×

Dabur
MG

न घर रह्यो, न त पैसा

ज्वाइँको विश्वासले ‘दलालको पासो’मा परेका वृद्ध दम्पतीको ‘बर्बादीको कथा’

चेकको विश्वासमा घर पास गरेर दिए, २ वर्ष बित्दा पनि पैसा हात परेन

काठमाडाैं | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर– ४ फर्साटिकर निवासी वृद्ध दम्पती रत्नखर र मनरूपा रेग्मीलाई राम्रोसँग निद्रा पर्न छाडेको झण्डै २ वर्ष भयो । 

yONNEX
Sagarmatha Cement

परोस् पनि कसरी ? ऋण लागेर आपत् परी बिक्री गरेको घरको ६४ लाख रूपैयाँ पैसा नपाएपछि वृद्ध दम्पती ‘बिलखबन्द’ मा परेका छन् । १५ धुरमा बनेको एक तले घर बिक्री गरेको दुई वर्ष भयो, तर पैसा हात परेको छैन ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

आफ्नै ज्वाइँको विश्वासमा परेर बिक्री गरिएको घरको पैसा हातमा नपरेको पीडा त छँदैछ, अर्कातिर घरजग्गाको स्वामित्व एकपछि अर्को व्यक्तिको हातमा पुगिरहेको छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

रेग्मी दम्पतीको यो पीडाको कथा वि.स‌ं. २०७८ मंसिर १५ गतेबाट शुरू हुन्छ । 

Vianet communication
Laxmi Bank

मनरूपालाई ज्वाइँ (माइली छोरीका श्रीमान्) राजेश लम्सालले १५ मंसिर २०७८ मा मालपोत कार्यालय रूपन्देहीमा लगे । जग्गा पास गर्ने बेलामा जग्गा किन्न आएका कपिलवस्तुका खुम्बस गिरीले शर्त राखेर विभिन्न मितिका चेक दिन्छु भने ।

केही नबुझेकी वृद्ध मनरूपालाई राजेशले कसैलाई जानकारी समेत नदिई मालपोत पुर्‍याएका थिए । राजेशले चेक दिएपछि पैसा साटिन्छ, पीर गर्नुपर्दैन भनेर ज्वाइँले भनेपछि उनकैको विश्वासमा मनरूपाले आफ्नो नाममा रहेको कित्ता नम्बर २३८६ को जग्गा तथा घर कुम्भसको नाममा रजिस्ट्रेसन पास गरिदिइन् ।

null

‘पैसाको चौपट खाँचो थियो, अप्ठ्यारो परेपछि ऋण लिएर खर्च चलाएका थियौं, ज्वाइँको विश्वासमा परेर राजीनामा पास गरिदिएँ, तर पैसा कहिल्यै आएन,’ मनरूपाले दुःखेसो पोखिन् ।

बुटवल उपमहानगरपालिका–१२ तामनगर निवासी माया सुवेदीले जग्गा खरिद गर्ने गिरीलाई ज्वाइँ लम्सालसँग सम्पर्क गराएकी थिइन् । 

‘पैसा पाइन्छ भनेपछि कुनै आनाकानी नगरी हुन्छ भनें,’ वृद्ध रत्नखरले भने, ‘ज्वाइँले दलाल ल्याएर हाम्रो जग्गा अपरिचित व्यक्तिलाई बेचाए । अहिले यस्तो भयो, पैसा पाइएन ।’

ज्वाइँले नै आँखा चिम्लिएर बिचौलियाको पञ्जामा परिदिएको उनको गुनासो छ । 

‘आफन्त (ज्वाइँ)ले आँखा चिम्लिएर बिचौलियाको पञ्जामा पारिदिएपछि हाम्रो सम्पत्ति फस्यो,’ गहभरी आँसु पार्दै उनले भने ।

७२ वर्षका रत्नखर र ६५ वर्षकी मनरूपका ६ छोरीमध्ये ५ जनाको बिहे भइसकेको छ । कान्छी छोरी १७ वर्षीया आशा रेग्मीले बाआमाको स्याहार गर्छिन् ।

घर पास गर्दा गिरीले सोही दिनको मितिमा १० लाख रूपैयाँको चेक काटेर दिए । सो चेक पनि नसाटिएको र त्यसबापतको ४ लाख रूपैयाँ नगद ल्याएर दिएको मनरूपाले बताइन् । 

null

त्यस्तै वि.सं. २०७८ माघ १५ गतेको मितिका लागि २५ लाख रूपैयाँको दोस्रो चेक काटिएको थियो भने २०७८ चैत ३० गतेका लागि २८ लाख रूपैयाँको तेस्रो चेक काटिएको थियो । ती सबै चेकको रकम जोड्दा ६३ लाख हुन आउँछ । त्यसबाहेक एक लाख रूपैयाँ छुट्टै नगद दिएकाले ६४ लाख रूपैयाँको हिसाब निस्किन्छ ।

nullnull

तर, घर खरिद बिक्री गर्दा ७० लाखमा कागज भएको देखिएको छ । बाँकी ६ लाख रूपैयाँ बिचौलियाले आफ्ना लागि छुट्ट्याएको पाइएको छ ।

