असोज ५, २०८०
नेपाल राहत शिक्षक केन्द्रीय समितिले सरकार र नेपाल शिक्षक महासंघबीचको ६ बुँदे सहमति अस्वीकार गरेको छ । राहत शिक्षक केन्द्रीय समितिले विद्यालय शिक्षा विधेयकको विरोधमा सडक आन्दोलन जारी रहने शुक्रबार राति विज्ञप्ति ...
काठमाडाैं | असोज १, २०८०
विद्यालय बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाल शिक्षक महासंघलाई सरकारले वार्तामा बोलाएको छ ।
संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी मंगलबार वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको हो ।
मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत शिक्षामन्त्रीको संयोजकत्वमा मंगलबार दिउँसो ३ बजे वार्ता राखिएको भन्दै सहभागी हुन नेपाल शिक्षक महासंघलाई आग्रह गरेको छ ।
नेपाल सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा दर्ता गरिसकेको र सो विधेयकलाई अन्तिम रुप दिनु अघि नेपाल शिक्षक महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको मन्त्रालयले जनाएको छ । महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावहरुलाई यथासक्य विधेयकमा समावेश गरिएको मन्त्रालयले स्पष्ट गरेको छ ।
नेपाल शिक्षक महासंघले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको विज्ञप्तिमा उल्लेख छ । महासंघले अघि सारेका मागहरूलाई सकारात्मक रुपमा लिई यथोचित सम्बोधन गर्न सरकार तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले सरकार र नेपाल शिक्षक महासंघबीचको ६ बुँदे सहमति अस्वीकार गरेको छ । राहत शिक्षक केन्द्रीय समितिले विद्यालय शिक्षा विधेयकको विरोधमा सडक आन्दोलन जारी रहने शुक्रबार राति विज्ञप्ति ...
विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्नेलगायत माग राखी आन्दोलनरत शिक्षक महासंघले सरकारसँग छलफलका लागि वार्ता टोली बनाउने भएको छ । गृहमन्त्रालयमा शुक्रवार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी...
पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिटपुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गरेका छन् । त्यसक्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले नवलपरासीमा पार्टीको जिल्ला कार्यसमिति नै घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)को कब्जामा गएको बताएका छन् । जिल्लामा गुटबन्दीका नाममा गलत अभ्यास गर्दै अर्को दल घण्टीको कब्...
सरकार र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता निष्कर्षमा पुगेको छ । शिक्षासम्बन्धी कानून निर्माणका विषयमा मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने सहमतिसँगै शिक्षकहरूको आन्दोलन फिर्त...
देशभरको मौसम सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...