्रिएका छन् । कोशीमा यस किसिमको विद्रोहअघि समूहमा कुनै छलफल नगरेको गगन पक्षको आरोप छ । तर, शेखर पक्षले भने महामन्त्री भइसकेको नेताले थाहा थिएन भन्नु हास्यास्पद भएको बताइरहेको छ । 


Advertisment

आफ्नो टीमबाट जितेका महामन्त्री थापा, कोशीबाटै प्रतिनिधित्व गर्ने अर्का महामन्त्री विश्वप्रकाश शर्मा र आफ्नै टीमबाट प्रदेश सभापतिमा उठाइएका गुरुराज घिमिरेसँग समेत सल्लाह नगरी अघि बढेको भन्दै संस्थापरइतरका युवा नेतामा असन्तुष्टि देखिन्छ ।

‘कोशी प्रकरणमा अनुशासनहीनताको चरम अभ्यास भएको छ । यो कदम सच्च्याउन शेखर दाइले प्रधानमन्त्री र पार्टी सभापतिसँग कागजमा हस्ताक्षर गर्नुभयो । दुई हप्ता बित्दा पनि सरकार विस्तार नहुँदा सहमति पालना भएको देखिएन,’ गगन थापा निकट स्रोत भन्छ, ‘शपथलगत्तै सरकार बन्यो, विस्तार भएन । अझै पनि माउ पार्टी सरकारमा सहभागी हुने देखिएको छैन । एमालेलाई थामथुम पार्ने बाध्यता उहाँहरूलाई छ । कार्की मुख्यमन्त्री बन्नुभयो, तर उहाँको लोयल्टी देउवातिर कि केपी ओलीतिर भन्ने प्रस्ट भएन । अलमल र विरोधाभास देखियो ।’

कोशीको अप्रत्याशित घटनापछि महामन्त्रीद्वय थापा र शर्मा मात्रै होइन शेखर टीमकै नेता गुरुराज घिमिरेले पनि सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए ।

शेखर कोइराला

यी नेताहरूले पार्टी संस्थापनको पनि विरोध नगरेका होइनन्, तर आफ्नै टीमका नेताले पनि किन छलफल गरेनन् भन्नेमा उनीहरूले गम्भीर प्रश्न उठाएका छन् । 

यही अलमल र विरोधाभाषले पनि शेखरले विनातयारी र सल्लाहकारको गलत सुझावलाई आधार मानेको देखिने ती नेता बताउँछन् । 

‘उहाँकै टीमबाट महामन्त्री जित्ने जिम्मेवार गगन थापालाई थाहा नहुने तर उहाँका सल्लाहकारहरूले कोशीमा विद्रोह गरेको थाहा पाउने कसरी भयो ?’ गगन निकट स्रोत भन्छ, ‘न आफ्नो टीमको महामन्त्री, न कोशीबाट प्रतिनिधित्व गर्ने अर्का महामन्त्री, न आफैं निकटका गुरु घिमिरे कोहीसँग पनि शेखर दाइले आवश्यक सल्लाह गर्नुभएन । बरु सुनिल शर्मा, पुरञ्जन आचार्य, डा. मीनेन्द्र रिजाल, डा. गोविन्दराज पोखरेलले एग्रेसिभ भएर जानुपर्छ भनेर दिएको गलत सल्लाहलाई मानेको देखियो ।’  

गगनको समूहले शेखरलाई संसदीय दलको नेता बनाउने गरी तयारी गर्ने र १० सांसद बढाउन सबै प्रयत्न गर्ने सहमति भएको दाबी पनि गरेको छ । साथै शेखर समूहले विश्वप्रकाश र प्रदीप पौडेललाई इन्गेज गर्नमा ध्यान नदिएको पनि गगन निकट स्रोत बताउँछ । 