घर किनबेचमा मुख्य भूमिका खेलेकी बिचौलिया माया सुवेदीले धोका दिँदा ससुरालीसँगको पारिवारिक सम्बन्ध समेत बिग्रिने अवस्थामा पुगेको ज्वाइँ राजेशले बताए ।

‘म विदेश बसेर आएको मान्छे, जग्गाको कारोबार अहिलेसम्म गरेको थिइनँ, आफ्नै ससुरालीको घर बिक्रीका लागि माया सुवेदीले घर खरिद गर्ने मान्छे ल्याएपछि म पनि विश्वासमा परेर खरिद बिक्रीको काम भएको हो,’ राजेशले भने ।  

पीडित परिवारले चेकबाउन्समा उजुरी हाल्ने तयारी गरे पनि घर किन्ने खुम्बसले नगद ल्याएर दिन्छु भन्दै झुलाएर ६ महिना कटाएको र अहिले काठमाडौंमा बस्दै आएको बताएका छन् ।

चेक काटेको मितिले ६ महिना नाघेमा चेकबाउन्समा उजुरी नलाग्ने कानूनी व्यवस्था छ ।

पीडितले आफूहरूमाथि ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा उजुरी दर्ता गराएका छन्, तर प्रहरीले यसबारेमा कुनै कारवाही अघि बढाएको पाइएको छैन ।

null

दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका खेलेकी मायाले कुम्बसले घर खरिद गरेर पैसा नतिरेकाले आफू तनावमा परेको बताइन् ।

‘मैले नै कारोबार गराएकी हुँ, तर खरिद गर्ने कुम्बसले पैसा दिन्छु भनेर बारम्बार झुक्याइरहेका छन्, यसले मलाई समेत समस्यामा पारेको छ’ उनले भनिन् । 

रेग्मी दम्पतीको जग्गा खरिद गर्ने खुम्बस अहिले फोन अफ गरेर सम्पर्कविहीन बनेका छन् । उनले उक्त घर तेस्रो व्यक्ति सिर्जना श्रेष्ठलाई बिक्री गरिसकेको मालपोत कार्यालय भैरहवाको रेकर्डमा देखिन्छ ।

रेग्मी दम्पतीकी कान्छी छोरी आशाले दलालले आफ्नो सम्पत्ति खाइदिएपछि पारिवारिक पीडासँगै आफ्नो अध्ययनलाई समेत अघि बढाउन नसकेको गुनासो गरिन् ।

कक्षा १२ सम्म अध्ययन गरेकी उनले जग्गा बेचेर आएको रकमले साहुको ऋण तिर्ने र बाँकी रकमले घर खर्च एवं आफ्नो अध्ययनका लागि खर्च गर्ने योजना रहेको सुनाइन् ।

‘भिनाजुको विश्वासमा बुवाआमा पर्नुभयो, त्यो बेला म थिइनँ । पछि पैसा आउँछ भन्दाभन्दै २ वर्ष हुन लाग्यो, पैसा आएको छैन,’ छोरी आशाले भनिन् ।

गाउँका सोझा नागरिकको जग्गा झुक्याएर पास गराएको स्थानीयबासीले बताएका छन् । सरकारले यी पीडित दम्पतीलाई न्याय दिलाउन भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले नवलपरासीमा पार्टीको जिल्ला कार्यसमिति नै घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)को कब्जामा गएको बताएका छन् । जिल्लामा गुटबन्दीका नाममा गलत अभ्यास गर्दै अर्को दल घण्टीको कब्...

असोज ५, २०८०

आन्दोलनरत शिक्षकहरूको मागका सम्बन्धमा ७ बुँदे ड्राफ्टमाथि छलफल शुरू भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता शुरू हुनुअघि शिक्षा सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमल...

असोज ५, २०८०

पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिटपुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गरेका छन् । त्यसक्...

असोज ५, २०८०

सरकार र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता निष्कर्षमा पुगेको छ । शिक्षासम्बन्धी कानून निर्माणका विषयमा मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने सहमतिसँगै शिक्षकहरूको आन्दोलन फिर्त...

असोज ५, २०८०

नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता तयारी गरेपछि शिक्षक आन्दोलन सुस्ताएको छ । नेतृत्व वार्ताको तयारीमा जुटेपछि शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै आन्दोलनरत शिक्षकहरू काठमाडौंको माइतीघरमा केन्द्रित भएका छन् ...

असोज ५, २०८०

विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्नेलगायत १७ बुँदे मागसहित आन्दोलतरत शिक्षकहरूले तेस्रो दिन पनि प्रदर्शनको तयारी गरेका छन् । सरकारले वार्ताका लागि आह्वान गरे पनि शिक्षकहरूले वार्ता र आन्दोलनलाई संगसँगै...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x