असोज ५, २०८०
सत्तारुढ दलसँग यसअघि भएको सहमतिअनुसार सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा (एमाले)का नेताहरू सिंहदरबार पुगेका छन् । एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट...
नेकपा (माओवादी केन्द्र) पार्टी एकताका लागि नाम फेर्न तयार देखिएको छ । पार्टी महासचिव देव गुरुङले सोमवार एक परिपत्र जारी गर्दै पार्टी एकतालाई सफल तुल्याउन नेकपाको पछाडि कोस्टमा रहेको ‘माओवादी केन्द्र’का बारेमा छलफल गर्न सकिने बताएका छन् ।
यद्यपि, माओवादी केन्द्रले पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने बताएको छ ।
‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेकपाको पछाडि कोस्टमा रहेको माओवादी केन्द्रका बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ,’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव गुरुङले हस्ताक्षर गरेको परिपत्रमा भनिएको छ ।
यस्तै, संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसदहरूलाई संसद्को बैठक र विषयगत समितिका बैठकहरू प्रभावित नहुने गरी तीन महिने अभियानमा उपत्यकामा जिम्मेवारी दिनसमेत माओवादी केन्द्रले निर्णय गरेको छ ।
अहिले माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विचार मिल्ने दलहरूसँग एकताको प्रयास गरिरहेको छ ।
आफ्नो नाममा माओवादी पृष्ठभूमिका अन्य दलले असहमति जनाएपछि माओवादी केन्द्रले विकल्प खुला राखेको हो ।
सत्तारुढ दलसँग यसअघि भएको सहमतिअनुसार सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा (एमाले)का नेताहरू सिंहदरबार पुगेका छन् । एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट...
नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूका जाजय मागलाई पूरा गर्न संसद्मा भूमिका खेल्ने भन्दै विद्यालयमा पठनपाठनको प्रक्रिया शुरू गर्न माग गरेको छ । केन्द्रीय समितिको बैठकबाट शिक्षकको आन्दोलनबाट निर्णय गर्दै कांग्रेसले ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक पद्धति र देशभक्तिको सोच भएका कम्युनिष्टले देश विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने गरेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवस...
सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरूले सडकमै हाजिर गरेका छन् । उनीहरूले शुक्रवार माइतीघर मण्डलामै सांकेतिक विरोधस्वरुप हाजिर गरेका हुन् । यतिबेला नेपाल शिक्षक महासंघले सरकारस...
नेपाली कांग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य रमेश लेखकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्मा एग्रेसिभ र अधैर्य देखिएको बताएका छन् । संघीय संसद्मा भएका गतिविधि पा...
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले विमानस्थलमा विदेशिनेको भीड देख्दा नेतृत्वप्रति प्रश्न उठाएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै सिवाकोटीले विमानस्थलमा आँखै रसाउने दृश्य देख्दा नेतृत्व तहमा पुग्ने नेताल...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...