‘महामन्त्री गगनले मेरो जे हुनु भयो, म उठ्दा कम भोट आयो भनेर म कुनै इगो पाल्दिनँ, बरु विश्व, प्रदीपलाई पनि थपेर नपुग्ने ९/१० भोट बटुलेर शेखरलाई संसदीय दलको नेता बनाउने र प्रधानमन्त्री बन्ने बाटो खोल्ने भनेपछि त्यसको तयारी समेत भएको थियो,’ ती नेता भन्छन्, ‘१५ औं महाधिवेशन आउन अझै चार वर्ष बाँकी भएकाले नेताको विषयमा छलफल गर्दै जाउँला भनियो । तर, विश्व र प्रदीप इन्ट्री भएपछि उनीहरूलाई इन्जेग गराउने कुरामा शेखर दाइले ध्यान दिनुभएन ।’ 

शेखरको यो बेवास्ताले आफ्नै टीमका महामन्त्री र आउन खोजेका महामन्त्री पनि भड्किएको ती नेता बताउँछन् । 

तर, शेखर निकटका नेता डा. गोविन्दराज पोखरेलले भने कोशीको विद्रोह रणनीतिक र बाध्यात्मक भएको तर्क गरे ।

‘शेखर र गगन मिल्ने भनेको व्यक्तिगत स्वार्थले होइन, देश, कांग्रेस र जनताको भविष्यका लागि हो । नागरिकमा नयाँ उत्साह र जागरण ल्याउन पनि मिलेरै अगाडि बढ्नुको विकल्प छैन,’ पोखरेलले भने, ‘यसैले व्यक्तिगत स्वार्थका लागि यी दुई नमिल्न सक्छन्, तर देश र पार्टीका लागि मिल्नैपर्छ ।’ 

‘कोशीमा दलहरूले बहुमत जुटाएर सरकार बनाउन नसक्ने भएपछि संविधानले दिएको अधिकारभित्र गएर एमालेसँग मिल्नुपरेको हो । यो रणनीतिक हिसाबको कदम थियो । सबैलाई भन्दा र धेरै हल्ला गर्दा काम नहुने अवस्था भएकाले नभनिएको हुन सक्छ,’ पोखरेल भन्छन् । 

व्यक्तिगत स्वार्थका लागि चालिएको कदम नभएकाले शेखर र गगनबीच तनाव नआउने दाबी पोखरेल गर्छन् । 

‘शेखर र गगन मिल्ने भनेको व्यक्तिगत स्वार्थले होइन, देश, कांग्रेस र जनताको भविष्यका लागि हो । नागरिकमा नयाँ उत्साह र जागरण ल्याउन पनि मिलेरै अगाडि बढ्नुको विकल्प छैन,’ पोखरेलले भने, ‘यसैले व्यक्तिगत स्वार्थका लागि यी दुई नमिल्न सक्छन्, तर देश र पार्टीका लागि मिल्नैपर्छ ।’ 

शेखर पक्षका अर्का एक नेताले महामन्त्रीद्वयले आफूहरूलाई ठूलो सेलिब्रिटी ठानेको टिप्पणी गरे । 

‘शेखर दाइले सल्लाह गर्नुभएन भनेर उहाँहरू हल्ला गर्नुहुन्छ, तर माओवादीलाई मुख्यमन्त्री दिने कुराको उहाँहरूले विरोध गरेको सुनिएन,’ ती नेता भन्छन्, ‘कोशीमा एउटा बाटो खोल्नैपर्ने थियो । जिम्मेवार महामन्त्रीहरूले हामीलाई थाहा भएन भन्नु लाजमर्दो अवस्था हो ।’ 

कोशीमा सरकार बनाउने विषयमा छलफल गर्न खोज्दा महामन्त्रीद्वय नै संवादमा नआएको दाबी शेखर पक्षको छ । 

‘शेखर दाइले अब कसरी अगाडि जाने भनेर सभापतिसँग छलफल गर्न खोज्नुभएको थियो, तर उहाँ (सभापति)ले महामन्त्रीहरू मानेनन् भन्नुभयो । हाम्रै टीमका महामन्त्री पनि सम्पर्कमा आउन चाहेनन्,’ शेखर निकट स्रोत भन्छ, ‘यसैले चुनावमा जान नपरोस् भनेर उठाइएको कदम हो यो । यसलाई आकाशै खसेको जसरी प्रचार गरिँदैछ । तर, मिलाएर जान चाहेमा अप्ठ्यारो छैन ।’

