×

Dabur
MG

अफगानिस्तानसँगको सम्बन्ध सुदृढ बनाउने पाकिस्तानी प्रमको चाहना

काठमाडाैं | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

पाकिस्तानको कामचलाउ सरकारका प्रधानमन्त्रीले सीमा तनावका बीच अफगानिस्तानसँगको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन आह्वान गरेका छन् । 
    
तोरखाम सीमामा तनावका कारण दुवै देशका सेनाले एकअर्काबीच झडपको परिस्थिति सृजना भएको केही दिनपछि कामचलाउ सरकारका प्रधानमन्त्री अनवर–उल–हक काकरले  तालिवानद्वारा नियुक्त अफगानिस्तानका प्रधानमन्त्री मुल्ला हसन अखुन्दलाई पत्र लेखेर काबुलसँगको सम्बन्ध सुमधुर एवं सुदृढ तुल्याउने चाहना व्यक्त गरेका हुन् । 

yONNEX
Sagarmatha Cement

पाकिस्तानी प्रधानमन्त्रीले तालिबान प्रशासनलाई इस्लामाबादसँग सहकार्य गर्न आमन्त्रण गरेको एशोशिएटेड प्रेस अफ पाकिस्तानले जनाएको छ । पत्रमा प्रधानमन्त्री काकरले पाकिस्तान र अफगानिस्तानबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई जोड दिँदै  पारस्परिक मैत्रीलाई अझ मजबुत बनाउने इच्छा व्यक्त गरेका छन् । उनले सीमा क्षेत्रमा शान्ति–स्थिरता स्थापना गर्न अफगानिस्तानका प्रधानमन्त्रीसँग सहकार्य गर्न आफू तत्पर रहेको बताए । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

“हामी छिमेकीका साथै दाजुभाइ  पनि हौं ।  म हाम्रो द्विपक्षीय सम्बन्धका सम्पूर्ण क्षेत्रमा साझेदारी गर्न चाहन्छु । विशेष गरी राजनीतिक, सुरक्षा, आर्थिक र सांस्कृतिक क्षेत्रमा हाम्रो सम्बन्धलाई अझ बलियो बनाउन पूर्ण रूपमा प्रतिबद्ध छु । हामीले यी साझा लक्ष्यहरू प्राप्त गर्न लगनशील भएर काम गर्नुपर्छ,  ”पत्रमा भनिएको छ । 


Advertisment
Kumari
Saurya island
Pardeshi

तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) बाट बढ्दो खतराका कारण अफगानिस्तानमा सम्भावित हमला र ड्रोन आक्रमणको मुद्दालाई सम्बोधन गर्दै प्रधानमन्त्री ककरले पाकिस्तानको आत्मरक्षाको अधिकारको प्रतिरक्षा गर्दै पाकिस्तानले आवश्यक परेको बेला आफ्नो भूमि र नागरिकको सुरक्षाका लागि आवश्यक कारबाही गर्ने प्रतिबद्धता पनि पत्रमा व्यक्त गरेका छन् । पाकिस्तानी अधिकारीहरूले अफगान भूमिबाट आक्रमण हुने गरेको आरोप लगाउँदै आएका छन् भने तालिबान अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै  आएका छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ४, २०८०

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैर आवासीय नेपाली संघलाई आग्रह गरेका छन् । नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली सङ्घको भूमिक...

असोज ५, २०८०

घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन् ।    पुसिगा जिल्लाका प्रमुख प्रशासक जुबेइरु अब्दुलाईका अ...

असोज ५, २०८०

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ । युक्रेनी कृषि नीति तथा खाद्य मन्त्री माइकोला सोल्स्की र उनका पोल्याण्डका समकक्षी रोबर्ट टेलसले युक्रेनको अन्न निर्यातबारे बिहीबार टेलिफोन वार्ता ...

असोज ५, २०८०

म्यानमारले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिसा प्रवेशको व्यवस्था गरेको छ । बिनाभिसा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल, बेलारुस, मोरक्को र जापान रह...

असोज ५, २०८०

न्युयोर्क– ब्राजिल, जर्मनी र जापानका विदेशमन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाका सन्दर्भमा बिहीवार भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक अर्का...

असोज ६, २०८०

एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् ।  उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेश...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x