असोज ५, २०८०
विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्नेलगायत माग राखी आन्दोलनरत शिक्षक महासंघले सरकारसँग छलफलका लागि वार्ता टोली बनाउने भएको छ । गृहमन्त्रालयमा शुक्रवार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी...
काठमाडाैं | असोज १, २०८०
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।
तीजमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । उनका अनुसार पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । बिहानी समयमा भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।
आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।
तस्वीर: ऋषि खतिवडा/लोकान्तर
विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्नेलगायत माग राखी आन्दोलनरत शिक्षक महासंघले सरकारसँग छलफलका लागि वार्ता टोली बनाउने भएको छ । गृहमन्त्रालयमा शुक्रवार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी...
पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिटपुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गरेका छन् । त्यसक्...
देशभरको मौसम सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, ...
सरकारसँग हुने भनिएको वार्ता अनिश्चित भएपछि आन्दोलनरत शिक्षकहरूले शुक्रवार दिनभर जसो माइतीघर मण्डलामा बसेर विरोध जनाएका छन् । बुधवार र बिहीवार आक्रामक देखिएका शिक्षकहरू शुक्रवार भने अलि मत्थर देखिएका छन् । ...
आन्दोलनरत शिक्षकहरूको मागका सम्बन्धमा ७ बुँदे ड्राफ्टमाथि छलफल शुरू भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता शुरू हुनुअघि शिक्षा सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमल...
नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता तयारी गरेपछि शिक्षक आन्दोलन सुस्ताएको छ । नेतृत्व वार्ताको तयारीमा जुटेपछि शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै आन्दोलनरत शिक्षकहरू काठमाडौंको माइतीघरमा केन्द्रित भएका छन् ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...