शेखरसहितका नेतासँग गगन थापा

कोशी प्रकरणलाई बाध्यात्मक रूपमा स्वीकार्दै पार्टी संस्थापन भने शान्त देखिएको छ । उल्टै इतर खेमामा तनावको बिउ रोपिएको छ । शेखर पक्षलाई बल पुर्‍याउने गरी विभिन्न युवा नेताले अघि बढाएको रूपान्तरण अभियान पनि त्यत्तिकै असफल भएको अभियानमा लागेका शंकर तिवारी बताउँछन् । 

‘हामीले पार्टी रुपान्तरण अभियान समग्र पार्टीको हितका निम्ति गरेका थियौं । पार्टी सञ्चालनको शैली ठीक भएन भन्दै हाम्रो दबाब नेतृत्वमाथि थियो । स्वतन्त्र रूपले रुपान्तरण अभियान अघि बढ्दा शेखर दाइकै रुचि पूरा हुन्थ्यो,’ तिवारी भन्छन्, ‘तर शेखर दाइलाई उहाँ वरिपरिकाले बिगारे, उहाँ आफू पनि पार नलाग्ने भँड्खालोमा पर्नुभयो । कोशीको यो प्रकरण अन्ततः उहाँकै लागि घाँडो हुन पुग्यो ।’ 

१५ औं महाधिवेशनमा कसको पद के हुने भन्ने बहस नहुँदै उत्ताउलो भएर कोही लाग्न नहुने तिवारी बताउँछन् । 

‘चार वर्षपछाडि हुने कुरामा गगनले उत्ताउलो भएर बोलेका छैनन्,’ तिवारी भन्छन्, ‘यसैले शेखर दाइले पनि टीममा सन्तुलन मिलाउन लाग्नुपर्ने हो । धैर्यता देखाउने र माहोल बुझेर बोल्छु, कोइरालाहरूको संस्कार देखाउँछु भन्नुपर्ने हो, तर त्यस्तो भएन ।’

तर, शेखर पक्षका नेता पोखरेलले भने कोशीले राष्ट्रिय राजनीतिलाई प्रभाव नपार्ने बताए । ‘अप्ठ्यारोबीच कोशीमा सरकार बनेकाले केही ढिलाइ भएको हो, तर यसले केन्द्रमा तुरुन्तै प्रभाव पार्दैन,’ पोखरेलले भने, ‘कोशीलाई मध्यावधिमा जानबाट रोक्न उठाइएको कदम हो । यसैले राजनीतिक/सामाजिक मुद्दा व्यापक उठेकाले दलबीच एकता आवश्यक छ । कोशीमा एकता देखाइयो भने संघीयताप्रति उठेको प्रश्नलाई पनि जवाफ हुन्छ । तर, यसका लागि नेता र दलको इगोबाट माथि उठ्नुपर्छ ।’ 

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी कोशी प्रकरणले शेखर र गगनलाई एक ठाउँमा उभिन दिनुहुँदैन भन्नेलाई बल पुर्‍याएको तर्क गर्छन् ।

‘शेखर दाइलाई अहिले प्रधानमन्त्री बनाउने भनेको हो, तर सभापति बनाउने भनिएको छैन । महाधिवेशन आउन धेरै समय बाँकी भए पनि उहाँ (शेखर)ले अलि हतार गर्नुभयो,’ सिवाकोटी भन्छन्, ‘यस्तो हुँदा राम्रो भएन भन्ने बुझाइ देखिएको छ । विचार समूहमा भाँडभैलो पनि गराउन खोजिएको छ, जसले अन्ततः शेखर र गगनलाई एक ठाउँमा उभिन दिनुहुँदैन भन्नेलाई शक्ति प्रदान गरेको छ ।’

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x