×

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने अवसर

काठमाडाैं | कात्तिक १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । 

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीकरण गरेको थियो, खासगरी माओवादी लडाकू र हतियार व्यवस्थापन सम्बन्धमा । त्यही साइनोका कारण पनि राष्ट्र संघका महासचिवले यो बेला नेपालको भ्रमण गरे ।


Advertisment
RMC TANSEN
shivam ISLAND

शान्ति सम्झौताको मर्मअनुसार नेपालमा संविधान सभाका दुईवटा चुनाव भए । विद्रोही शक्तिले ४ पटक सरकारको नेतृत्व गर्ने अवसर पायो । 


Advertisment

सरकारको नेतृत्व गर्ने या सहभागिता जनाउने प्रत्येकपटक शान्ति प्रक्रियाका काम टुंगो लगाउने सहमति हुन्छ, तर पनि शान्ति प्रक्रियाको काम अड्किएर बसिरहेको छ । सशस्त्र द्वन्द्वको समयमा हत्या गरिएका र बेपत्ता पारिएका व्यक्तिहरूले अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन् । 

Vianet communication
Laxmi Bank

‘सत्य निरुपण तथा मेलमिलाप’को माध्यमबाट पीडितलाई न्याय र पीडकलाई सजाय दिने शान्ति सम्झौताको मर्म हो । शान्ति सम्झौताअनुसार गठन गरिएका आयोगमा पटक–पटक नेतृत्व परिवर्तन भए पनि सत्य निरुपण र बेपत्ता खोजबिनको काम हुन सकेको छैन । 

शान्ति सम्झौता भएको १७ वर्ष पुग्दा समेत पीडितलाई न्याय दिने मामिलामा चरम ढिलाइ भइरहेको छ । कतिपय पीडित परिवारका सदस्यको न्याय नपाइकन निधन भइसकेको छ । शान्ति प्रक्रियाको काम जति ढिला हुन्छ, त्यति नै बल्झिने छ ।

संयुक्त राष्ट्रसंघका महासचिवले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न सहयोग गर्ने बताएका छन् । साथै उनले पीडितले न्याय पाउने, सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मूल्य मान्यताका आधारमा शान्ति प्रक्रिया टुंग्याउनुपर्ने धारणा राखेका छन् । बाँकी काममा राष्ट्रसंघको शुभेच्छा मात्र लिनु उपयुक्त हुन्छ, फेरि संलग्नताले यो प्रक्रियालाई झञ्झटिलो बनाउने छ । 

अहिलेसम्म विदेशी मञ्चमा नेपालका नेताहरूले शान्ति प्रक्रियालाई उपलब्धि र प्रतिष्ठाको विषयका रूपमा उठाउने गरेका थिए । अब पनि ढिला भयो भने प्रत्युत्पादक हुनेछ । २ दशकसम्म पनि पीडितलाई न्याय दिन नसकेको मुलुकका रूपमा चिनिनु नेपालका लागि बदनामी हुनेछ ।

स्थापित अन्तर्राष्ट्रिय मान्यता, सर्वोच्च अदालतको आदेश र पीडितलाई न्याय दिनेगरी शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्‍याउन दलहरूले विलम्ब नगरुन् । ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेको भनेर गर्व गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वमा रहेको समयमा यो अलपत्र कामलाई टुंगो लगाउन सबै प्रयत्न गरुन् ।

भाषण गरेजस्तो यो काम सहज छैन, तर गर्नै पर्नेछ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सके मात्र प्रचण्डको तेस्रो कार्यकाल फलदायी हुनेछ । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

फागुन ३०, २०७९

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति (कार्यकालका हिसाबले चौथो) को रूपमा रामचन्द्र पौडेलले शीतलनिवासको कार्यभार सम्हालेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा झण्डै ६ दशक बिताएका पाका राजनीतिज्ञ पौडेल राष्ट्रपतिको क...

मंसिर ४, २०७९

तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।  उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए ।  देशका...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

असार ४, २०८०

वर्षायाम शुरू नहुँदै असार २ गते शनिवार मध्यरातमा आएको बाढीका कारण पूर्वी पहाडी जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ । ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् । मध्यरातमा आ...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x