×

Dabur
MG

पोखरा महानगरका दुई वडामा निःशुल्क एम्बुलेन्स सेवा

कास्की | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् ।

yONNEX
Sagarmatha Cement

पोखरा महानगरपालिका–१६ र १९ ले वडावासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग सम्झौता गरेका छन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सेवा प्रदान गर्ने सम्बन्धमा समाजका अध्यक्ष स्वागतसिंह भण्डारी र मितेरी अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालसँग एम्बुलेन्स सेवा प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर गरेका हुन् । 


Advertisment
Kumari
Saurya island
Pardeshi

स्थानीयवासीका लागि प्रयोग गरिएको एम्बुलेन्सको भाडामा वडा कार्यालयबाट भुक्तानी हुने गरी सहमति गरिएको छ । दुवै वडाका नागरिकले यी दुई संस्थाबाट सञ्चालित एम्बुलेन्स तथा शवबाहनबाट कास्की जिल्लाभित्र प्रयोग हुने गरी चौबीसै घण्टा सेवा लिन सक्ने वडा नं १६ का वडाध्यक्ष तिमिल्सिनाले बताए । 

Vianet communication
Laxmi Bank

उनका अनुसार एम्बुलेन्स प्रयोगकर्ताले परिचयका लागि आफ्नो परिचय खुल्ने कुनै पनि प्रकारको परिचयपत्र उपलब्ध गराउनु पर्नेछ । 'नागरिकको सहजताका लागि दुवै वडाको पहलमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हौँ । यसबाट विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई अझ बढी सहयोग पुग्ने विश्वास लिएका छौँ,' वडाध्यक्ष तिमिल्सिनाले भने । पोखरा यी दुई वडा बजारको उत्तरी क्षेत्रमा तथा विशेषगरी ग्रामीण भूगोलमा पर्दछन् ।

नव आदर्श समाजको फोन नं ०६१–४४४१००, ९८५६०१५२०६, ९८५६०१६२०६ तथा मातृशिशु अस्पतालको ०६१–४४३१४४ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने छ । यसअघि पनि १६ नं वडा कार्यालयले वडाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिनेका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथमा आमा पोषणका लागि एक हजार बराबरको सहयोग प्रदान गर्दै आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १४, २०८०

पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई रु दुई लाख जरिवाना गरेको छ ।     कामपाले आज गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेय...

असोज १४, २०८०

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सातौं संस्करण अन्तर्गत आयोजना गरेको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का विजेताहरूको घोषणा गरेको छ ।​ शनिवार साँझ काठमाडौं राष्ट्रिय नाचघरमा सम्पन्न सिनि...

असोज १४, २०८०

दोलखाको बिगु गाउँपालिकाबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारी अन...

असोज १४, २०८०

पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरीमा अनियमितता पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका ३ जना अधिकारीविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, तत्का...

असोज १४, २०८०

 राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनल्याण्डका लागि समेत ग...

असोज १४, २०८०

नेपाल वायुसेवा निगम सुधारका लागि पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको सुझाव समितिले १९० पेजको प्रतिवेदन बुझाएको छ । उक्त समितिले आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई प्रत...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x