×

टाटा मोटर्सको ‘एस इभी’ अब नेपाली बजारमा

काठमाडाैं | असोज ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बजारमा कमर्सियल भेहिकलतर्फ नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । टाटा मोटर्सले नेपाली बजारमा नयाँ ‘एस इभी’ सार्वजनिक गरेको हो । 

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

एस इभी एक उन्नत र रिभोलुसनरी चार पांग्रे कमर्सियल गाडी भएको कम्पनीले जनाएको छ । शून्य उत्सर्जनसहितको एस इभी विद्युतीय सवारी साधनको समाधान भएको विज्ञहरू बताउँछन् । 


Advertisment
RMC TANSEN
shivam ISLAND

नेपाली बजारमा एस इभी सार्वजनिक भएसँगै यसले विश्व बजारमा पर्यावरणमैत्री यातायातलाई पुनः परिभाषित गरेको छ । हाल विश्वबजार सवारीसाधन क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ भन्ने नाराका साथ लागिरहेको समय नेपाली बजारमा कर्मसियल तर्फ एस इभी सार्वजनिक हुनु आफँैमा पनि क्रान्तिकारी मान्न सकिने सरोकारवालाहरू बताउँछन् । 


Advertisment

सार्वजनिक भएको एस इभीको पहिलो ब्याच ग्राहकहरूलाई डेलिभरसमेत भइसकेको छ । वातावरणीय रुपमा सचेत कम्पनीहरूका लागि एस इभी एक पर्यावरण–मैत्री मोबिलिटीको समाधान हो ।

Vianet communication
Laxmi Bank

 

टाटाको एस इभी सार्वजनिक गर्दै टाटा मोटर्सका मोटर्स कमर्सियल भेहिकल बिजनेसका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख अनुराग मेहरोत्राले भने, ‘एस इभी सार्वजनिक हुनु भनेको नेपालमा शून्य उत्सर्जन कार्गो मोबिलिटी प्रदान गर्ने हाम्रो लक्ष्यमा कोशेढुंगा सावित भएको छ ।’

उनले सिप्रदी ट्रेडिङ प्रालिको बिक्री र सेवा विशेषज्ञता र दशकौंदेखि उनीहरूको समर्पित सहयोगका साथ, विद्युतीय कमर्सियल भेहिकलले नेपालमा व्यवसायको नेट–शून्य लक्ष्यहरू पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे । एस इभीलाई इन्ट्रा–सिटी (शहरभित्र) कार्गो यातायातका आवश्यकताहरू परिपूर्ति गर्न डिजाइन र इन्जिनियर गरिएको छ । यसले कार्बन–न्युट्रल भविष्यतर्फ केन्द्रित र सचेत सबै सरोकारवालाहरूलाई उच्च मूल्य प्रस्ताव प्रदान गर्नेछ । 

अन्तर्राष्ट्रिय प्रमुख मेहरोत्राले नेपालमा एस इभीको शुभारम्भले स्वच्छ ऊर्जा तर्फ देशको प्रगतिलाई थप पूरक हुनेसमेत बताए । 

एस इभी सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ एसजेबी राणाले पनि बजारमा यस प्रकारको उन्नत र वातावारण–मैत्री चार पांग्रे कमर्सियल गाडी सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गरे ।  

उनले एस इभीले देशको दिगो भविष्यको लागि सिप्रदी ट्रेडिङको साझा दृष्टिकोणलाई मूर्त रुप दिनेसमेत अध्यक्ष राणाले बताए । ‘यो उल्लेखनीय गाडीले सफा, दिगो र हरित नेपाल बनाउन ठूलो योगदान पु¥याउनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

नयाँ एस इभीले ई–कार्गो गतिशीलताको लागि समग्र समाधान प्रदान गर्नेमा कम्पनी सकारात्मक छ । यसका निर्माण सोही ढंगमा गरिएको छ भने इकोसिस्टम पनि सोही तरिकाले समर्थित रहेको छ । यो विद्युतीय एसमा विभिन्न नवीन विशेषतासँगै रियल–टाइम भेहिकल ट्र्याकिङजस्ता विशेषता पनि दिइएको छ । कम्पनीले गाडी बिक्रीपछिको सेवालाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

चार पांग्रे सवारी साधनतर्फ नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमै उत्कृष्ट प्रदर्शनी गरिरहेको टाटा मोटर्सले प्यासेन्जर भेहिकलसँगै व्यावसायिक सवारीसाधन (कमर्सियल भेहिकल) उत्पादन एवम् बिक्रीतर्फ नयाँ आयाम थपिरहेको छ । 

कम्पनीले दीगो आवतजावत प्रणाली (सस्टेनेबल मोबिलिटी)लाई प्रवर्द्धन गर्न विभिन्न योजना तथा कार्यक्रमहरू गर्दै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

कात्तिक २०, २०८०

सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रवार राति गएको भूकम्पबाट पीडित तथा प्रभावित भएकाहरूका लागि २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।  उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ...

कात्तिक १६, २०८०

टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने भएको छ ।​ टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपाल सार्...

कात्तिक २१, २०८०

नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी गरेको छ ।​ महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोबेम्बर ७ देखि ११...

कात्तिक २२, २०८०

एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत मंगलवार थप ३ जना ग्राहकलाई बम्पर पुरस्कारस्वरुप स्कुटर प्रदान गरेको छ । उक्त पुरस्कार काठमाडौंको नयाँ बानेश्वर, भैर...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x