असोज ४, २०८०
तस्करीमा साँठगाँठ देखिएपछि पक्राउ परेका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफले नेपालका सुनचाँदी व्यवसायीलाई प्रतितोला ५ हजार सस्तोमा सुन उपलब्ध गराउने भन्दै १ अर्ब रुपैयाँ उठाएका खुलेको छ । ...
काठमाडाैं | असोज १, २०८०
पाल्पामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-२ स्थित घोडेबासमा तीजमा नाच्ने क्रममा भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका घोडेबासकै २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कुटपिटबाट घाइते भएका उनलाई राति नै उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई राति पौने २ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।
उनका अनुसार राति साढे १० बजे तीज नाच भइरहेको अवस्थामा खत्री र उनका साथीहरूबीच सामान्य झगडा भएको थियो । त्यही झगडालाई लिएर राति सवा १२ बजे उनीहरूबीच पुन: कुटाकुट भएको उनले बताए ।
झगडा तथा कुटपिटमा संलग्न शङ्कास्पद ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।
तस्करीमा साँठगाँठ देखिएपछि पक्राउ परेका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफले नेपालका सुनचाँदी व्यवसायीलाई प्रतितोला ५ हजार सस्तोमा सुन उपलब्ध गराउने भन्दै १ अर्ब रुपैयाँ उठाएका खुलेको छ । ...
सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनीक गरिएको छ । पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक ...
चोरीको मोटरसाइकल सहित काठमाडौँको गोकर्णेश्वनर नगरपालिका ७ दक्षिणढोकाबाट एक जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ३ का ३५ वर्षीय विनोद ...
बाँकेको नेपालगन्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको...
सुनसरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगत छन् । श्रीमती निकिता चौधरीको गत शनिवार राति हत्या गरेको भन्...
नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी रु तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...