कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | असोज ४, २०८०
काठमाडौंको गैरीगाउँमा ४ जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका सिन्धुपाल्चोक (बाह्रबीसे– ९)का २३ वर्षीय सञ्जय भण्डारीले हिरासतमा प्रहरीलाई हैरान बनाएका छन् ।
उनले पक्राउ परेकै दिन आफूलाई घर जान दिनुपर्ने माग गरेका थिए । अहिले पनि उनले विभिन्न माग राखेर प्रहरीलाई हैरान बनाउने गरेको एक अनुसन्धान अधिकृतले लोकान्तरलाई बताए ।
आफूले बाहिर दैनिक मासुभात खाने भएकाले हिरासतमा पनि मासु उपलब्ध गराउन उनले माग गर्ने गरेका छन् ।
‘उनले दैनिक खानामा मासुको माग गर्छन् । म बाहिर दैनिक मासु खान्थें, खै यहाँ पनि ल्याइदिनुपर्यो भन्छन् । सरकारी खानामा मासु हुँदैन, हामीले कहाँबाट दिने ?’ ती प्रहरी अधिकारीले लोकान्तरसँग भने ।
प्रहरीका अनुसार उनले आफूलाई पक्राउ गर्ने व्यक्तिलाई चिनाइदिनुस् भनेर पनि बारम्बार जिद्दी गर्दै आएका छन् ।
बोल्न नसक्ने उनले आफूले कसरी घटना घटाएको, किन घटाएको भन्ने कुरा निर्धक्कसँग लेखेर बताउने गरेको ती प्रहरी अधिकारीको भनाइ छ ।
प्रहरी अधिकारीहरूका अनुसार हिरासत बसाइका कारण उनी मानसिक रूपमा विक्षिप्त भएका छन् ।
‘उसले सबैसँग प्रतिशोध साँध्न खोजेको देखिन्छ, बारम्बार पक्राउ गरेका व्यक्तिहरू चिनाइदिन भन्छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।
त्यति मात्र होइन, उनले अदालतमा न्यायाधीशप्रति पनि ‘एग्रेसिभ’ व्यवहार देखिएका थिए ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीशले उनीसँग ३० मिनेटभन्दा बढी समय लगाएर दोभाषेको माध्यमबाट सोधपुछ गरेका थिए ।
‘तिमीले हत्या भएका व्यक्तिलाई चिन्छौ ?,’ भनेर प्रश्न गर्दा ‘मैले सबैलाई चिन्छु, तपाईंलाई पनि अब चिन्छु,’ भनेर जवाफ फर्काएको अनुसन्धानमा खटिएका अधिकारीले लोकान्तरलाई बताए ।
‘जज् सा’बसँग पनि एग्रेसिभरूपमा प्रस्तुत भएपछि उहाँ अलि डराउनुभएको थियो,’ ती अधिकारीले भने ।
मोटरसाइकलले ठक्कर दिएको विषयमा प्रतिशोध साँध्न उनले धनकुटाका विशाल राईसहित ४ जनाको हत्या गरेको अभियोग छ ।
उनले अदालतमा पनि आफूले हत्या गरेको स्वीकारेका छन् । फरक क्षमताका उनले सुन्न र बोल्न सक्दैनन् ।
दोलखाको कालिञ्चोक गाउँपालिका– ८ का ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, ७६ वर्षीया आमा सुभद्रा भुजेल तथा धनकुटाका १९ वर्षीय नविन भन्ने विशाल राईको खुकुरी प्रहार प्रहार गरी हत्या गरेको अभियोग उनीमाथि छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...