मंसिर ६, २०८०
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ’ अभियानका नाममा भोलि (मंसिर ७ गते) मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्न लागेको कार्यक्रमलाई लिएर राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्...
काठमाडाैं | असोज २, २०८०
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने चर्चा मात्रले एमालेमा तरंग उत्पन्न भइरहेका बेला फेरि अर्को सन्देश दिने राजनीतिक घटनाक्रम भएको छ ।
एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारी को हो भन्ने बहसबीच चीन भ्रमणबाट फर्किएपछि महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति भण्डारीसँग अर्थपूर्ण भेट गरेका छन् ।
सात वर्ष राष्ट्रपति भएर फर्किएकी भण्डारी राजनीतिमा आउने चर्चाबारे अध्यक्ष ओलीले अस्वाभाविक टिप्पणी गरेका थिए । तर, कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउने गरी भण्डारीलाई एमालेको भावी नेतृत्वमा ल्याउन एउटा पक्षले पहल गरिरहेका बेला पोखरेलले भण्डारीसँग भेटेका हुन् ।
२६ भदौमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि पोखरेल चीन भ्रमण छोट्याएर २७ भदौमा नेपाल फर्किएका थिए ।
नेपाल फर्किएपछि नेम्वाङको श्रद्धाञ्जली कार्यक्रमसहितमा व्यस्त भएका पोखरेल ५ दिनपछि सोमबार भण्डारीसँग भेटघाटका लागि उनको निवासमा पुगेका हुन् ।
एमालेको उपाध्यक्ष भएकै बेला भण्डारीलाई राष्ट्रपति बनाइएको थियो । तर, ७ वर्ष राष्ट्रपति भएपछि पनि उनी एमालेमा फर्किन सक्ने आकलन भइरहेको छ । यही बेला अध्यक्ष ओलीका विश्वासपात्र मानिने पोखरेलले अर्थपूर्ण भेट गरेका हुन् ।
पोखरेल आफैंले यो भेटको महत्त्व र सन्देश धेरै रहेको संकेत गरेका छन् ।
भण्डारीलाई भेटेपछि पोखरेल स्वयंले ‘चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँग भेटघाट’ भन्दै फोटो सामाजिक सञ्जालमा पोस्ट गरे ।
पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले सोमबार मध्याह्नतिर भेटघाट भएको पुष्टि गरे ।
‘पूर्व राष्ट्रपतिलाई पछिल्लो केही दिनयता सन्चो थिएन । अलि सन्चो भएपछि सोमबार मध्यान्ह एमाले महासचिवसँग भेट भएको हो,’ राईले लोकान्तरसँग भने, ‘तर दुईजनाबीच मात्रै भेट भएकाले के कुरा भयो भन्नेबारे हामीलाई जानकारी भएन ।’
तर, चीन भ्रमणबाट फर्किएको पाँच दिनपछि पोखरेलले ‘चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँग भेटघाट’ भनेर लेखेको विषय नै अर्थपूर्ण छ ।
ओलीले दुईतिहाइको सरकार टिकाउन नसकेको, पटक–पटक संसद् विघटन गरेको, एमालेलाई फूटबाट जोगाउन नसकेको, १० पुसपछिको केन्द्र र प्रदेशको सरकार टिकाउन नसकेको जस्ता आरोप खेपिरहेका छन् ।
यसैले एमालेको ठूलै समूहले ओलीको सट्टा विद्यालाई अगाडि सार्दा माधव नेपालले नेतृत्व गरेको सहितका कम्युनिस्ट पार्टीबीच एकता हुन सक्ने तर्कसहित पहलकदमी लिएको छ ।
तर, यो विषयलाई अध्यक्ष ओलीले त्यति सहज रूपमा लिएको देखिन्न ।
‘विद्या भण्डारी हाम्रो पार्टीको उपाध्यक्ष भइसकेको आदरणीय व्यक्तित्व हो । विष्णु पौडेलले मात्रै होइन, मैले र अरूले पनि (पार्टीमा आइदिन भनेर) कुरा गरेका छैनौं,’ ओलीले २८ साउनमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘कार्ड नै छपाएर निम्ता गरेको भन्ने खालका हल्लालाई मलजल नगरौं ।’
ओलीको अभिव्यक्तिपछि भण्डारीले पनि असहज महसुस गरेको एक नेता बताउँछन् । त्यसपछि ओलीले पहिलेको अभिव्यक्ति सच्याउँदै ‘भण्डारी सबैको सम्मानित पात्र’ भएको नरम प्रतिक्रिया दिएका थिए ।
तर, पनि एउटा पक्षले भण्डारीलाई राजनीतिमा सक्रिय गराउने प्रयत्न नछाडिरहेका बेला ओलीका विश्वासपात्र नेता पोखरेलले भण्डारीसँग भेटेका हुन् ।
राजनीतिक विश्लेषकहरू यो भेटलाई दुई अर्थमा हेर्न सकिने बताउँछन् । पहिलो, चीनले पनि एमालेको नेतृत्व परिवर्तन र कम्युनिस्टबीच एकता चाहेको छ । दोस्रो, ओलीले भण्डारीबाट थ्रेट महसुस गरेकाले विश्वासपात्रलाई भेट्न पठाएर हामीसँगै छौं भन्ने देखाउँदैछन् ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल कम्युनिस्टबीच एकता गर्ने विषय टाढाको भए पनि अब एमालेमा ओलीबाट पार्टी चल्छ भन्नेमा उनकै टीम पनि विश्वस्त नभएको बताउँछन् ।
