×

‘नाङ्गो गाउँ’ वितरकको दाबी – चलचित्रले ६ दिनमा ३ करोड ३५ लाख कमायो

काठमाडाैं | असोज ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्सन गरेको वितरकले बताएका छन् । 

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

भदौको २९ गतेबाट प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित चलचित्रले बुधवारसम्ममा ३ करोड ३५ लाख ग्रस कलेक्सन गरेको वितरक रोहित कट्टेलले जानकारी दिए । 


Advertisment
RMC TANSEN
shivam ISLAND

उनका अनुसार शुक्रबार ७० लाख, शनिबार ९० लाख कमाएको चलचित्रले आइतबार र सोमबार ९० लाख, मंगलबार र बुधबार ८५ लाखको ग्रस कलेक्सन गरेको हो । 


Advertisment

नेपाली चलचित्रले हलमा दर्शक तान्न नसकिरहेको समयमा ‘नाङ्गो गाउँ’ले भने हलमा दर्शकलाई आकर्षित गरिरहेको छ ।

Vianet communication
Laxmi Bank

चलचित्रको यो व्यापारले अब निर्माता मुनाफाको बाटोमा लागेको देखिन्छ ।

हलमा बलिउड चलचित्र ‘जवान’को दबदबा कायम रहनु, अर्को नेपाली चलचित्र ‘एक भागवत र एक गीता’सँग स्क्रिन सेयर गर्नु लगायतका वाध्यताकाबीच पनि दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले सुखद कमाई गरेको हो । 

चलचित्र विकास बोर्डको सर्भरमा प्राप्त भएको रेकर्ड अनुसार यो चलचित्रको ६ दिनको व्यापार २ करोड ५४ लाख भएको देखिन्छ । तर, विकास बोर्डको सर्भरमा सबै हलको बक्स अफिस नजोडिएकाले व्यापारमा फरक देखिएको वितरक रोहित बताउँछन् । 

चलचित्रको व्यापार विशेषगरि, काठमाडौं, पोखरा, झापा, चितवन, बुटवल र इटहरीमा बलियो छ । यसअघि, खासै दर्शक तान्न नसकेका हलमा समेत यसपटक यो चलचित्रले दर्शक तानेको निर्माणपक्षले दाबी गरेको छ । 

यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २५, २०८०

थुप्रै अभिनेत्रीहरू विवाहपछि फिल्म क्षेत्रबाट गुमनाम छन् । एक समयका निकै हिट अभिनेत्रीहरू विपना थापा, अरुणिमा लम्साल, सज्जा मैनालीदेखि गरिमा पन्त, सुमिना घिमिरेसम्मलाई दर्शकले फिल्ममा नदेखेको लामो समय भइसक्यो ।&...

कात्तिक २२, २०८०

यसपालिको दशैं नेपाली चलचित्र (फिल्म)का लागि सफल रह्यो । दशैंको अवसर पारेर प्रदर्शनमा आएका ‘परदेशी २’ र ‘पशुपतिप्रसाद २ः भस्मे डन’ दुवै फिल्मले राम्रो व्यापार गरे । घरेलु बक्स अफिसमा यी...

कात्तिक २२, २०८०

नेपाली साङ्गीतिक क्षेत्रका हिट गायक हुन् प्रकाश सपूत । उनले हरेक गीतबाट स्रोता दर्शकको अद्‌भूत माया पाउँदै आएका छन् । ‘बोलमाया’देखि ‘सकम्बरी’सम्म आउँदा प्रकाशले अधिकांश गीतबाट लोभल...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २६, २०८०

छायांकनमा जानुअगावै चलचित्र ‘बलिदान’को टिजर रिलिज भएको छ । आसुसेन फिल्मसको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई चलचित्र सिरिज ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x