असोज ४, २०८०
भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको बीएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ ...
काठमाडाैं | असोज १, २०८०
नेपालीले अष्ट्रेलियामा सञ्चालन गरेको डिजिटल मार्केटिङ कम्पनी उत्कृष्टमा पर्न सफल भएको छ । अष्ट्रेलिया बस्ने नेपालीमूलका यूवाले सञ्चालनमा ल्याएको कम्पनी ‘डिजिटल एल्गोरिदम’ २०२३ अन्तर्गत सिड्नीको स्थानीय व्यवसायलाई दिइने सम्मानका लागि उत्कृष्टमा परेको हो । सिड्नीको माउण्ट ड्रुइट सेन्ट मेरिज क्षेत्रमा रहेको डिजिटल मार्केटिङ कम्पनी आफ्नै क्षेत्रमा रहेका नयाँ व्यवसायहरूमध्येबाट छानिएर उत्कृष्टहरूमा परेको हो ।
‘डिजिटल एल्गोरिदम’ले अष्ट्रेलियामा वेब डिजाइनिङ, वेब डेभलपमेन्ट, सर्च इन्जिन अप्टिमाइजेसन, ब्रान्डिङका साथै सम्पूर्ण डिजिटल मार्केटिङको काम गर्दछ । गत वर्षदेखि सञ्चालनमा आएको कम्पनीले अष्ट्रेलियामा बिजनेस, माइग्रेसन, त्यहाँको अध्ययन, करिअर विकास लगायतका क्षेत्रमा १० भन्दा बढी अनलाइन मिडिया सञ्चालन गरिरहेको बिजनेस डेभलपमेन्ट म्यानेजर मदनमणि अधिकारीले बताए ।
‘डिजिटल एल्गोरिदम’ले सिड्नीमा १५ हजारभन्दा बढी साना व्यवसायी तथा ट्रेडी (सीप व्यवसायी)लाई बजार, व्यवसाय प्रबर्द्धन, ब्रान्डिङ लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको उनको भनाइ छ ।
साथै कम्पनीले नेपाली समुदायका व्यवसायीका लागि सुपथ र सुलभ रूपमा डिजिटल सेवाहरू प्रदान गर्ने जनाएको छ ।
नेपालमा पनि सेवा विस्तार
‘डिजिटल एल्गोरिदम’ले छिट्टै नेपालमा पनि नेपाली व्यवसायी तथा अन्तर्राष्ट्रिय बजारमा आफ्ना सेवा पुर्याउन चाहनेहरूलाई सहयोगी हुने गरेर सेवा विस्तारको योजना बनाएको बिजनेस डेभलोपमेन्ट म्यानेज अधिकारीले बताए ।
उनले नेपालबाट नेपाली व्यवसायीले पाउन नसक्ने खालका ‘पेमेन्ट’ लगायतका समस्या हटाउने गरेर सेवा सञ्चालनको योजना रहेको उल्लेख गरे । अष्ट्रेलिया बस्ने नेपाली मार्केटर, सफ्टवेयर इन्जिनियरहरूले सञ्चालन गरेको कम्पनीले अहिले नेपालमा आउटसोर्सिङको माध्यमबाट रोजगारीको सिर्जना गरिरहेको छ ।
भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको बीएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ ...
घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन् । पुसिगा जिल्लाका प्रमुख प्रशासक जुबेइरु अब्दुलाईका अ...
युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ । युक्रेनी कृषि नीति तथा खाद्य मन्त्री माइकोला सोल्स्की र उनका पोल्याण्डका समकक्षी रोबर्ट टेलसले युक्रेनको अन्न निर्यातबारे बिहीबार टेलिफोन वार्ता ...
न्युयोर्क– ब्राजिल, जर्मनी र जापानका विदेशमन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाका सन्दर्भमा बिहीवार भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक अर्का...
एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् । उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेश...
फ्रान्सका राजा चाल्र्स तृतीयले बुधबार फ्रान्सको पहिलो राजकीय भ्रमण सुरु गरेका छन् । यूरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमनपछि राजनीतिक तनावका बावजुद क्रस च्यानल गठबन्धनका आधारभूत पक्षहरू बलियो रहेको देखाउने उ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...