‘केपी ओली छउञ्जेल अरू कम्युनिस्टसँग सहकार्य र निकटता हुँदैन भन्नेमा धेरै छन् । विद्याले राष्ट्रपति हुँदा नै एकता जोगाउन ओली, प्रचण्ड र माधव नेपाल कुराकानी र कोशिश गरेकी थिइन्, त्यसैले विद्या अघि सर्दा कम्युनिस्ट एक ठाउँमा उभिने वातावरण बन्छ र ओलीको हैकम जान्छ भन्नेमा धेरै नेता पुगिसकेका छन्,’ पोखरेल भन्छन्, ‘यसैले कम्युनिस्टबीच सहकार्य हुन्छ, चुनावमा मिलेर जान सकिन्छ भन्नेमा एमालेको ठूलो पंक्ति छ । टीमका रूपमा ओलीतिर भए पनि अब ओलीबाट पार लाग्दैन भन्ने कुरा पोखरेलजस्ता भविष्य भएका नेताले बुझिसकेका छन् । विद्या भण्डारीसँगको भेट ओलीकै सहजताका लागि भए पनि परिस्थिति ओलीले सोचेजस्तो अनुकूल छैन ।’
लुम्बिनी प्रदेश अधिवेशन उद्घाटनकै दिन भदौ १६ गते पोखरेल केही स्थायी कमिटी सदस्यसहित चीन भ्रमणमा गएका थिए । भ्रमणका क्रममा पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओ र पोलिटब्यूरो सदस्य युआन जियाजुनसँग भेट गरेका थिए । जियाजुन गत साउनमा नेपाल भ्रमणमा पनि आएका थिए ।
पोखरेलसँग स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि चीन पुगेका थिए ।
परराष्ट्र विभाग प्रमुख भट्टराईले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा २२ सदस्यीय टोली चीनको सूचना प्रविधि र विकास पूर्वाधार अवलोकन गरेर फर्किएको जानकारी दिए ।
नेपाल–चीन सम्बन्ध, नेपालको विकाससहितका विषयमा पनि छलफल भएको उनको भनाइ छ । भट्टराईले यसबाहेक अरू राजनीतिक विषयमा कुराकानी नभएको बताए ।
शंकर पोखरेलको फेसबूक स्टाटसका विषयमा जानकारी राख्दा उनले यसबाट तर्सिनुनपर्ने बताए ।
‘महासचिव भर्खरै चीन भ्रमणबाट आएर भेट गरेको सन्दर्भ उल्लेख गर्नुभएको हो । पूर्व राष्ट्रपति मात्र हैन, उहाँ हाम्रो पूर्व नेता पनि हो । आफ्नो पूर्व नेतालाई भेट्दैमा मान्छेहरू आत्तिनुपर्ने अवस्था छैन,’ भट्टराई भन्छन्, ‘एमालेको राजनीतिमा फर्किने वा नफर्किनेबारे उहाँ आफैंले केही बताउनुभएको छैन । तर, आइदिए हुन्थ्यो, नआइदिए हुन्थ्यो भनेर हामीले भन्दैमा हुँदैन, उहाँ आफैंले निर्णय गर्नुहुन्छ । उहाँ एमालेको राजनीतिमा फर्किए पनि हामीले सम्मान साथ लिनुपर्छ ।’
माओवादी र एमालेको नेता नियमित चीन भ्रमणमा
प्रधानमन्त्री प्रचण्ड जानुअघि माओवादी र एमालेका प्रभावशाली नेता चीन भ्रमणमा गएका थिए ।
गत साउन २५ गते माओवादी केन्द्रका महासचिव देव गुरुङ एकसाता लामो भ्रमणका लागि चीन गएका थिए । त्यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा पनि चीन भ्रमण गरी फर्किएका थिए ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ’ अभियानका नाममा भोलि (मंसिर ७ गते) मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्न लागेको कार्यक्रमलाई लिएर राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्...
असल सामाजिक मूल्य मान्यता, सुसंस्कृत भाषा, सांस्कृतिक आचरणले मात्र सभ्य समाज निर्माण गर्न सक्छ । तर, पछिल्लो समय कथित लोकप्रियताका नाममा बग्रेल्ती देखिएका अभियन्ताबाट हुँदै आएका क्रियाकलापले हाम्रो सामाजिक मूल्य मा...
कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि नेपाली समाजमा यसको पक्ष र विपक्षलाई लिएर बहस भइरहेको छ । कतिले टिकटकले सामाजिक सद्भाव र एकतामा खलल पुर्याएको भन्ने स...
गत चुनावबाट बालेन साह, रवि लामिछाने र हर्क साम्पाङहरूको उदयपछि परम्परागत दलसामु देखिएको चुनौती टरेको छैन । यही बेला अर्का एक व्यवसायीले पनि दलहरूसामु चुनौती खडा गर्ने गरी अभियान थालेका छन् । २०६४ सालयत...
यसअघि पनि थुप्रैपटक दशैंतिहार र छठपछि केही न केही राजनीतिक उथलपुथल भएको इतिहास छ । यसै मेसोमा यसपटक पनि चाडबाडपछि अहिलेको सत्ता समीकरण फेरिनेसम्मको चर्चा भएको थियो । तर, चाडबाड अगाडि आकलन गरिएजस्तो परिस्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...