×

Dabur
MG

गैह्रीगाउँ हत्याकाण्डका अभियुक्त सार्वजनिक

विशाललाई टाउकोमा खुकुरी हानेपछि शुभद्रामाथि आक्रमण, घटना लुकाउन पूर्णबहादुरको परिवार सखाप

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

शुक्रवार राति काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा ४ जनाको वीभत्स हत्यामा संलग्न सञ्जय भण्डारीले विशाल राईसँगको प्रतिशोधका कारण घटना गराएको प्रहरीलाई बयान दिएका छन् । 

yONNEX
Sagarmatha Cement

हत्यामा संलग्न रहेको भन्दै प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय सञ्जय भण्डारीलाई आइतवार सार्वजनिक गरेको थियो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

खुकुरी प्रहारबाट मृत्यु भएका धनकुटाका नवीन भनिने विशाल राईसँगको प्रतिशोध स्वरूप हत्या गरेको भण्डारीले स्वीकार गरेका छन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi

विशालको हत्या गर्नको लागि झोलामा खुकुरी लिएर हिँडेको भण्डारीले प्रहरीसँगको बयानमा बताएका छन् । गैह्रीगाउँको दिव्य सःमिलमा काम गर्ने विशालसहित ४ जनाको शुक्रवार राति हत्या भएको थियो । 

Vianet communication
Laxmi Bank

भण्डारी सःमिलमा पुगेपछि राईसँग झगडा परेको थियो । भनाभनपछि भण्डारीले विशाललाई टाउकोमा खुकुरी हानेर ढालेका थिए । तत्कालै उनले सोही सःमिलको सुरक्षा गार्ड रहेका पूर्णबहादुर भुजेलको परिवारलाई सखाप पारेका हुन्। 

null

‘विशाल राईको हत्या गर्ने क्रममा बुढी आमा शुभद्रा भुजेलले घटना देखेर कराएको जस्तो लागि प्रतिवादी भण्डारीले आफूलाई चिनेर घटना बाहिर आउँछ भन्ने लागेकोले बुढी आमालाई टाउकोमा खुकुरी प्रहार गरेको देखिएको छ’ पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘सोही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेजस्तो देखिएकाले टाउकोमै खुकुरी प्रहार गरी हत्या गरेको देखियो ।’

आमालाई खुकुरी हानेको केहीबेरमै पूर्णबहादुरलाई टाउकोमा खुकुरी प्रहार गरेको पक्राउ परेका भण्डारीले बताएका छन् । त्यसपछि भुजेलकी श्रीमती अम्बिकालाई खुकुरी हानेको भण्डारीले स्वीकार गरेका छन् ।

प्रतिशोध राईसँग मात्र रहेपनि भण्डारीले भुजेल परिवार सखाप पारेका छन् ।

घटना बाहिर नआओस् भन्नका लागि उनले अन्य तीन जनाको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले हत्यामा संलग्न भण्डारीलाई आइतवार पक्राउ गरेको थियो ।

null

घटना शुक्रवार राति पौने १० देखि सवा १० बजेको बीचमा भएको थियो । केही समय अगाडि विशालले चलाएको मोटरसाइकलले ठक्कर दिई भएको विवादमा राईले भण्डारीलाई कुटेका थिए । 

‘विशाल राईलाई आज भेट्छु, निहुँ खोज्यो भने छप्काइदिन्छु’ भन्दै दिदी–भिनाजुको घरबाट निस्केर हिँडेको प्रहरीलाई बयानको क्रममा भण्डारीले भनेका छन् ।

घटनाको छानबिनका लागि एसएसपी राठौरको संयोजकत्वमा समिति बनेको थियो ।

null

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ४, २०८०

सुनसरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगत छन् ।  श्रीमती निकिता चौधरीको गत शनिवार राति हत्या गरेको भन्...

असोज ३, २०८०

डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिप...

असोज ५, २०८०

सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनीक गरिएको छ ।  पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक ...

असोज ४, २०८०

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । 'इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स'मा सहभागी हुन उनी असोज ७ गते भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ ।&nbs...

असोज ४, २०८०

तस्करीमा साँठगाँठ देखिएपछि पक्राउ परेका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफले नेपालका सुनचाँदी व्यवसायीलाई प्रतितोला ५ हजार सस्तोमा सुन उपलब्ध गराउने भन्दै १ अर्ब रुपैयाँ उठाएका खुलेको छ । ...

असोज ४, २०८०

बाँकेको नेपालगन्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् ।  जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x